समाचार

    Showing 191-200 of 649 items.
  • महानगरद्वारा मनसुनजन्य विपद न्यूनीकरणको पूर्व तयारी सुरु

    विराटनगर । विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ । महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासहितको बैठक बसी पूर्वतयारीलाई तीव्रता दिएको छ । सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्थापित भएकाहरुका लागि आश्रयस्थलसमेत पहिचान गरिसकेको विपद व्यवस्थापन शाखाकी प्रमुख अनिता न्यौपाने कोइरालाले जानकारी दिइन् । महानगरले विभिन्न ८ वटा क्षेत्रहरु तयार गरेको छ । जसमा समग्र

    • प्रकाशित मितिः असार ३, २०८१
    • 451 पटक पढिएको
    • नेपाल रेखा
  • ट्राफिक व्यवस्थापन समितिद्वारा अध्ययन प्रतिवेदन हस्तान्तरण

    विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरको ट्राफिक व्यवस्थापनलाई दीर्घकालसम्म व्यवस्थित र प्रभावकारी बनाउने कार्य सुरु गरेको छ । महानगरले समिति नै गठन गरेर विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन लागेको हो । महानगरले गठन गरेको ट्राफिक व्यवस्थापन समितिले मेयर नागेश कोइरालालाई अध्ययन प्रतिवेदन बुझाएको छ । महानगरले यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका तीर्थेन्द्र नेउपानेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो । समितिलाई १० दिनभित्र ट्राफिक व्यवस्थापनका लागि सुधार गर्ने विषय समेटेर सुझावसहितको अध्ययन प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको थिय

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 290 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगर महानगर क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी

    विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै गएको बताउनुभयो । उहाँले नेपालमा हरेक दिन ४४ जनाको क्षयरोगकै कारण मृत्यु हुने गरेको दाबी गर्नुभयो । उहाँका अनुसार वर्षमा यस रोगका कारण १६ हजार जनाले ज्यान गुमाउने गरेका छन् । विराटनगरमा १ सय ९१ जन

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 360 पटक पढिएको
    • नेपाल रेखा
  • राउण्ट टेवल नेपालद्वारा २ सय ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।राउण्ट टेवल नेपाल एरिया–२ ले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्तिको चेक हस्तान्तरण गर्नुभयो । सबै बालबालिकालाई शिक्षित बनाउने राउण्ट टेवलको अभियानअन्तर्गत एरिया–२ अन्तर्गत विराटनगरका दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको एरिया संयोजक विवेक राठीले जानकारी दिनुभयो । सगरमाथा शिक्षादीप सेकेण्डरी स्कुलमा अध्ययन गर्ने विद्यार्थीका लागि १ लाख ४० हजार र होलील्याण्ड सेकेण्डरी स्कुलमा अध्ययनरत वि

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 355 पटक पढिएको
    • नेपाल रेखा
  • संगित चोकका व्यवसायीलाई वितरण गरियो आगलागी नियन्त्रण गर्ने सिलिण्डर

    इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न इटहरी उपमहानगरपालिकाको वडा नम्बर ६ ले आगो निभाउने सिलिन्डर वितरणको काम सुरुवात गरेको छ ।इटहरी ६ कै संगित चोक बजार क्षेत्रका व्यवसायीहरुको सुरक्षालाई मध्यनजर गर्दै संगीत चोक टोल विकास संस्था र संगीत चोक बजार व्यवस्थापन समितिलाई पहिलो चरणमा ६ थान सिलिण्डर हस्तान्तरण गरिएको हो ।समिति मार्पmत यस क्षेत्रमा आगलागीबाट बचाउन सहज होस् भन्ने उद्देश्यले संगीत चोक टोल बिकास समितिका अध्यक्ष हेमसागर सुवेदी र बजार व्यवस्थनपनका अध्यक्ष प्रविण जयसवाललाई इटहरी उप महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष दिवश पोखे्रल र वडा सचिव घनश्याम गिरीले हस्ता

    • प्रकाशित मितिः जेठ १, २०८१
    • 361 पटक पढिएको
    • नेपाल रेखा
  • विराटनगरको ट्राफिक व्यवस्थापनका लागि महानगरद्वारा पहल सुरु

    विराटनगर । विराटनगर बजारको ट्राफिक व्यवस्थापनका लागि महानगरले पुनः पहल सुरु गरेको छ । ट्राफिकसँगै सिटीसफारी, फुटपाथलगायतको व्यवस्थापनका लागि महानगरले पहल सुरु गरेको हो । प्रदेश राजधानीसँगै कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले सबैको सहयोगमा विराटनगरको ट्राफिक व्यवस्थापनका लागि फेरि पहल सुरु गरिएको मेयर नागेश कोइरालाले बताए । मेयर कोइराला र उपपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा भएको भेलामा सहभागीहरुले ट्राफिक व्यवस्थापनका विभिन्न सुझाव दिएका छन् । विगतमा महानगरले ट्राफिकचोक–जलजलाचोक, शनिमन्दिर–अस्पताल चोक, महावीर रोड, शनिमन्दिर रोडलगायतलाई पार्किङ निषेध

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • 240 पटक पढिएको
    • नेपाल रेखा
  • खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ । जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर सेवा प्रवाह गरिएको वडा नं.–१२ का अध्यक्ष दानबहादुर राईले बताउनुभयो । जालपाका स्थानीयले २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँमा नगर अस्पताल सञ्चालन गरिएको हो ।जनसेवा सामुदायिक अस्पतालको नाम

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 236 पटक पढिएको
    • नेपाल रेखा
  • रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु-प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताउनुभयो । “तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकारले लगातार कूटनीतिक पहल गरिरहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।” नेपाली नागरिकको जीवन रक

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • 250 पटक पढिएको
    • नेपाल रेखा
  • लागूऔषध नियन्त्रण र रोकथाममा महानगर गम्भिर छ – उपमेयर कार्की

    विराटनगर । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध नियन्त्रणका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ । रिकभरिङ नेपाल कोशी प्रदेश पदाधिकारी र महानगरको न्यायिक समितिसितको छलफलमा उपमेयर कार्कीले लागूऔषध प्रयोग गर्न नदिन युवाहरुलाई सचेतनामूलक कार्यक्रमदेखि रोजगारीसँग जोड्न सीपमूलक तालिमसमेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो । लागूऔषध प्रयोग गर्ने व्यक्तिको स्वास्थ्यमा समस्या आउने र समाजले समेत नकारात्मक नजरले हेर्ने गरेको उहाँको भनाइ थियो । लागूऔषधका कारण अपराधसमेत बढ्ने गरेको उहाँले सुनाउनुभयो । महानगरका तर्फबाट विभिन्न सीपमूलक तालिम सञ्चालन, प्रत्येक

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 302 पटक पढिएको
    • नेपाल रेखा
  • प्रश्नको घेरामा रामधुनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी

    इटहरी । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाबाट अतिरिक्त रकम लिने गरेको आशंका नगरवासीले गरेका छन् ।प्रशासकीय अधिकृतले नगरपालिकाबाट निर्णय गराएर २५ हजार रकम लिने गरेको व्यापक जनगुनासो आएपछि अतिरिक्त रकम लिनुको कानूनी आधार र मापदण्ड प्रष्ट पार्न नगरपालिकासंग माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामधुनी नगर कमिटिले जनताको गुनासो सम्बोधन गर्नुपर्ने भन्दै मंगलबार विविध १४ बुँदामा नगर प्रमुख शंकरलाल चौधरी प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालसमक्ष ‘सार्वजनिक महत्वको सूचना’ माग गरेको छ ।नगर कमिटिले अध्ययन प्रयोजनका लागि नेपालको संविधानले व

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 709 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]