कृष्टल बनाउने तालिम समापन

  • असार ७, २०७७ / "नेपाल रेखा"
alt

विराटचौक । आय आर्जनका लागि महिलाहरुलाई सिप प्रदान गरी आत्मनिर्भर बनाउनका लागि मोरङको सुन्दरहरैचामा सञ्चालित १५ दिने कृष्टल बनाउने तालिम सम्पन्न भएको छ ।
प्रदेश नम्बर १ प्रदेस सभा सदस्य चुमनारायण तवदारको सांसद कोषबाट सुन्दरहरैचा नगपालिकाका २५ जना महिलाहरुका लागि सञ्चालित तालिम एक कार्यक्रमका विच समापन गरिएको हो ।
प्रगती महिला समाज सुन्दरहरैंचा–२ को आयोजना रहेको तालिममा सहभागी महिलाहरुलाई कार्यक्रमा राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, प्रदेश सभा सदस्य चुमनारायण तवदारले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, सुन्दरहरैंचा–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक्ष जीवनप्रसाद ढुंगाना, वडा नम्बर ६ वडाध्यक्ष जीवनकुमार राई लगायतको उपस्थिति रहेको थियो । सो तालिममा सहभागीमध्ये कृषा लिम्बुूर संगीता पोखरेललाई उत्कृष्ट घोषित गरि पुरस्कृत समेत गरिएको थियो । प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छारको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रमका सहभागिहरुले महिलाहरुका लागि आयमुलक तालिम दिएर आय आर्जनमा लागाउनु सामाजिक विकासमा योगदान पुर्याउनु हो भन्दै महिला स्वरोजगारीमा जोड दिए । तालिममा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७ नम्बर वडाका सहभागिता रहेको थियो भने तालिममा राधा नेपालले सहजिकरण गर्नु भएको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]