शिक्षा–स्वास्थ

    Showing 21-30 of 197 items.
  • गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

    सर्लाही । जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उहाँका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गर्नुभयो । अस्पतालबाट तत्काल उहाँको निवासमा एम्बुलेन्स पुग्यो । अपराह्न उहाँले स्वस्थ शिशुलाई जन्म दिनुभयो । अर्को दिन उहाँलाई एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ उहाँको निवास पुर्याइयो ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । हालसम्म यो सेवा १३ जनाले लिएका छन् । मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालसँग

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 536 पटक पढिएको
    • नेपाल रेखा
  • सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग

    सिरहा । सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् । उनीहरूले सोमबार अस्पताल परिसरमा भेला भएर सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र मौज्दात विवरण सार्वजनिक गरिनुपर्नेलगायत मागसहित अस्पताल प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिँदै १९ बुँदे मागपत्र बुझाएका हुन् ।अस्पताल प्रशासनलाई पटकपटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रशासनले नसुनेका कारणले बाध्य भएर विरोधमा उत्रनुपरेको सिराहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 502 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीको जनता मावि कोशी प्रदेशकै उत्कृष्ठ – व्यवस्थापन समिति

    इटहरी । शिक्षक साथै कर्मचारीका छोराछोरीलाई उनीहरु कार्यरत विद्यालयमै पढाउने अभियानले सामुदायिक विद्यालय सुधारमा महत्वपूर्ण सहयोग भएको ठहर गरिएकोछ । यस्तो अभियानले सुनसरीको इटहरी–९ र ६ नम्बर वडामा अवस्थित जनता माध्यमिक विद्यालय कोशी प्रदेशकै उत्कृष्ठ सामुदायिक विद्यालयमा सूचिकृत हुन सफल भएको विद्यालय व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काँशीनाथ दङ्गालले विद्यालयमा सुधार गरिएपछि १२ सय ८४ जना विद्यार्थीको संख्या बढेर ३ हजार २ सय २ जना पुगेको बताए । साथै भौतिक संरचनातर्फ १२ वटा कक्षाकोठालाई बढाएर ७६ कक्षाकोठा बनाइएको भएपनि बर्

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 1,051 पटक पढिएको
    • नेपाल रेखा
  • एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ ह

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 513 पटक पढिएको
    • नेपाल रेखा
  • चन्द्रलक्ष्मी प्रतिष्ठानद्वारा निःशुल्क स्वास्थ्य शिविर

    पथरी । चन्द्रलक्ष्मी प्रतिष्ठान, भोजपुर समाज सेवा केन्द्र, स्वतन्त्र नागरिक समाजको संयुक्त आयोजना तथा नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कोशी प्रदेशको समन्वयमा फागुन १६ गते शुक्रबार निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएकोछ । चन्द्रलक्ष्मी प्रतिष्ठानका अध्यक्ष शालिग्राम पाण्डेको अध्यक्षता तथा पथरीशनिश्चरे वडा नं. ५ का वडाध्यक्ष चेतन खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रतिष्ठानका सचिव कृष्ण थापाले संचालन गरेका थिए। सो कार्यक्रममा नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष जीपी तिवारी, पथरी शनिश्चरे नपा

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 291 पटक पढिएको
    • नेपाल रेखा
  • चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध

    काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री बितरणमा निषेध गरेको हो । नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सूर्ति सेवनको निमित्त बनाइएको, उत्पादन गरिएको चुरोट, बिंडि, सिगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ति, खैनि, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मूखमा राख्ने रस लिने सूर्तिजन्य पदार्थको सेवन मानब स्वास्थ्य

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 340 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

    काठमाडौँ । राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ।सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस् –बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो । एघार वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • 534 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रिय माध्यमिक विद्यालयद्वारा ७५ जना विद्यार्थीलाई एक लाख ३७ हजार छात्रवृत्ति वितरण

    इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले विहीबार ७५ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरेको छ । विद्यालयको ६९ औं वार्षिकोत्सवको अवसरमा बालविकासदेखि कक्षा १२ सम्मको साधारण तथा प्राविधिक तर्फ अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको अक्षयकोषको ब्याजबाट एक लाख ३७ हजार ४२ रुपैयाँ बराबरको छात्रवृत्ति रकम वितरण गरेको हो । राष्ट्रिय माध्यमिक विद्यालयमा अहिलेसम्म ७५ जना दाताले २० लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् । अघिल्लो ६८ औं वार्षिकोत्सवको बेला १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरिएको थिय

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 378 पटक पढिएको
    • नेपाल रेखा
  • सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

    काठमाडौँ । सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा निःशुल्क उपचार हुने भएको हो । आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थाल्नुभएको थियो । सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकममा अपुग भए मन्त्रालयको आन्तरिक श्र

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 405 पटक पढिएको
    • नेपाल रेखा
  • दलित गाउँका पहिलो शिक्षक

    बागलुङ । बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । दुई सय परिवारले दुई धाराको खानेपानी प्रयोग गर्दै आएका छन् । बागलुङ नगरपालिका–८ सिगानास्थित लामिचौरको दलित बस्तीमा २०० घरपरिवार बस्दै आएका छन् । शैक्षिक क्षेत्रमा पछि परेको गाउँबाट २२ वर्षका विशाल परियार पहिलो शिक्षक बन्नुभएको छ । यहाँको शैक्षिक गुणस्तर बढाउँदै पढाइप्रति जागरुक बनाउनका लागि आफूले शिक्षक पेसा रोजेको परियारको भनाइ छ । परियारले २०७८ मा खुलेको शिक्षक सेवामा प्रावि र निमाविमा एकैपटक ल

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 417 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]