कुमोद अधिकारी
विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले शान्ति सुरक्षा, विपद् व्यवस्पन, सेवा प्रवाह तथा विकास निर्माण आफ्नो पहिलो प्रथमिकता रहेको बताएका छन् ।
मोरङ जिल्लामा भर्खर सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी यादवले बिहीवार विराटनगरमा संचारकर्मीसंगको परिचय कार्यक्रमा सिमाक्षेत्रबाट हुने तस्करी तथा लागुऔषध नियन्त्रणका लागि आफु प्रतिवद्ध रहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने सेवा थप चुस्त दुरुस्त एवम् प्रभावकारी बनाउन पहल गरिरहेको बताए ।
हुलाकी सडक निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा सरोकारवालासंग छलफल गरेर त्यसलाई सहजिकरण गर्ने उनले बताए।
उनले मोरङ जिल्लामा आत्महत्याका घटना डरलाग्दो अवस्थामा रहेको आफुले पाएको भन्दै आत्महत्याका घटना न्यूनिकरण गर्न संचारकर्मीले सचेतना मुलक लेख, रचना प्रकाशन प्रसारण गर्नुपर्ने बताए । जिल्लामा दैनिक ३, ४ वटा आत्महत्याको घटना हुनु गम्भिर विषय भएकाले आत्महत्याका घटना निरुत्साहित गर्न संचारकर्मीको भूमिका महत्वपूर्ण रहने उनको भनाई थियो ।
कार्यक्रमा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलले चोरीका घटना पुर्ण रुपले नियन्त्रण गर्न चुनौती रहेको भन्दै मोटरसाइकलमा अनिवार्य लक राख्न र घरमा सिसिक्यामरा जडान गर्न सके चोरी लगायत आपराधिक घटना नियन्त्रण गर्न प्रहरीलाई सहज हुने बताए ।
जिल्ला प्रशासन कार्याल मोरङकाअनुसार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्रहिलाई ठगी गर्ने दर्जनौ व्यक्तिलाई प्रशासनले कार्वाही तथा जरिवाना गरेको बताए । प्रमुख जिल्ला अधिकारी यादव भर्खरै संखुवासभा जिल्लाबाट सुरुवा भएर मोरङ आएका हुन् ।