हुलाकी सडक निर्माणको कामले गती लिन थाल्यो

  • माघ १०, २०७९ / नेपाल रेखा
alt

कुुमोद अधिकारी
विराटनगर । पूर्व पश्चिम तथा दक्षिण क्षेत्रलाई मुख्य राजमार्गसंग जोड्ने गरि निर्माण शुरु गरिएको हुलाकी सडकको ७० प्रतिशत भन्दा वढि काम सम्पन्न भएको छ । मोरङ, सुनसरी तथा सप्तरी जिल्लामा ३ सय ३२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेकोमा त्यसमध्ये ७० प्रतिशतभन्दा वढि काम सम्पन्न भएको हो ।
सप्तरी देखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको पूर्व–पश्चिम हुलाकी सडकको काम आगामी १ बर्षभित्रमा सञ्चालनमा आउने गरि काम भइरहेको हुलाकी सडक योजना कार्यालय इटहरीले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक एकवर्षमा चार लेनमा विस्तार हुने जनाइएको छ  ।
हुलाकी सडकको काम अहिले तिव्र गतिमा अघि वढेको हुलाकी सडक योजना कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले बताए । दशैं तिहारजस्ता पर्व तथा निर्वाचनका कारण केहि काम ढिलाई भएपनि अहिले आएर कामले गति लिएको र वजेटको समेत अभाव नरहेको कार्यालय प्रमुख थापाको भनाइछ ।
३ सय ३२ किलोमिटर हुलाकी सडक खण्ड अन्तर्गत ठुला ठुला आठवटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । २४ वटा पुलमध्ये ८ वटा पक्कि पुलको निर्माण सम्पन्न भएको हो । लामो समयदेखी गती लिन नसकेको हुलाकी सडकको कामले तिव्रता पाएपछि सर्वसाधारण समेत उत्साहित भएका छन् । रंगेली नगरपालिका क्षेत्रमा पर्ने वेतौनाको चेका खोलादेखि मधुवनीसम्मको हुलाकी सडकको प्रायः सबै काम सम्पन्न हुने अवस्थामा छ भने वेतौना चोकदेखी विराटनगर सम्मको सडकको काम भने शुरुआती चरणमा छ ।
मोरङको केशलिया खोलादेखी मोरङ–झापाको सिमानमा रहेको रतुवा खोलासम्मको ४४ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ । सो क्षेत्रमा पर्ने सबै सडक भत्काएको अवस्था छ । सडक समयमा सम्पन्न नहुदा आवत जावतमा समस्या भएकाले सम्वन्धित निकायको ध्यान जानुपर्ने रंगेली–७ का कमलेशकुमार मण्डलको भनाई छ । रंगेली–विराटनगर सडकमा निर्माणको काम भइरहेकाले सडकमा धुलो उड्ने र सडक खाल्टा खुल्टि हुदा विरामीलाई ल्याउन लैजान समेत समस्या भएको मण्डलको भनाई ।
त्यस्तै, हुलाकी सडक अन्तर्गत पूर्व–पश्चिम राजमार्गलाई जोड्ने रंगेली–कानेपोखरी सडकको निर्माण कार्य अन्तिम चरणमा छ । २६ किलो मिटर लामो उक्त सडक खण्डको गेरुवा खोलामा पुल नबन्दा सडकले पूर्णता पाउन सकेको छैन । लामो समयदेखी अलपत्र अवस्थामा रहेको सो पुल नबन्दा वर्षा याममा सवारी साधन तथा सर्वसाधारणलाई आवत जावतमा समस्या हुने गरेको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]