अल्लोको कपडा बनाउने उद्योग लकडाउनको मारमा

  • असार ७, २०७७ / "नेपाल रेखा"
alt

दीपक कार्की
विराटचौक । पहाडी क्षेत्रमा पाइने सिस्नु अर्थात अल्लोको कपडा तयार पार्ने पूर्वी तराईमा रहेको एक मात्र घरेलु उद्योग लकडाउनका कारण मारमा परेको सञ्चालकले गुनासो गर्नु भएको छ ।
लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पदार्थ ल्याउन नपाएको कारण मारमा परेको लुमा घरेलु अल्लो कपडा उद्योगकी सञ्चालिका सिता राईले गुनासो गर्नु भएको हो ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ मा २०७१ साल देखि सञ्चालनमा आएको लुमा घरेलु अल्लो कपडा उद्योग तथा ट्रेनिङ्ग सेन्टरको लागि कच्चा पद्धार्थ ताप्लेजुङ्ग, संखुवासभा देखि ल्याउने गरेका सञ्चालिका राईले बताइन् । कच्चा पदार्थ पहाडी जिल्ला देखि ल्याएर तयार बनाइने कपडा स्थानीय बजारका साथै काडमाडौं, दार्जेलिङ्ग, हङकङसम्म बिक्रीका लागि पठाउने गरेकोमा लकडाउनका कारण बजार पाउन नसकेको राईले गुनासो गर्नु भयो ।
मिहिनेत अनुसार आम्दानी नहुने तथा उपभोक्ताहरुले समेत स्वदेशी उत्पादन भन्दा विदेशी कपडाहरु मन पराउने हुनाले आफुहरुले आम्दानी लिन नसकेको सञ्चालकको गुनासो रहेको छ । अल्लोका कपडाका साथै ढाका कपडा समेत उत्पादन गर्ने सो उद्योगकी सञ्चालिकाले तालिमका साथै महिलाहरुलाई रोजगारी समेत दिदै आएकी छन् । उद्योगमा तालिम लिएर रोजगारी गर्दै पाएकी फुलमाया तामाङ्ग आर्थिक उपार्जनमा सहयोग पुगेको बताउनु हुन्छ । स्वदेश तथा विदेशमा समेत माग हुने यस प्रकारका उद्योगहरुको विकास र विस्तारका लागि सरकारी स्तरबाट सहयोग भए आफुहरु उत्पादन बढाउन सक्ने सञ्चालक राई बताउनु हुन्छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]