काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदाको खर्च आफैँ व्यहोर्ने भएका छन् ।उक्त उपचारबापतको खर्च राष्ट्रपति आफैँले व्यहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । निमोनियाका कारण फोक्सोमा पानी जमेपछि राष्ट्रपति पौडेललाई भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइएको थियो ।गएको आइतबार नेपाल फर्किएका पौडेलको स्वास्थ्योपचार खर्च राज्यकोषबाट हुन नहुने भन्दै चौतर्फी टिप्पणी भएको थियो ।
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनौचारिक क्षेत्रमा आबद्ध श्रमिकहरूको अभिलेखीकरण महानगरको उच्च प्राथमिकतामा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मेयर कोइरालाले अनौपचारिक क्षेत्रमा थुप्रै श्रमिक आबद्ध रहेकाले उनीहरूको अभिलेखीकरण गर्नु आवश्यक रहेको औंल्याउनु भएको छ । मेयर कोइरालाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले भोगेका समस्या समाधान गर्नसमेत महानगरका तर्फबाट सदैव पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले श्रमिकको सम्मान गरेकै कारण मुलुकले आशा गरेअनुसारको प्रगति नगरेको उल्लेख गरेका छन् । “जुन देशले श्रमिकहरूको सम्मान ग
लेटाङ्ग । विभिन्न कारणले आन्तरिक आयस्रोतमा कमी आएको तथा संघीय सरकारबाट प्राप्त हुने राजस्व बांडफाँड रकम समेत घटेका कारण लेटाङ्ग नगरपालिकाले अघि सारेका योजनाहरु प्रभावित बन्ने अवस्था आएको जनाएको छ ।लेटाङ्ग नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि आन्तरिक आयस्रोतमा आएको कमीका साथै संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड रकममा कमी आएपछि योजनाहरु प्रभावित हुने अवस्था आएको जानकारी गराएको हो ।नगरपालिका प्रवक्ता भुम सुर्यमगरले नगरवासीको अपेक्षालाई सम्वोधन गर्दै विभिन्न भौतिक तथा मानवीय विकासका योजनाका लागि नीति तथा कार्यक्रममा समावेस गरी समृद्ध नगर र सुखी नगरवासी बनाउने लक्ष्य र
इटहरी । यातायात, शिक्षा, व्यापार र खेलकुदको हब मानिने इटहरी पूर्वको महानगर उन्मुख सहर हो । तर, जनतालाई स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा अस्पतालमा उपचार गर्न आएका विरामीहरु उपचार हैन रेफर लिएर फर्कनुपर्ने बाध्यता थियो । अब भने इटहरीमा २४ सै घण्टा उपचार हुने भएको छ । शुक्रबारदेखि इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी सेवा सुरु भएको हो । यसको औपचारिक उद्घाटन मेयर हेमकर्ण पौडेलले गरे । ‘चुनाबताका प्रतिबद्दता गरेका वाचा पुरा गर्ने क्रममा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आकस्मिक सेवासँगै ल्याब र फार्मेसी सेवाको सुरुवात गरिएको हो,’ मेयर पौडेलले भने । उनका अनुसार अह
दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागेको स्पष्ट पार्नुभयो । यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै हातहातमा पुस्तक पुगेको उल्लेख गर्दै यो एतिहासिक काम भएको बताउनुभयो । विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यस पटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उहाँको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री शर्माले दाङ
विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताए । अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । विराटनगरमा सञ्चालित मासु व्यवसायीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो । स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको मेयर कोइरालाले बताए। मेयर कोइरालाले महानगर सरसफाई, कर संकलन,
इटहरी । इटहरी र धरान दुई उपमहानगरपालिका बिचको सीमा सम्बन्धी क्रियाकलापबाट आफ्नो ध्यानाकर्षण भएको इटहरी नगरप्रमुख हेमकर्ण पौडेलले बताएका छन् ।सोमबार पत्रकार सम्मेलन गरी मेयर पौडेलले धरानका मेयर हर्क साम्पाङले धरानको सीमा बोर्ड इटहरीको क्षेत्रमा राखेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।देशको सीमा संरक्षण गर्नुपर्ने अवस्था आएको समय अन्तरपालिका आपसमा विभाजित हुने किसिमको गतिविधिप्रति आफ्नो आपत्ती रहेको जनाउँदै मेयर पौडेलले विवादलाई सहमती मार्फत समाधान गर्न धरान नगरप्रमुख साम्पाङलाई आग्रह गरेका हुन् ।२०१० साल भन्दा अगाडिबाट इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न मेयर
इटहरी । पछिल्लो समयमा अनलाईनको प्रयोग बढेसंगै अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार समेत वढी रहेका छन् । त्यसैलाई मध्यनजर गर्दै भ्वाईस अफ चिल्डे«नले इटहरीमा बालबालिकाहरुको सहभागितामा बालयौन दुव्र्यवहार न्यूनीकरणका विषय केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।यही क्रममा भ्वाईस अफ चिल्ड्रेनले साथी शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।अभिमुखिकरण कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेनमा आवद्ध साथी शिक्षक बालबालिकाहरुलाई अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार, कस्ता कस्ता अनलाईनसंग जोडिने सामाजिक सञ्जालबाट बालयौन दुव्र्यवहार हुन्छ कसरी त्यसबाट बालबालिकालाई जोगाउने लगायतका
इटहरी । परापूर्व कालदेखि इटहरी वडा नम्बर १०, ११, १२, १३ र १४ तथा बुढीगंगा गाउँपालिकाको वडा नं. ५ र ६ समेतका स्थानीयहरुले मृत्यु पश्चात सव दहन (दाह संस्कार) गर्नका लागि प्रयोग गर्दै आएको इटहरी उपमहानगरपालिका वडा नं. ११ स्थित बुढीखोला पुलको दक्षिण तटलाई प्रयोग गर्दै आइएको छ । सुनसरी मोरङ्ग सिँचाई आयोजनाले ३५ करोडको लगानीमा नहरमा बगेको बुढीखोला पुलको संरक्षण र पानीको बहाब इनर्जी कन्ट्रोलका लागि पुलको दक्षिण तर्फ १६५ मिटर भित्र स्लोपिङ्ग आर.सि.सि. ढलान, पोखरी, ब्लक जाली विछ्याउने कार्य अगाडि बढाएकोले परम्परा देखि दाह संस्कारका लागि प्रयोग हुँदै आएको भूभाग क्षतिग्रस्त हुन जाने अवस्थालाई अध्ययन गरी
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ। निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो ।उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरिसकेको छ भने राज्य संयन्त्रका सम्बन्धित नियकालाई आचारसंहिता प्रतिकूलका गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न निर्देशन दिइसकेको छ । आयोग उपनिर्वाचन हुने सम्बन्धित निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदव