धनपालथानमा विशेषज्ञ सहितको स्वास्थ्य शिविर संचालन

  • माघ १८, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । मोरङको धनपालथान गाउँपालिकाले बिभिन्न वडाका गाउँटोलमा पुगेर निःशुल्क रुपमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउन थालेको छ । पालिकाले महिला तथा जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष उपाध्यक्ष कार्यक्रम अन्तरगत प्रत्येक वडामा शिविर संचालन गर्दै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउन थालेको हो ।
जसअनुसार धनपालथान गाउपालिका-४ को हंसवाहिनी आधारभूत विद्यालयमा स्वास्थ्य प्रयोगशालाको सेवासहित शिविर संचालन गरेको छ । एक दिने शिविरमा ७ सय ९ जनाले सेवा लिएका छन् । त्यसमध्ये महिला ४ सय २६ र पुरुष २८३ रहेका छन् ।
शिविरमा २ सय ९१ जनाले आँखा परिक्षण गराएकोमा ६५ जनामा मोतिया विन्दु देखिएको र उनीहरुको आँखा अप्रेशनका लागि गोल्छा आँखा अस्पताल र त्यस्तै जनरल सेवामा ३१ जनाको अप्रेशन गर्नुपर्ने भएकाले उनीहरुलाई पनि नोवेल अस्पताल पठाइने र सो अस्पतालमा उनःहरुले निःशुल्क सेवा पाउने सो पालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले बताए ।
शिविरमा स्त्री तथा प्रसुति रोग, नाक, कान तथा घाँटी, जनरल फिजिसियन तथा मुटुरोग, हाडजोर्नी, नशा रोग, बालरोग, विरामीको शल्यक्रिया साथै आँखा रोग सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिएको सो पालिकाका स्वास्था शाखा प्रमुख सेठले बताए ।
शिविरमा इसिजि तथा भिडियो एक्स्–रे सहित निःशुल्क सेवा प्रदान गरिएको थियो । शिविरमा ८८ जनाले भिडिओ एक्सरे सेवा लिएका थिए ।
शिविर उद्घाटन कार्यक्रममा बोल्नु हुदै सो पालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदारले पालिकामा रहेका आम नागरिकलाई विशेषज्ञ सहितको स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न गाउँपालिकाले विराटनगरका नोवेल तथा गोल्छा आँखा अस्पताल सहित अन्य ठुला अस्पतालसंग सम्झौता गरेको वताए । उहाँले आफ्नो पालिकाले विकास निर्माणसंगै मानवीय विकासलाई समेत जोड दिएको बताउनुभयो ।
सो पालिकाका पूर्व अध्यक्ष हरिलाल सिंहले शिविरको आयोजनाले आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने वताउनुभयो ।
कार्यक्रममा सो पालिकाका वडा अध्यक्ष खाजा हुसेन, पंकजकुमार मण्डल, श्रीराम चौधरी तथा नागेश्वर मण्डलले पालिका अन्तरगत वडा स्तरमै शिविरको आयोजना भइरहेको वताउनुभयो ।
पालिकाको आयोजनामा नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र रामलाल गोल्छा आखा अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालनमा आएको हो ।

sibir ph 2 sibir ph 3

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]