विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताए । विराटनगर वडा नम्बर ६ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा उनले महानगरका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताए । मेयर कोइरालाले विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा १९ वटै वडामा निःशुल्क आँखा शिविर पनि सञ्चालन भइरहेको जानकारी दिए । रानी प्राथमिक स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरी महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनको भनाइ थियो । सबै वडाहरुमा एकीकृत स्वास्थ्य शिविर सञ
कुमोद अधिकारी विराटनगर । मोरङको धनपालथान गाउँपालिकाले बिभिन्न वडाका गाउँटोलमा पुगेर निःशुल्क रुपमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउन थालेको छ । पालिकाले महिला तथा जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष उपाध्यक्ष कार्यक्रम अन्तरगत प्रत्येक वडामा शिविर संचालन गर्दै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउन थालेको हो ।जसअनुसार धनपालथान गाउपालिका-४ को हंसवाहिनी आधारभूत विद्यालयमा स्वास्थ्य प्रयोगशालाको सेवासहित शिविर संचालन गरेको छ । एक दिने शिविरमा ७ सय ९ जनाले सेवा लिएका छन् । त्यसमध्ये महिला ४ सय २६ र पुरुष २८३ रहेका छन् । शिविरमा २ सय ९१ जनाले आँखा परिक्षण गराएकोमा ६५ जनामा मोतिया विन्दु देखिएको र उनीहरुको
काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरण राखिएको उक्त प्रदर्शनीको आज एक समारोहबीच उद्घाटन गर्नुभयो । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनी अवलोकनबाट सैनिकसम्बन्धी पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुनेछ । सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालय
कुमोद अधिकारी विराटनगर । मोरङको धनपालथान गाउंपालिका वडा नम्बर २ को आयोजनामा २ सय ८० जना लक्षित वर्गलाई न्यानो कपडा वितरण गरिएको छ । अत्याधिक चिसो बढेपछि जेष्ठ नागरिक गरिव विपन्न तथा असहाय र एकल महिलालाई सो वडाले स्वीटर र ज्याकेट वितरण गरेको हो ।१ सय ४० जना पुरुषलाई ज्याकेट तथा १ सय ४० जना महिलालाई स्वीटर वितरण गरिको वडा न २ का वडा अध्यक्ष पंकजकुमार मण्डलले बताउनु भयो । जेष्ट नागरिककालागि जाडोको कपडा वितरणका लागि सो वडाले तीन लाख वजेट विनीयोजित गरेको थियो । सोही रकमबाट स्वीटर र ज्याकेट वितरण गरिएको वडा अध्यक्ष मण्डलले बताउनु भयो ।
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ ।सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतिय सवारीमा रुपान्तरण गरेको हो ।पहिलो चरणमा दुई वटा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरेको हो । उपमहानगरपालिकाले सम्याती इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर रुपान्तरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारी साधनलाई लागतका आधारमा विद्युतीय सवा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ व
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी ।उनी पिल्लर नम्बर १ का इन्चार्ज हुन् । उक्त पिल्लरले जघन्य तथा संगठित अपराध अनुसन्धान गर्ने गर्छ । हत्या, अपहरण, बलात्कार, बम बिस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ । No ads found for this position उनै भण्डारीको नेतृत्वमा मंगलबार बेलुका प्रहरीहरू रामबहादुर बमजनलाई पक्रन काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ हात्तीगौंडा पुगेका थिए ।बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका–१२ हो । ३४ वर्षीय उनको नाम रामलाल बमजन हो । तर, उनी रामबहादुर
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हिजो साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआईबीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चार तला माथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट हिजो साँझ पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निजको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै रु त
काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्
विराटनगर । विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ । बहुवर्षीय योजनाअन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया साथैमा लिएर अनुगमनमा पुगेका मेयर कोइरालाले निर्माणको पछिल्