विराटनगर । शान्ति सुरक्षा थप सुदृढ वनाउन मोरङको सुनवर्सी नगरपालिका–१ स्थित केचना वजारमा प्रहरी चौकी स्थापना भएको छ ।
२०६५ सालदेखि सो क्षेत्रमा प्रहरी चौकी स्थापनाका लागि माग हुदै आएकोमा लामो समयपछि केचना सुक्रवारे वजारमा अस्थाई प्रहरी चौकी स्थापना भएको हो ।
वुधवार एक कार्यक्रमका विच प्रहरी चौकीको कोशी प्रदेसका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले उद्घाटन गरे ।
आन्तरिक मामिलातथा कानुन मन्त्रालयको पहल र सुनवर्सी नगरपालिकाको सहयोगमा स्थापना भएको सो प्रहरी चौकीमा सहायक प्रहरी निरिक्षक असईको कमाण्डमा पाँचजना प्रहरी खटाइएको छ ।
कार्यक्रममा वोल्दै मन्त्री अधिकारीले सवैको लामो प्रयास पछि स्थापना भएको प्रहरी चौकीले दिगो र टिकाउने जिम्मा स्थानीय वासिन्दाको रहेकाले प्रहरीलाई निर्वाद रुपले काम गर्न दिन आग्रह गरे ।
सीमा नाका जोडिएको सो क्षेत्रका कतिपय युवाहरु लागु औषध दुव्यर्सनीको कुलतमा फस्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरी कठोर हुनुपर्ने उनले वताए ।
खानेपानी सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रहरी चौकीको आफनै नया भवन वनाएर अस्थाई प्रहरी चौकीलाई चाडै स्थाई प्रहरी चौकीको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
कोशी प्रदेस प्रहरी कार्यालय विराटनगरका प्रमुख एवम् प्रहरी नायव महानिरिक्षक डिआइजी चन्द्रकुवेर खापुङले, आवश्यक जनशक्ति नहुदा जनताको अपेक्षा अनुसार प्रहरी चौकी स्थापना गर्न नसकेको वताउदै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गरे । कार्यक्रममा सुनवर्सी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंसी, पथरी शनिश्चरे नगरपालिकाका उपप्रमुख देवीमाय काफ्ले, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, सुनवर्सी नगरपालिकाका पूर्व उपप्रमुख, पूर्व वडा अध्यक्ष टेकवहादुर भट्टराईले प्रहरी चौकीको स्थापनाले शान्ति सुरक्षा कायम गर्न मद्दत पुग्ने वताए ।