कुमोद अधिकारी
विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले विपदका समयमा नागरिकको उद्धारका लागि दुई थान रवर वोट सहित खोजतथा उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।
मोरङ कटहरी गाउपालिकाका गोपाल फनपार्कमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै रेडक्रसले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर वोट लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विश्वन्धु खड्कालाई ३० लाख मूल्य वरावरको दुईवटा वोट सहित १२ प्रकारका उद्धार सामाग्री हस्तान्तरण गरे । मोरङको लोहन्द्रा खोला तथा सिगिंया खोलासंग जोडिएका केरावारी गाउँपालिका देखि जहदा गाउँपालिकाका सम्मका आठ पालिकाकावासीलाई वाढीको समयमा नागरिकको जिवन रक्षा र उद्धारमा उक्त सामाग्री उपयोगी हुने नेपाल रेडक्रस सोसाइटी मोरङका अध्यक्ष सिंहको भनाइछ ।
रेडक्रसले सो पालिकाहरुमा विपद व्यवस्थापन रोकथाम तथा उद्धार सम्वन्धि विभिन्न प्रकारका तालिम तथा सचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको छ । जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १, २ र ७ वडामा लोहन्द्रा, सिंघिया र भारतको नदीबाट वाढी आउने हुनाले जनधनको उद्धारमा सामाग्री प्रयोगमा ल्याउने वताए ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, रेडक्रस सोसाइटीका मोरङ अध्यक्ष सिंह, रेडक्रस साखाका मन्त्री सुगदेव मण्डल, शाखा उपसभापती मन्दिरा गुरागाई तथा रेडक्रस साखाका अधिकृत संजय कामतले विपदको समयमा नागरिकको जोखिम न्यूनीकरणमा सहयोग पु¥याउन जिल्लाका विभिन्न पालिकाहरुमा उद्धार सामाग्री उपलव्ध गराउदै आएको वताए । सोही अवसरमा सशत्र प्रहरी तथा पालिकाका कर्मचारीहरुलाई रवर वोट सञ्चालन सम्बन्धी तालीम तथा अभ्यास गराइएको थियो ।