तरहरादेखि झुम्कासम्म ‘तारा’को शक्ति प्रदर्शन

  • फागुन १८, २०८२ / नेपाल रेखा
alt

इटहरी । चुनाव प्रचारप्रसारको अन्तिम दिन सुनसरी क्षेत्र नं. २ मा उत्साह र ऊर्जा भरिएको माहोल देखियो । रामकुमारी चौधरीको समर्थनमा नेपाली कम्युनिष्ट पार्टीले तरहरादेखि इटहरीको कान्छीचोक हुँदै झुम्कासम्म विशाल मोटरसाइकल र्याली आयोजना गर्यो । ‘तारा’ अंकित झण्डा फहराउँदै अघि बढेको र्यालीमा समर्थकहरूको उल्लेख्य सहभागिता थियो ।
झुम्कामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले पार्टीको चुनाव चिन्ह ‘तारा’मा मतदान गरी आफूलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरिन् । उनले सुनसरी–२ को समग्र विकासका लागि स्पष्ट योजना र दृढ प्रतिबद्धता प्रस्तुत गर्दै भौतिक पूर्वाधार विस्तार, गुणस्तरीय तथा अनिवार्य शिक्षा सुनिश्चित गर्ने र स्वास्थ्य सेवामा जनविश्वास पुनःस्थापित गर्ने आफ्नो प्राथमिकता रहेको बताइन् ।
कृषि र रोजगारी सृजनालाई केन्द्रमा राख्दै उनले ‘दुवही होइन, देवानगन्ज’ भन्ने नारासहित सुनसरी–२ लाई कृषि उत्पादनको अग्रणी केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेकी छन् । कृषि आधारित उद्योग स्थापना, उत्पादित वस्तुको प्रभावकारी बजारीकरण, पशु, बाली तथा फलफूल बीमा व्यवस्था र राज्यको लगानी सुनिश्चित गर्ने प्रतिबद्धता उनले दोहोर्याइन् ।
त्यसैगरी भूमिहीन र श्रमिक वर्गका अधिकार सुनिश्चित गर्ने, पर्यटन तथा खेलकुद क्षेत्रको विकासलाई तीव्रता दिने र धर्म–संस्कृतिको संरक्षणमा विशेष पहल गर्ने उनले उल्लेख गरिन् । विशेषगरी थारु समुदायको धर्म, संस्कार र संस्कृतिको संरक्षण–प्रवद्र्धन, मठ–मन्दिरको सुव्यवस्थित व्यवस्थापन, ज्येष्ठ नागरिकका लागि विश्रामस्थल निर्माण तथा सबै धार्मिक समुदायका पर्व–संस्कारलाई सम्मानजनक ढंगले व्यवस्थित गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।
कोणसभालाई पार्टीका नेता गोविन्द निरौला र बलराम चौलागाईंलगायतले पनि सम्बोधन गर्दै उम्मेदवारको पक्षमा मत मागेका थिए ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]