धरान/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता मुक्सामहाङ्ग मेन्याङ्बो (मुकेश)ले धरानका बाढी पीडितलाई राहत प्रदान गरेका छन् ।
अबिरल बर्षाकाकारण शनिबार आएको बाढीले धरान–५ सुन्दर वस्तीमा तीन घर बगाएको थियो । मुकेशले घर बगेका परिवारलाई उनले १ बोरा चामल, १
केजी दाल लगायत खाद्य सामाग्री प्रदान आइतबार प्रदान गरेका हुन् । राहत पाउनेहरुमा तिलकबहादुर बस्नेत, भावना चेम्जोङ्ग र जितबहादुर लिम्बू रहेका छन् । बाढीले तिलकबहादुर बस्नेत र जितबहादुर लिम्बूको घर बगाएको छ । घर बगाएपछि उनीहरुले स्थानीय सरकारसँग बस्ती संरक्षणका लागि आग्रह गर्दै आएका छन् ।

त्यसैगरी, उहाँकै नेतृत्वमा धरानका विभिन्न बाढीग्रस्त ठाउँहरुको निरीक्षण पनि गरिएको छ । उहाँ अनुसार सर्दु खोलाको बाढीले धरान–१७ को सुन्दरवस्ती, धरान–११ नगरकोट वस्ती, धरान–१३ को चौतीस घरे वस्ती, राई टोलमा क्षति पुर्याएको छ । त्यसैगरी धरान–१६ को तारा स्मृति पार्कमा पनि बाढीले क्षति पुगेको छ ।
त्यसैगरी, सेउती खोलामा आएको बाढीले धरान–१५ को काठे पुल, सोही वडाको गणतान्त्रिक वस्ती, धरान–५ को सुन्दर वस्तीमा पनि क्षति पुर्याएको छ ।
बाढीले पुर्याएको क्षतिबारे निरक्षण गर्न नेकपा धरानका अध्यक्ष नारायण सुवेदी, सचिव सुदर्शन श्रेष्ठ, युवा संघका नेताहरु पूर्ण भुजेल (चिन्तन), भुवन याख्खालगायतका नेताहरु पनि परिचालित भएका छन् ।