समाचार

    Showing 571-580 of 650 items.
  • बालविवाह आरोपमा बेहुलासहित तीन पक्राउ

    ओखलढुङ्गा । बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो । उमेर नपुग्दै विवाह गर्ने दुहाला–दुुलही दुवै मोलुङ गाउँपालिकाका स्थानीयवासी हुन्् । पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुली पक्षबाट बालिकाका बुवा रहेका छन् । गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलन बस्नेतले ज

    • प्रकाशित मितिः असार २, २०७७
    • 423 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट

    विराटनगर । प्रदेश नं. १ सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभाको सोमबारको बैठकमा सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७÷७८ को बजेटमा चालूतर्फ रु १८ अर्ब ९३ करोड ४९ लाख ९३ (४६ दशमलव २९ प्रतिशत) र पूँजीगततर्फ रु २१ अर्ब ९२ करोड ५० लाख चार हजार (५३ दशमलव ७१ प्रतिशत) विनियोजन गरेको छ । त्यस्तै वित्त व्यवस्थातर्फ रु चार करोड तथा अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ दुई अर्ब ८८ करोड ८२ लाख ४५ हजार बजेट विनियोजन गरेको छ । आयतर्फ आन्तरिक स्रोतबाट रु चार अर्ब ७५ करोड सात

    • प्रकाशित मितिः असार १, २०७७
    • 427 पटक पढिएको
    • "नेपाल रेखा"
  • इनरुवाका आगलागी पीडितलाई सरकारले क्षतिपूर्ति दिनुपर्छः रामकुमारी चौधरी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का सांसद रामकुमारी चौधरीले सुनसरी सदरमुकाम इनरुवामा भएको आगलागी बारे प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराउनु भएको छ । बैठकको बिशेष समयमा बोल्दै सांसद चौधरीले हनुमान बस्त्रालयबाट लागेको आगोले छेउको सृजना फाइनान्स र हार्डवेयर गरि छ घरपरिवारमा क्षती पुर्याएको सांसद चौधरीले बताइन् । धरान, इटहरी, दुहबी, बराहक्षेत्र, सुन्दरहरैचा र बिराटनगरको दमल प्रयोग गरी सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आगो निभाएका थिए । पीडितहरुलाई सरकारको तर्फबाट क्षतिपूर्ति दिनु पर्ने माग समेत गरेकी छिन् ।साथै सुनसरी लगायत देशै भरीका कोरोना संक्रमित राख्ने क्वारे

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 937 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी उपमहानगरबाट ७५ जना कृषकलाई कोरली गाई दिइयो

    इटहरी । इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ ।गाईपालन जोनका रुपमा निर्धारित १, २ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । शनिबार इटहरी–२ का २५ जना कृषकलाई उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गर्नु भयो । यसअघि नै अन्य दुई वडाका पचास जना कृषकलाई गाई वितरण गरिसकिएको छ । इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत कोरली गाई वितरण गरिएको प्रमुख चौधरीले बताउनु भयो । कोरली गाई वितरण गरिएका ७५ जना कृषकलाई गाईपालक कृषक बनाउने र यो अभियानलाई निरन्तरता दिएर इटहरीलाई दुधमा आत्मनिर्भर बनाउने उपमेयर गौतमले बताउनु भयो ।

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 254 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी उपमहानगरले दियो किसानलाई पावर ट्रिलर

    इटहरी । इटहरी उपमहानगरले खनजोत गर्न मिनि पावर ट्रिलर उपलब्ध गराएपछि कृषकहरु उत्साहित भएका छन् । आइतबार बिहान उपमहानगर परिसरमा उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ११ वटा पावर ट्रिलर कृषकहरुलाई हस्तान्तरण गर्नुभयो । कृषिसमूह र उद्यमी कृषकलाई मिनि पावर ट्रिलर हस्तान्तरण गरिएको हो । मिनि पावर ट्रिलर प्राप्त भएपछि अव खेतिपातीमा धेरै सजिलो हुने इटहरी– १५ की तरकारी खेति गर्ने कृषक शर्मिला चौधरीले बताउनुभयो । उहाँले खुशी हुदै भन्नुभयो–‘गोरुले जोतेर आफै खनजोत गरेर तरकारी खेति लगाउदै आएकी थिएँ, नगरपालिकाले ठूलो गुन लगायो अव सजिलो भयो ।’ उहाँले १५ कठ्ठा जग्ग

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 432 पटक पढिएको
    • "नेपाल रेखा"
  • दुई बर्षभित्र इटहरीका सबै मुलबाटोहरु कालोपत्रे गरिने

    इटहरी । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले अबको दुई बर्षभित्र इटहरीका सवै मुलवाटोहरु कालोपत्रे गरिसक्ने कुरा दोहोर्याउनु भएको छ । सप्तकोशी एफएममा कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उहाँले आफनो कार्यकालमा त्यति गर्न नसके राजनीतिबाटै सन्यास लिने बताउनुभयो । उहाँले भन्नुभयो ‘गाँउका मुल बाटोहरु पनि कालोपत्रे गर्न नसके किन राजनीति गर्नु ?’ गाँउ गाँउका जनतालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन वहुबर्षे सडक योजना अन्तर्गत मुल वाटोहरु कालोपत्रे गर्ने कार्य धमाधम संचालन भइरहेको मेयर चौधरीले वताउनुभयो । गाँउ गाँउमा कालोपत्रे सडक वनिरहदा जनता खुशी र उत्साहित वनेको उहाँको भनाई छ । वहुवर्ष

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 196 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी १० मा जेवी टुहुरे फाउण्डेसनको भवन बनाइदै

    इटहरी । जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन शिल्यान्यास गरिएको छ ।इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरी–१० मा भवनको शिल्यान्यास गर्नु भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी अध्यक्ष बहादुर सिहं तामाङ्ग र फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेलगायतको उपस्थितिमा भवन शिल्यान्यास गरिएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४० लाख र ८ लाखको जनश्रमदानमा निर्माण कार्य अघि बढेको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले बताउनुभयो । उहाँका अनुसार इटहरी उपमहानगर कार्यपालिकाको वैठकले निर्णय गरेर वडा नम्वर १० मा जग्गा उपलब्ध भएको हो । त्यहाँ स्टु

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 426 पटक पढिएको
    • "नेपाल रेखा"
  • लुकीछिपी आउने क्रम रोकिएन, बराहक्षेत्र आइपुगेका युवालाई क्वारेन्टाइन पठाइयो, कोही झुम्का, सुन्दरहरैंचा र सप्तरी ओर्लिए

    अच्युत भट्टराई बराहक्षेत्र । भारतबाट सिधै घर आइपुगेका सुनसरीको बराहक्षेत्र–४ दुब्याही टोलका १ युवकलाई क्वारेन्टाइन पठाइएको छ ।भारतको गुजरातमा मजदुरी गर्दै आएका उनी ५ दिन अगाडि सुनौली बोर्डर आइपुगेको बताउछन् । उनले भने–‘कसैले खोजी खबर गरेन, घरसम्म आउने आधार केही नभेटेपछि ७ जना मिलेर ६ हजारका दरले भाडा तिरेर आएका हौ ।’ उनी संगै आएकामध्ये २ जना सप्तरीमा छन् भने अर्का १ जना सुनसरीको झुम्कामा र अरु ३ जना मोरङको सुन्दरहरैचा गएका छन् । यसरी अव्यवस्थित रुपमा घरमै आइपुग्दा सुरक्षा ब्यबस्था हेरेर आश्चर्यमा परेको सोही वडाका अध्यक्ष आशाराम चौधरीले बताए । उनले भने मैले सिडियो साब लग

    • प्रकाशित मितिः जेठ ३०, २०७७
    • 310 पटक पढिएको
    • "नेपाल रेखा"
  • मोरङगमा रोजगारबिहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशील अवसर

    बिराटनगर, औद्योगिक केन्द्र भनेर चिनिने मोरङग जिल्लामा 'द लेप्रोसी मिशन नेपाल' (TLM Nepal) ले साझेदार संस्थाहरु राष्ट्रिय अपाङग महासंघ नेपाल (NFDN) र उद्योग बाणिज्य महासंघ नेपाल (FNCCI) को सहकार्यमा ''रोजगारबिहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशील अवसर'' (FOUND) परियोजना शुरुवात गरेको छ । FOUND परियोजना बिराटनगर क्लष्टर कार्यालयले परियोजनाको विस्तृत परिचय, गतिविधी तथा उद्देश्य जानकारी गराउनुका साथै सरोकारवाला संस्थाका प्रतिनिधीहरु विच अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुको रोजगारीको अवस्थाका वारेमा छलफल गर्न आज दिउँसो ZOOM APP मार्फत एक अन्तरकृयात

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 614 पटक पढिएको
    • "नेपाल रेखा"
  • एसइई परीक्षा नगर्ने निर्णय

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयतानुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाको विषय दीर्घकालीन रूपमा व्यवस्थापन हुने जानकारी दिनुभयो । शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरेर कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसके तापनि कोरोना संक्रमणको

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,080 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]