समाचार

    Showing 561-570 of 650 items.
  • संसद रामकुमारी चौधरीद्वारा महिला सुरक्षाको लागि सरकारको ध्यानाकर्षण

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवम् संसद रामकुमारी चौधरीले बढ्दो महिला हिंसा न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले लकडाउन अवधिमा महिला हिंसा बढेको तथा क्वारेन्टाइनमा बसेका महिलाहरु असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो । पछिल्लो रिपोर्ट अनुसार मुलुकभर ३ सय ७३ बलात्कारका घटना भएका छन् । त्यसैगरी, बहुविवाह ३४, बालविवाह ९, मानव बेचबिखन ९, बोक्सी आरोपमा ८ र अप्राकृतिक मैथुन ७ घटना भएका छन् । यी घटनाको रिपोर्ट प्रतिनिधिसभा बैठकमा जानकारी गराउदै उहाँले भन्नु भयो–‘घटनाबाट पीडित महिला तथा बालबालिकालाई राज्यले सुरक्षा प्रदान

    • प्रकाशित मितिः असार ९, २०७७
    • 311 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेकपाले दियो बराहक्षेत्र नगर प्रमुखलाई बजेटबारे राय सुझाव

    बराहक्षेत्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक वर्ष ०७७÷७८ का लागि वराहक्षेत्र नगरको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी सरोकारवालासँग राय, सुझाव संकलन गरी प्रतिवेदन बुझाएको छ ।कार्यदल गठन गरी नेकपा नगर कमिटीले गत जेठ १६ गतेदेखि विभिन्न २० सरोकारवालासँग अन्तक्र्रिया गरेको हो । अन्तक्र्रियापछि संकलन गरिएको सुझाव नगर प्रमुख निलम खनाललाई बुझाइएको छ । नेकपाले स्थानीय सञ्चारकर्मी, निर्माण व्यवसायी, विद्यार्थी, शिक्षक, निर्वाचित जनप्रतिनिधि, कृषक, मजदुर, आदिवासी, जनजाति, दलित, महिलालगायतका सरोकारवालासँग अन्तक्र्रिया गरेको नेकपा नगर अध्यक्ष कमल कट्वालले जानकारी दिए । नेकपाले प्रतिवेदनम

    • प्रकाशित मितिः असार ९, २०७७
    • 894 पटक पढिएको
    • "नेपाल रेखा"
  • स्वरोजगार बनाउन संखुवासभाको गाउँगाउँ सिपमुलक तालिम

    संखुवासभा । विपन्न तथा गरिबीको रेखा मुनि रहेका दलित, जनजाति, महिला, युवा तथा आर्थिक रुपले पिछडीएका बर्गलाई स्वरोजगार बनाई आत्म निर्भर बनाउन विभिन्न सिपमुलक तालिम दिइरहेको छ । संखुवासभा घरेलु तथा साना उद्योग कार्यालयले सेवा प्रदायक संस्था छनौट गरि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सहयोगी संस्था नेपालले अहिले जिल्लाका पाँच स्थानीय तहमा सिपमुलक तालिम संचालन गरिहेको छ । घरेलु तथा साना उद्योग कार्यालय सहयोग तथा सहयोगी संस्था नेपालको आयोजनामा सभापोखरी गाउँपालिकामा नयाँ उद्यमी सिर्जनातर्फ–२० जनालाई सिपमुलक तालिम दिएको छ । सभापोखरीका न्यून आय भएका परिवार छनौट गरी स्वरोजगार बनाई आत्मनिर्भर बनाउन

    • प्रकाशित मितिः असार ९, २०७७
    • 657 पटक पढिएको
    • "नेपाल रेखा"
  • कृष्टल बनाउने तालिम समापन

    विराटचौक । आय आर्जनका लागि महिलाहरुलाई सिप प्रदान गरी आत्मनिर्भर बनाउनका लागि मोरङको सुन्दरहरैचामा सञ्चालित १५ दिने कृष्टल बनाउने तालिम सम्पन्न भएको छ ।प्रदेश नम्बर १ प्रदेस सभा सदस्य चुमनारायण तवदारको सांसद कोषबाट सुन्दरहरैचा नगपालिकाका २५ जना महिलाहरुका लागि सञ्चालित तालिम एक कार्यक्रमका विच समापन गरिएको हो । प्रगती महिला समाज सुन्दरहरैंचा–२ को आयोजना रहेको तालिममा सहभागी महिलाहरुलाई कार्यक्रमा राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी, प्रदेश सभा सदस्य चुमनारायण तवदारले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, सुन्दरहरैंचा–४ का वडाध्यक्

    • प्रकाशित मितिः असार ७, २०७७
    • 549 पटक पढिएको
    • "नेपाल रेखा"
  • अल्लोको कपडा बनाउने उद्योग लकडाउनको मारमा

    दीपक कार्कीविराटचौक । पहाडी क्षेत्रमा पाइने सिस्नु अर्थात अल्लोको कपडा तयार पार्ने पूर्वी तराईमा रहेको एक मात्र घरेलु उद्योग लकडाउनका कारण मारमा परेको सञ्चालकले गुनासो गर्नु भएको छ । लकडाउनका कारण बजारमा उत्पादन पुर्याउन नसकेको तथा कच्चा पदार्थ ल्याउन नपाएको कारण मारमा परेको लुमा घरेलु अल्लो कपडा उद्योगकी सञ्चालिका सिता राईले गुनासो गर्नु भएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ मा २०७१ साल देखि सञ्चालनमा आएको लुमा घरेलु अल्लो कपडा उद्योग तथा ट्रेनिङ्ग सेन्टरको लागि कच्चा पद्धार्थ ताप्लेजुङ्ग, संखुवासभा देखि ल्याउने गरेका सञ्चालिका राईले बताइन् । कच्चा पदार्थ पहाडी जिल्ला देखि ल्याएर त

    • प्रकाशित मितिः असार ७, २०७७
    • 507 पटक पढिएको
    • "नेपाल रेखा"
  • सर्वगुणी बेसारः महिमा अपार

    –नारायण अधिकारी चितवन । जानेर वा नजानेर नेपालीको घरघरमा प्रयोग हुने बेसार बहुउपयोगी भएको ज्ञान कमैलाई छ । कतिपयले रङका लागि मात्रै प्रयोग गरेको भए पनि यसले औषधिको काम गरिरहेको कमैलाई थाहा होला । नेपालीको भान्सामा मसलाका रूपमा प्रयोग हुने बेसार दर्जनौँ रोगको औषधि हुने विज्ञले बताएका छन् । मुख्य रूपमा रोगप्रतिरोधी क्षमता विकास गर्न सर्वगुणी बेसारले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ । पतञ्जलि आयुर्वेद मेडिकल कलेज धुलिखेलका प्राचार्य, द्रव्यगुणविज्ञ प्रा डा श्याममणि अधिकारी बेसार रोगविरुद्ध लड्नका लागि उपयोगी हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बेसारले शरीरको शक्ति बढाउन मद्

    • प्रकाशित मितिः असार ७, २०७७
    • 210 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी उपमहानगरद्वारा बजेटबारे सरोकारवालासंग छलफल

    इटहरी । इटहरी उपमहानगरले आगामी आर्थिक बर्षको वजेट नीति तथा कार्यक्रमका बारेमा सुझाव संकलन गरेको छ । बजेट तथा योजना तर्जुमा समितिले बिभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गरि सुझाव लिएको हो । समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार विज्ञ सल्लाहकार, नागरिक समाज, आदिवासी जनजाती, पिछडावर्ग, दलित समूदाय, महिला संजालसँग छलफल गरि सुझाव संकलन गरिएको छ । यसैगरी एकल महिला, अपांगता भएकाहरु, कलाकार, साहित्यार, पत्रकार, युवा उद्यमीहरुको सुझाव लिइएको छ । आगामी आर्थिक बर्षको वजेटमा क्षमता अभिवृद्धि भन्दा पनि उत्पादन र आय आर्जनसँग जोड्ने खालका कार्यक्रमहरुलाई उपमहानगरले प्राथमिकता दिने भएको छ । त्यस्ता क

    • प्रकाशित मितिः असार ५, २०७७
    • 333 पटक पढिएको
    • "नेपाल रेखा"
  • कृषिमा आत्मनिर्भर इटहरी उपमहानगरको प्रयास

    इटहरी। इटहरी उपमहानगरका गुद्री देखि हाटबजारमा तरकारी किनबेच ठप्प हुँदा इटहरी १० खनारकी सञ्जादेवी चौधरीकोे परिवारलाई भने कुनै समस्या परेन । ‘मैले घरछेउको आफ्नै खाली जग्गामा तरकारी रोपेकी थिएँ,’ उनले भनिन्, “परिवारले खाएर छिमेकीलाई पनि बाडियो, घरखर्च चलाउन पनि सहयोग ग¥यो । आफूसँग कृषि उपज हुँदा जस्तोसुकै महामारी आएपनि फरक नपर्ने रहेछ ।”घरछेउ छाउका आाफ्नै बरीमा खनिखोस्री उब्जनी गर्ने घर परिवारलाई लकडाउनले खासै असर गरेन । तर बजारमै निर्भर रहनेहरुलाई भने प्रभाव पार्यो । केही खुलेको बजारमा पनि तरकारी नपाउँदा नगरवासीदेखि लिएर इटहरीका जनप्रतिनिधिहरुले बल्ल अनुभव गरे, &lsquo

    • प्रकाशित मितिः असार ४, २०७७
    • 309 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीमा थप एक जनामा कोरोना पोजेटिभ

    इटहरी । इटहरीका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । जनता क्याम्पसको क्वारेन्टिनमा बसेका एक पुरुषमा कोरोना पोजेटिभ भेटिएको हो । उनी एक हप्ता अगाडि भारतबाट इटहरी आएका थिए । क्वारेन्टिनमा रहेकै बेला ज्वरो आएको र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनी ५० बर्षीय रहेको बताईएको छ । उनलाई थप उपचारको लागि धरान पठाइएको इटहरी उपमहानगरले विज्ञप्ति जारी गरि जनाएको छ । साथै उपमहानगरले सचेत रहन नगरवासीलाई आग्रहसमेत गरेको छ ।

    • प्रकाशित मितिः असार २, २०७७
    • 299 पटक पढिएको
    • "नेपाल रेखा"
  • कृषकहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरियो

    इटहरी । कृषिमा बैज्ञानिकिकरण र बजारिकरण साथै व्यवसायिकतामा जोड दिदै मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ ले कृषकहरुलाई लक्षित गरी कृषि अभिमुखिकरण कार्यक्रम शुरु गरेको छ ।वडामा क्रियाशिल अगुवा कृषकहरुलाई प्रोत्साहन तथा कृषि पेशालाई व्यवस्थित बनाउन सुन्दरहरैचा १२ ले तीन दिने कृषि अभिमुखिकरण कार्यक्रम सुरु गरेको हो ।गुडलक एजुकेशन एण्ड ट्रेनिङ्ग सेन्टरको संयोजन तथा वडा नम्बर १२ को आयोजनामा शुरु भएको कृषि अभिमुखिकरण कार्यक्रममा कृषिमा आधुनिकरण, बजारिकरण, कम लागतमा बढी उत्पादन र यान्त्रिकरण लगायतका विषयमा कृषकहरुलाई जानकारी गराउने गरी कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष रोशन ढकालले कार्यक्रमको

    • प्रकाशित मितिः असार २, २०७७
    • 170 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]