मुख्य समाचार

    Showing 71-80 of 108 items.
  • ६१ जिल्लामा सङ्क्रमण, २६६ जना डिस्चार्ज

    काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण नेपालका ६१ जिल्लामा देखा परेको छ । पछिल्लो रिपोर्ट अनुसार प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको जिल्ला ६१ पुगेको हो । कोभिड–१९ को सङ्क्रमण जेठ २० गते मंगलबार एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको रिपोर्ट अनुसार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिलामा सङ्क्रमण देखिएको हो । यसअघि सोमबार २३९, गत शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० रहेका छन् । एकै

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 219 पटक पढिएको
    • "नेपाल रेखा"
  • विनियोजन विधेयक २०७७ स्वीकृत

    काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ स्वीकृत भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संसद्मा प्रस्तुत गर्नुभएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । विधेयक स्वीकृत हुनुपूर्व विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले कोरोना नियन्त्रण र त्यसबाट प्रभावित भएका नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभएको थियो । सांसदको जिज्ञासामा अर्थमन्त्री डा. खतिवडाले स्वास्थ्य क्षेत्रमा यसपालिको बजेट केन्द्रित भएको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य सामग्री खरीदका लागि रु पाँच अर्ब थप निकासा गरिसकिएको र कोभिड–१९ सङ्क्रमण रोक्न राहत

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • 537 पटक पढिएको
    • "नेपाल रेखा"
  • संघीय सरकारले ल्यायो रोजगार केन्द्रित बजेट

    इटहरी । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ लागि प्रस्तुत गर्नुभएको बजेटमा रोजगारीलाई प्राथमिकतामा राखिएको छ । गरीबी निवारण कोषद्वारा प्रवद्र्धित ३२ हजारभन्दा बढी संस्थालाई सहकारी प्रणालीमा रूपान्तरण गरी १ लाख ५० हजार रोजगारी सृजना गरिने अर्थमन्त्रीले बजेट वक्तव्यमा भनेका छन् ।वैदेशिक रोजगार प्रवद्र्धन कोषलाई रोजगारी पुनःस्थापना गर्ने कार्यक्रममा उपयोग गर्ने सरकारको तयारी छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको शीप, अनुभव र रुचिको अभिलेख बनाई उनीहरूलाई देशभित्र नै रोजगारी दिने नीति सरकारले लिएको छ । हेरौं सरकारको तयारी बुँदागत रुपमाः –स्थानीय तहबाट सञ्चालन हुने

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 461 पटक पढिएको
    • "नेपाल रेखा"
  • प्रदेश नम्बर १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने

    इटहरी । कोरोना संक्रमित बढ्दै गएपछि प्रदेश नम्बर १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने भएको छ ।प्रदेश १ मा शुक्रबार सम्म कूल संक्रमितको संख्या ८५ पुगेको छ ।मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गर्दै ४० हजार बढीको पीसीआर परिक्षण गराइने भएको हो ।भारतबाट फर्किएका र आगामी दिनमा फर्किनेहरूको पहिचान गर्दै परीक्षणको दायरा बढाउने बैठकले निर्णय गरेको हो ।दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्ने गरी जनशक्तिसहितको व्यवस्थापन गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले बताउनु भयो । स्

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 362 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेपालमा पहिलो पटक कोभिड–१९ बाट महिलाको मृत्यु

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड–१९ बाट भएको पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मृतकको कोभिड–१९ संँग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको बताउनुभएको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो । अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् । उहाँका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गए

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 249 पटक पढिएको
    • "नेपाल रेखा"
  • दार्चुलाको छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना

    काठमाडौँ । दार्चुलाको कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको छाङरुमा सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ ।आज बुधबार हेलिकोप्टरबाट बन्दोबस्तीको सामानसहित गएको टोलीले सुरक्षाा पोष्ट स्थापना गरेको हो । सो क्षेत्रमा छिमेकी देश भारतले नेपालकोे सीमा मिचेर सडक बनाएको भनी जनस्तरबाट व्यापक आक्रोश व्यक्त गरिदै छ । जनस्तरबाट आफ्नो देशको सीमाको सुरक्षा गर्नु पर्ने माग उठिरहेको बेला नेपाल सरकारको तर्फबाट पनि यसबारेमा पहलकदमी अघि बढाइएको छ । दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गराइएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा गएको छ । त्यहाँ २५ जना

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 273 पटक पढिएको
    • "नेपाल रेखा"
  • अर्थतन्त्रलाई आत्मनिर्भर र रोजगारमुखी बनाईनु पर्ने

    काठमाण्डौ । सरकारले अर्थतन्त्रलाई आत्मनिर्भर र रोजगारमुखी बनाउनु पर्ने भन्दै सांसदहरुले आ–आफ्नो धारणाहरु ब्यक्त गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा आब २०७७÷७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताब बाहेक) सम्बन्धमा छलफल भएको छ । छलफलमा भाग लिँदै सवै सांसदहरुले कोभिड–१९ ले पारेको नकारात्मक असरलाई पनि ध्यानमा राखेर आर्थिक विकासका योजना अघि बढाउनु पर्ने कुरा धारण राखेका छन् । अर्थमन्त्रि डा. यूवराज खतिवडाले पेश गरेको बिधेयक आफैमा महत्वपुर्ण रहेको बताउँदै सांसदहरुले यसलाई बढि प्रभावकारी बनाएर बजेट ल्याउनु पर्ने छलफलमा सहभागी सांसदहरुले सुझाएका छन् । सांसदहरु

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 440 पटक पढिएको
    • "नेपाल रेखा"
  • भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्धः परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौँ । सरकारले नेपाल–भारतबीचको सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आफू प्रतिबद्ध रहेको प्रष्ट पारेको छ । साथै सरकारले राष्ट्रिय हित र नेपालको सार्वभौमिकतालाई अक्षुण्ण राख्न निरन्तर क्रियाशील रहने पनि बताएको छ । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण गरेका सन्दर्भमा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई सरकारको औपचारिक दृष्टिकोण प्रस्तुत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा नेपाल सरकार दृढताका साथ लागिरहेको बताउनुभयो । सरकारले सार्वभौम समानताको सिद्धान्त र राष्ट्रिय हितलाई

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 271 पटक पढिएको
    • "नेपाल रेखा"
  • अत्यावश्यक उद्योग संचालन गरिदै

    काठमाडौँ । सरकारले लकडाउन (बन्दाबन्दी)लाई जेठ ५ गतेसम्म बढाएसँगै कृषि, पशुपक्षी, औषधि, खाद्यान्न र विकास निर्माणसँग सम्बन्धित उद्योग खोल्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि निश्चित मापदण्ड अपनाएर अत्यावश्यक क्षेत्रका उद्योग, बैङ्क तथा वित्तीय संस्था र सार्वजनिक सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवका तथा सहरी विकास आयोजनालाई स्वास्थ्य सजगतासहित निश्चित मापदण्ड अपनाएर खुलाउने निर्णय गरेको जानकारी दिनुभयो ।खुला गरिने उद्योग, व्यवसायऔषधिरस्वास्थ्य सामग्री उद्योग, दुग्ध प्रशोधन, खाद्यान्न, खानेपानी, पशुपक्ष

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 405 पटक पढिएको
    • "नेपाल रेखा"
  • फरवार्डले २५ लाख राहत दिने

    दुहबी । कोराना भाईरस महामारी रोकथाम तथा नियन्त्रणका लागि फरवार्ड कम्युनिटी माइक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले २५ लाख राहत दिने निर्णय गरेको छ । भर्चुवल माध्यमद्धारा गरिएको वोर्ड वैठकले २५ लाख मध्ये संघीय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा १० लाख रुपैया प्रदान गर्ने निर्णय भएको संस्थाकी अध्यक्ष भगवति चौधरीले बताउनुभयो । उहाँका अनुसार वित्तीय संस्थाको केन्द्रिय कार्यालय रहेको प्रदेश नं. १ मा प्रदेश सरकारलाई १ लाख र कोरोना प्रभावितलाई राहत बितरणका लागि १ लाख गरी जम्मा २ लाख सहयोग गर्ने निर्णय गरिएको छ । प्रदेश नं. २, ३, ५ र सुदुरपश्चिम प्रदेश सरकारल

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 491 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]