विराटनगर वडा नम्बर ६ मा निःशुल्क स्वास्थ्य शिविर

  • माघ १९, २०८० / नेपाल रेखा
alt

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताए ।
विराटनगर वडा नम्बर ६ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा उनले महानगरका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताए । मेयर कोइरालाले विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा १९ वटै वडामा निःशुल्क आँखा शिविर पनि सञ्चालन भइरहेको जानकारी दिए । रानी प्राथमिक स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरी महानगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनको भनाइ थियो ।
सबै वडाहरुमा एकीकृत स्वास्थ्य शिविर सञ्चालनसमेत सञ्चालन गरिरहेको उनले बताए । महानगरवासीलाई निःशुल्क रगत सेवासमेत प्रदान गरिरहेको मेयर कोइरालाले जानकारी दिए । कार्यक्रममा विराटनगर वडा नम्बर ६ का अध्यक्ष हरिश्चन्द सहनी (अक्षय) ले वडावासीलाई घरआँगनमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए । माघ २० गतेसम्म विशेषज्ञ चिकित्सकबाट वडाका विभिन्न टोलमा शिविर सञ्चालन हुनेछ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]