रुद्रेश्वर शिव पञ्चायन मन्दिरमा पुराण समापन

  • जेठ ३१, २०८३ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर–४ स्थित रुद्रेश्वर शिव पञ्चायन मन्दिर सेवा समितिको आयोजनामा एक महिने पुरुषोत्तम पुराण कथा वाचन तथा महात्मा समापन आइतबार भएको हो ।
पुरुषोत्तम महिना भगवानको महिना सरह भएकोले स्थानीयवासीले एक महिनासम्म व्रत बसी विश्व शान्तिको कामना गर्दै पुरुषोत्तम पुराण समापन भएको जनाइएको छ ।
पण्डित रोहित गौतमद्वारा कथावाचन तथा पाठ सम्पन्न भएको हो । समाजमा अमन चयन शान्ति सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक महिने पुरुषोत्तम पुराण आयोजना गरिएको आयोजक समितिका अध्यक्ष नुर्जा तिम्सिनाले जानकारी दिनुभयो ।
सयौँको सङ्ख्यामा रहेका भक्तजनहरूले स्वतस्फुर्त आफ्नो गच्छे अनुसार आर्थिक सहयोगबाट पुराण सम्पन्न भएको समितिकी सदस्य बुनु ढुंगेलले जानकारी दिनुभयो । सनातनी हिन्दू धर्म अनुसार पुरुषोत्तम महिनालाई पवित्र महिना सम्झेर एक महिनासम्म श्रद्धालु भक्तजनहरू व्रतबसी राम लीला कृष्ण लीला शिवलीला विष्णु भगवान आरती भजन लगायत कार्यक्रमहरू सम्पन्न भएको आयोजक समितिले जनाएको छ । दैनिक बिहान पूजापाठ र आरती सन्ध्याकालीन पूजापाठ र आरती तथा कथा वाचन पण्डित गौतमको सहभागितामा सम्पन्न भएको जनाइएको छ ।

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]