संस्कृति

    Showing 21-30 of 138 items.
  • पाथीभरा मन्दिरमा भक्तजन

    ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पूजा आराधनाका लागि लामबद्ध भक्तजन । तस्बिर - सन्तोष पुर्कुटी-रासस  

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 308 पटक पढिएको
    • नेपाल रेखा
  • मच्छेनारायण मन्दिरमा भक्तजन

    काठमाडौँ चन्द्रगिरी नगरपालिका-९ स्थित मच्छेनारायण मन्दिरमा लागेको एक महिने पुरुषोत्तम मास मेलामा मङ्गलबार मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजा गर्दै भक्तजनहरु । तस्बिर - प्रदीपराज वन्त-रासस  

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 267 पटक पढिएको
    • नेपाल रेखा
  • मुक्तिनाथ मन्दिर जाने प्रवेशद्वार

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको आस्था र विश्वासको केन्द्र मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने मुख्य प्रवेशद्वार । तस्बिर- सुशीलबाबु थकाली-रासस  

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 180 पटक पढिएको
    • नेपाल रेखा
  • सावित्री पर्व मनाउँदै धनुषाका स्थानीय विवाहित महिला

    धनुषाको विदेह नगरपालिका-८ बफैस्थित तपेश्वरी स्थानमा शनिबार बिहान वरको रूख पूजा गर्दै वट सावित्री पर्व मनाउँदै स्थानीय विवाहित महिला । तस्बिर- चन्द्रदेव साह-रासस  

    • प्रकाशित मितिः जेठ २, २०८३
    • 158 पटक पढिएको
    • नेपाल रेखा
  • स्तूपा

    सङ्खुवासभाको चैनपुर नगरपालिका–६ हिटिटोल डाँडामा निर्माण गरिएको बौद्ध स्तूपा । यहाँबाट चैनपुर बजार लगायत आसपासको क्षेत्र अवलोकन गर्न सकिन्छ। तस्बिर- भविन कार्की-रासस  

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 208 पटक पढिएको
    • नेपाल रेखा
  • साकेला सिली नाच्दै

    उदयपुरको कटारी-६ चुहाडमा साकेला सिली नाच्दै राई समुदायका युवा युवतीहरू । उभौलीदेखि एकमहिना सम्म यहाँका विभिन्न राई वस्तीहरूमा क्रमश: साकेला सिली नाचिन्छ । तस्बिर- स्ऋषि बहादुर राई -रासस  

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 88 पटक पढिएको
    • नेपाल रेखा
  • स्वयम्भूनाथमा भक्तजन

    २५७०औँ बुद्धजयन्तीका अवसरमा आज काठमाडौँको स्वयम्भूनाथ चैत्यमा पूजा आराधना तथा दर्शन गर्न आएका भक्तजन । तस्बिर- हरिराम भेटुवाल-रासस  

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • 133 पटक पढिएको
    • नेपाल रेखा
  • वागेश्वरी मन्दिर

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबारीटोलमा रहेको प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिर । वागेश्वरी मन्दिर हन्दु धर्मावलम्बीहरूका लागि विशेष आस्थाको केन्द्र हो । विशेषगरी दसैँ र अन्य पर्वहरूमा यहाँ ठूलो मेला लाग्ने गर्दछ। नेपालगञ्ज क्षेत्रका साथै भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरू दर्शनका लागि आउने गर्छन् । तस्बिर - रुपनी जि एम-रासस  

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 112 पटक पढिएको
    • नेपाल रेखा
  • सुपादेउराली मन्दिरमा दर्शनार्थीको घुइँचो

    अर्घाखाँचीमा अवस्थित प्रसिद्ध सुपादेउराली मन्दिर दर्शन गर्न आएका दर्शनार्थीको घुइँचो । यहाँ देउराली देवीको दर्शन गरेर देवीका नाममा भाकल गरेमा मनोकामना पुरा हुने धार्मिक जनविश्वास रहेको छ । तस्बिर- भरत केसी-रासस  

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 227 पटक पढिएको
    • नेपाल रेखा
  • सीता जयन्ती – दुधमती नदीमा स्नान

    सीता जयन्तीको अवसरमा शनिबार जनकपुरस्थित दुधमती नदीमा शाही स्नानमा सहभागी हुँदै श्रद्धालु भक्तजन । तस्बिर- निरञ्जनकुमार साह-रासस  

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • 197 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]