काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताएका छन् । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा डा. रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्र्ड पाएको बताए । उनले अवार्र्ड मुलुकका लागि सानो कुरा नभएकाले राज्यले पनि खुसी मनाउनुपर्ने उल्लेख गरे। “आँखाको क्षेत्रमा ३५ वर्षदेखि गर्दैआएको कर्म हेरेर संसारले पनि मेरो सम्मान गर्दो रहेछ भन्ने थाहा भयो”, डा रुइतले भने, “अवार्डबाट संसारको मानचित्रमा नेपालीले राम्रो काम गर्दा रहेछन भन्ने देखाएको छ । नेपालीको आत्मसम्मान र प्रतिष्ठा वि
विराटनगर । विराटनगर महानगरपालिकाले उपभोक्ता समितिमार्फत योजना सञ्चालनका लागि सम्पूर्ण वडास्तरीय योजनाहरुको म्याद थप गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले माघ मसान्तसम्म योजनाहरुको म्याद थप गर्ने निर्णय गरेको हो । यसअघि असोज १२ गते बसेको नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७९।०८० को स्वीकृत नीति, कार्यक्रम तथा बजेट पुस १५ गतेभित्र सम्झौता गरिसक्ने निर्णय गरेको थियो । तर, बीचमा चाडपर्वलगायतका कारण तोकिएको समयसीमाभित्र सम्झौता हुन नसकेकाले नगर कार्यपालिकाको बैठकले म्याद थप गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । “यसअघि तोकिएको मितिभित्र व
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा. हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ । विसं २०३५ मा भोजपुरको अेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मिएका राई भोजपुरबाट तीन पटक (विसं २०६४, २०७४ र २०७९) मा सांसद बनेका थिए । भूइँमान्छेको पहिचान बनाएका राई स्थानीय परिभेषमा घुलमिल हुने र जनताको सुख दुःखमा साथसाथै रहने कार्यशैलीले उनी जनतामाझ स्थापित छन् । सिधा र स्पष्ट कुरा राख्ने किराती राजन
विराटनगर । पसलको सटरभन्दा बाहिर सामान राखे मंगलारदेखि नियन्त्रणमा लिन महानगर प्रहरीलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले निर्देशन दिएका छन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाई, फुटपाथ नियन्त्रण, सेटब्याक हटाउने र पार्किङ व्यवस्थापनको अभियान जारी राखेको छ । महानगरका मेयर कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थगलत अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो । मेयर कोइरालाले सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन महानगर प्रहरीलाई तत्कालै निर्देशन दिए । “
इटहरी । नेपालरेखा । सडक निर्माणकै क्रममा राजनितिक, प्राबिधिक, लगायत स्थानिय जनप्रतिनिधी बाट नितिगत एवं आर्थिक भ्रष्टाचार एवं परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्मित अवस्था कमजोर र गुणस्तर हिन रहेको स्वतन्त्र नागरिक समाज सुनसरीले निस्कर्ष निकालेको छ । राजमार्गको पुननिर्माणमा ढिलासुस्ती लगायत निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई सुक्रवार ज्ञापन पत्र बुभाएको छ । कोशी राजमार्ग अन्तर्गतको र
विराटनगर । विराटनगर महानगर नगर कार्यपालिकाको प्रवक्तामा कार्यपालिका सदस्य सन्तोष न्यौपाने तोकिएका छन् । विराटनगर वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका न्यौपानेलाई कात्तिक २९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार मेयर नागेश कोइरालाले प्रवक्तामा मनोनित गरेका हुन् । कार्यपालिकाले सम्पादन गरेका कार्य तथा निर्णयहरू सार्वजनिक जानकारीमा ल्याउने प्रयोजनार्थ नगर कार्यपालिका कार्यसम्पादन नियमावली–२०७५ को नियम १७ मा भएको व्यवस्थाबमोजिम प्रवक्ता तोक्ने अधिकार मेयरलाई दिइएको छ । सोही व्यवस्थाअनुसार मेयर कोइरालाले वडाध्यक्ष न्यौपानेलाई महानगरको प्रवक्ता तोकेका हुन् । प्रवक्ताको जिम्मेवारी इमान्दारिता
रामधुनी । सुनसरी जिल्लाको रामधुनी नगरापालिका वडा नम्बर १ स्थित भाषि माविमा सुरक्षाकर्मी र कर्मचारीको मिलेमतोमा धाँधली हुने संकेत स्थानीयले गरेका छन् । स्थानीयका अनुसार यस पटक भाषी मावि मतदान केन्द्रमा धाधली हुने सम्भावना देखिन्छ । राष्ट्रको चौथो अंग मानिने पत्रकारहरुलाई प्रहरीले भित्र पस्नबाट रोकीरहेका छन् । विगतका निर्वाचनहरुमा पत्रकारहरुलाई सम्मानजनक ढंगले प्रवेश गर्न दिइएको र पत्रकारले माग गरेको सूचना दिने गरिएको थियो । यस पटक प्रहरीले पत्रकार र अन्य अनुगमन गर्न आएको टोलीलाई गेटबाटै फकाई दिने गरेको छ । भाषी १ निवासी एक स्थानीयले आप्mनो नाम नबताउने सर्तमा भने निर्वाचनमा धाँधली भएको छ छैन, फर
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ ब्मोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको हो ।आयोगले मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । ‘हामीले मान्यता दिएका संस्थामध्ये दुई संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन र सिभिक च्याम्बर अफ रसियन फेडेरेसन मात्रै पर्यवेक्षणमा सहभागी हुन लागेका छन् । नेपालभित्रका भने ४४ संस्थाले पर्यवेक्षणको अनुमति पाएका छन्’, निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले भने, ‘त्यसैगरी, भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, श्रीलङ्का र दक्षिण कोरियाको निर्वाचन आयोगका पदा
काठमाडौँ । सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन बिदा दिने भएको छ ।गृह मन्त्रालयले आज एक सूचनामार्फत आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मङ्सिर २ देखि ५ गतेसम्म विदा दिइएको छ ।निर्वाचन आयोगले यसअघि नै निर्वाचनमा बढीभन्दा बढी सहभागिता रहोस् भनेर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको थियो ।यसैबीच त्रिभुवन विश्वविद्यालयले पनि आगामी मङ्सिर १ देखि ५ गतेसम्म विश्वव