फक्तालुङ्गमा उच्च शिक्षामा १०० प्रतिशत स्कलरशिप, प्राविधिक धारमा ५० प्रतिशत छुट

  • पुस १५, २०८२ / नेपाल रेखा
alt

फुङलिङ । ताप्लेजुङ्गको फक्तालुङ्ग गाउँपालिकाले शिक्षा सुविधाको व्यापक विस्तार गर्दै पालिकाभित्रका विद्यार्थीहरूका लागि आकर्षक शैक्षिक नीति सार्वजनिक गरेको छ । गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सोही पालिकाका विद्यार्थीहरूलाई १०० प्रतिशत छात्रवृत्ति (स्कलरशिप) प्रदान गर्ने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार प्राविधिक तथा टेक्निकल शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइनेछ । यस निर्णयले आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा अध्ययन गर्न नपाएका विद्यार्थीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
पालिकाभित्र रहेको पाथीभरा क्याम्पसमा उच्च शिक्षाका लागि पूर्ण स्कलरशिप व्यवस्था गरिएको छ भने भानु माध्यमिक विद्यालयमा निःशुल्क शिक्षा सञ्चालनमा ल्याइएको छ । त्यसैगरी मेदीबुङ्गमा प्राविधिक धार अध्ययन गर्न ५० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको छ ।
विशेषगरी सिंवा माध्यमिक विद्यालयमा हाइड्रो इलेक्ट्रिकल इन्जिनीयरिङ्ग अध्ययन पूर्ण रूपमा निःशुल्क सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।
शिक्षामा पहुँच बढाउने उद्देश्यले ल्याइएको यस नीतिले फक्तालुङ्ग गाउँपालिकालाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने विश्वास लिइएको छ । पालिकावासी, अभिभावक तथा विद्यार्थीहरू गाउँपालिकाको यो कदमबाट खुसी भएका छन् ।=

Siwa mabi

 

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]