समाचार

    Showing 71-80 of 649 items.
  • जेन जीको आन्दोलनमा झडपले इटहरीमा तीन बिदा

    इटहरी । सुनसरीको इटहरीमा जेन–जीको नाममा भइरहेको आन्दोलन हिंसात्मक र अराजकतापूर्ण बन्दै गएपछि इटहरी उपमहानगरपालिकाले ३ दिनका लागि विदा दिने निर्णय गरेको छ । नगर प्रमुख हेमकर्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गतेदेखि २६ गतेसम्म नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, इटहरी अस्पताल र अत्यावश्यक सेवा बाहेकका सबै स्वास्थ्य संस्था तथा अन्य सरकारी कार्यालयहरू बन्द रहने जानकारी दिएका छन् ।विज्ञप्तिमा मेयर पौडेलले आन्दोलनको नाममा सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार, सरकारी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडजस्ता अराजक गतिविधि भएको जनाएका छन् ।‘आन्दोलनले अराजक रूप

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 368 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

    इटहरी । जेन–जी पुस्ताको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाउँदा सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान अहिलेसम्म खुलिसकेको छैन ।घटनास्थलमा रहेका पत्रकार मनोज भुजेलका अनुसार युवकलाई तत्काल अस्पतालतर्फ लगिएको थियो । भुजेलले घटनास्थलमा देखेका क्षतिबारे भने, ‘आँखै अघि श्वास गयो, शरीरबाट धेरै रगत बगेको थियो’, उनले भने ।सडक प्रदर्शनको क्रममा मात्र होइन, प्रदर्शनकारीहरूले उपमहानगर कार्यालयमा आगजनी समेत गरेका छन् ।सुनसरी प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 423 पटक पढिएको
    • नेपाल रेखा
  • बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कफ्र्यू आदेश जारी गरेको छ । जेनजी पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको हो ।बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कफ्र्यू आ

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 391 पटक पढिएको
    • नेपाल रेखा
  • ‘जेन जी’ पुस्ताका युवाहरूको प्रदर्शन जारी

    काठमाडौँ । सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै आफूलाई ‘जेन जी’ पुस्ता भनिने युवाहरूको समूहले काठमाडौँमा प्रदर्शन गरेका छन् ।  काठमाडौँको माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरू बबरमहल हुँदै नयाँ बानेश्वरतर्फ अघि बढेका छन् । उनीहरूले निषेधित क्षेत्र न तोड्ने बताएका छन् तर प्रदर्शनका कारण काठमाडौँको यातायात अस्तव्यस्त बनेको छ । प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।  आजको प्रदर्शनलाई कतिपय राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाउँदै प्रद

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 265 पटक पढिएको
    • नेपाल रेखा
  • घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

    सिरहा । सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो ।सूचना अधिकारी पासवानले भन्नुभयो ,“अचानक मौसम बदलिएसँगै परेको चट्याङले लागेपछि घटनास्थलमै उहाँको मृत्यु भएको पुष्टि भएको छ .।” प्रत्येक वर्ष मनसुनको समयमा चट्याङ लाग्ने घटनामा वृद्धि हुने गरेको भन्दै उहाँले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 228 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

    काठमाडौँ । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको छ ।संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ ।सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 308 पटक पढिएको
    • नेपाल रेखा
  • फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

    तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपाङ्गता) भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको छ । यसक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतबार व्यास नगरपालिका–११ का मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी फरक क्षमता भएकी छोरी २७ वर्षीया सविना पन्थलाई निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । विविध कारणवश हालसम्म नागरिकता प्राप्त नगर्नुभएकी सविनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । सविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा तयार गरिएको थियो । प्रमुख जिल्ला अधिकारी अ

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 361 पटक पढिएको
    • नेपाल रेखा
  • जनता क्याम्पसमा आगलागी, तत्काल नियन्त्रणमा

    इटहरी । इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा शुक्रबार साँझ आगलागी भएको छ । क्याम्पसको पुरानो कार्यालयको कोठा नं. १०५ मा रहेको बिजुलीको सम्पूर्ण तारहरु रहेको स्थानबाट आगलागी भएको हो । आगलागीलाई तत्काल बारुण यन्त्रको साहयताले नियन्त्रणमा लिइएको क्याम्पस सञ्चालक समितिका सदस्य शेखर लुईटेलले बताए । उनका अनुसार क्याम्पस सुरक्षा गार्डले तत्काल आगो लागेको थाहा पाएपछि तत्काल वारुण यन्त्र झिकाएर आगो नियन्त्रणमा आएको हो । ‘आगो लाग्ने वित्तिकै जानकारी पाएपछि ठूलो क्षती हुन पाएन,’ उनले भने, ‘बेलैमा नियन्त्रणमा लिन सफल भएकाले गर्दा खासै क्षती भने हुन पाएन् ।’

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 398 पटक पढिएको
    • नेपाल रेखा
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने अर्का एकजना घाइते भएका छन् । आइतबार साँझ करिब ६ बजेतिर गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना१क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना४३प ८७ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीकाअनुसार ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटन

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 341 पटक पढिएको
    • नेपाल रेखा
  • गाँजासहित धनकुटाका एक व्यक्ति पक्राउ

    इटहरी । धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ५० वर्षीय रुद्रबहादुर राई लागू औषध गाँजासहित पक्राउ परेका छन् ।बिहीबार साँझ ६ः३० बजे सुनसरीको कोशी गाउँपालिका–०७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँचको क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।धरानबाट पोखरातर्फ गइरहेको ग१ख २१८७ नम्बरको यात्रुबाहक बसलाई विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा, बसको डिक्कीभित्र ७ वटा डल (गुडिया) मा प्याक गरिएको अवस्थामा १०.९४ किलोग्राम गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार सोधपुछका क्रममा ती डलहरू राईकै भएको पुष्टि भएपछि

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 331 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]