पुरुषोत्तम पुराण खार्जीमा समापन

  • जेठ ३१, २०८३ / नेपाल रेखा
alt

डि पी ढुंगेल
विराटनगर । गत जेठ २ गतेबाट विराटनगर ४ स्थित गोपीटोल खार्जीमा एक महिने पुरुषोत्तम पुराण शनिबार समापन भएको छ ।
खार्जी गोपी टोल राधाकृष्ण कीर्तन मण्डलीको आयोजना र गौतम परिवारको साथ र सहयोगले एक महिने पुरुषोत्तम पुराण सम्पन्न भएको हो । पण्डित रोहित गौतमद्वारा पुराण पाठ तथा कथावाचन आधुनिक शैलीमा भएकाले भक्तजनहरू निकै खुसी देखिएका थिए ।
राधाकृष्ण कीर्तन मण्डलीका १०१ जना महिला तथा पुरुष सदस्यहरूबाट स्वतस्फुर्त आर्थिक सहयोग समेत संकलन गरी पुराण समापन भएको हो । राधाकृष्ण कीर्तन मण्डलीकी अध्यक्ष रिता कट्टेलको सक्रियता तथा अर्चना भट्टराई गौतमको साथ र सहयोगले पुराण सम्पन्न भएको जानकारी सदस्य कुमारी थापा मगरले दिइन् ।
दैनिक बिहान पूजापाठ आराधना तथा साँझमा पूजापाठ आराधना र बेलुका कथावाचन हुँदै आएको थियो । समाजसेवी तथा धर्मप्रेमी मोहन गौतमको निज निवासमा पुरुषोत्तम पुराण आयोजना गरिएको किर्तन मण्डलीकी सदस्य चन्द्रा ढुङ्गेलले जानकारी दिइन् ।
विश्व शान्ति एकता भाइचारा भाइचारा तथा सद्भाव कायम राख्ने उद्देश्यले पुरुषोत्तम पुराण आयोजना गरिएको किर्तन मण्डलीकी सदस्य गोमा काफ्ले भट्टराईले जानकारी दिइन् । एक महिने पुराण कार्यक्रममा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । धर्मप्रति आस्था विचार राख्ने सयौं महिलाहरूको दैनिक सहभागितामा पुराण समापन भएको हो । सनातनी हिन्दू धर्म अनुसार पुरुषोत्तम महिना भगवानको महिना भएकाले भगवानको आराधना हिन्दु परम्परा अनुसार पुराण समापन भएको जनाइएको छ । समापन समारोहमा भजन किर्तन मण्डलीले गौतम परिवारलाई साथ र सहयोग दिएकाले धन्यवाद ज्ञापन गरेका थिए ।

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]