जन चाहना सामुदायिक वनमा वृक्षरोपण

  • असार १४, २०८२ / नेपाल रेखा
alt

बाबुराम मुडियारी
मोरङ । ‘हरियाली बढाऔँ, वातावरण स्वच्छ राखौँ’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रमहरू गरी राष्ट्रिय बृक्षरोपण दिवसको अवसरमा अवसरमा मोरङको लेटाङमा जन चाहना सामुदायिक वन क्षेत्रमा सोही सामुदायिक वन उपभोक्ता समूहले साल, कर्मा, जामुन, निम लगायतका ४ हजार विरुवा रोपेको छ ।
वृक्षरोपण कार्यक्रममा सहयोगी संस्थाहरु पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, डिभिजन वन कार्यालय मोरङ र लेटाङ नगरपालिका–२ नम्बर वडा कार्यालय रहेका थिए । सो वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण कोशी प्रदेशका मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सांसद खडग बस्नेत, लेटाङ नगर प्रमुख भुुपेन्द्र लावती, डिभिजन वन कार्यालय मोरङका डिभिजनल वन अधिकृत उत्सव थापा, डिभिजन वन कार्यालय मोरङका वन अधिकृत राम लखन ठाकुर, पृर्वी पृतना तालिम शिक्षालय लेटाङका प्रमुख सेनानी सरोज कार्की लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरुले वृक्षरोपण गरी वातावरण स्वच्छ राख्ने कार्यहरू गर्नुपर्ने बताउँदै विरुवा रोपन गरी विरुवालाई संरक्षण गरी हरियाली सगै स्वच्छ वातावरण बनाउनुपर्ने कुरामा जोड दिएका थिए । वृक्षरोपण कार्यक्रम जनचाहना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्र नेपालको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]