चन्द्रलक्ष्मी प्रतिष्ठानद्वारा निःशुल्क स्वास्थ्य शिविर

  • फागुन १८, २०८१ / नेपाल रेखा
alt

पथरी । चन्द्रलक्ष्मी प्रतिष्ठान, भोजपुर समाज सेवा केन्द्र, स्वतन्त्र नागरिक समाजको संयुक्त आयोजना तथा नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कोशी प्रदेशको समन्वयमा फागुन १६ गते शुक्रबार निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएकोछ । चन्द्रलक्ष्मी प्रतिष्ठानका अध्यक्ष शालिग्राम पाण्डेको अध्यक्षता तथा पथरीशनिश्चरे वडा नं. ५ का वडाध्यक्ष चेतन खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रतिष्ठानका सचिव कृष्ण थापाले संचालन गरेका थिए। सो कार्यक्रममा नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष जीपी तिवारी, पथरी शनिश्चरे नपा ५ नंं. वडा सदस्य तुलशा कार्की, समाजसेवी तथा चन्द्रलक्ष्मी प्रतिष्ठानका सल्लाहकार पदम बहादुर श्रेष्ठ (भान्जाबाबु), मनोक्रान्ति बाल बिकास केन्द्र नेपालका केन्द्रिय अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार सरोज कार्कीले सो कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा २०५ जनाले स्वास्थ्य जाँच गराई औषधी लिएका थिए । स्वास्थ्य जाँच गराउनेमा ८० वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकहरुमा भवानी प्रसाद भण्डारी, बालध्वज खड्का, इन्द्र बहादुर भट््टराई, धनमाया बाँस्तोला, नवल भण्डारी, गोर्खबहादुर मगर रहेका छन् । यसै गरी नरपति पोखरेल, रेशम वति चौधरी, शारनी धिमाल, कर्ण बहादुर पाण्डे र केशर बहादुर दर्जीले आप्mनो स्वास्थ्य परिक्षण गराएका थिए ।
दश वर्ष भन्दा कम उमेरका बालबालिकाहरुमा आशिष आचार्य, प्रनिशा वास्तोला, आयुषा चौधरी, कृषा तामाङ, कृपा तामाङ, कमल मगरले निःशुल्क आयुर्वेदक स्वास्थ्य शिविरमा अभिभावकका साथमा आई निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका थिए ।
मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका वडा नं. ५ मा अवस्थित चन्द्रलक्ष्मी प्रतिष्ठानले विपन्न वर्ग, जेष्ठ नागरिकलाई लक्षित गरेर एक दिवशीय निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर कार्यक्रम संचालन गरेको हो । उक्त स्वास्थ्य विवीरमा डा. अभिनास जयसवाल, कविराज गंगा सिम्खडा, कविराज तीर्थराज अधिकारी लगायतको चिकित्क तथा स्वास्थ्यकर्मीहरुले निःशुल्क स्वास्थ्य जाँच गरेका थिए । सो कार्यक्रमा नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कोशी प्रदेशका उपाध्यक्ष विनोद बस्नेत, केन्द्रिय सदस्य विष्णु कार्की, स्वास्थ्यकर्मी समाजका वरिष्ठ उपाध्यक्ष महेश थापा, सुनसरी अध्यक्ष लक्ष्मण प्रसाई, एनसीडीए झापाका कोषाध्यक्ष युवराज भट्टराई, स्वास्थ्यकर्मी झापा अध्यक्ष गोपाल सुवेदी, आयुर्वेद व्यवसायी भाष्कर पौडेलको उपस्थति रहेको थियो। यस्तै सहिद रामलक्ष्मण आधारभूत विद्यालयका प्रधानाध्यापक तथा शान्तिबहादुर थापा, व्यवस्थापन समिति अध्यक्ष तथा चन्द्र लक्ष्मी प्रतिष्ठानका सल्लाहकार शम्शेर बहादुर भण्डारी, सुगाहाट माविका प्रअ चन्द्र राजवंशी, समाजसेवी ईश्वर बहादुर थापा, पत्रकार जीवन फुएल, चन्द्रलक्ष्मी प्रतिष्ठानका उपाध्यक्ष यमकुमारी (देवी) पाण्डे, कोषाध्यक्ष बद्री पाण्डे, प्रतिष्ठानका सदस्यहरु उमेश बस्नेत, अमर खत्री, कुमार खत्री, सल्लाहकारहरु कुलबहादुर खड्का, राजेन्द्र बस्नेतको उपस्थिति रहेको थियो ।
यसै गरी गोरखनाथ हर्वास्युटिकल्स प्रा.लि., गुराँस हर्वास्युटिकल्स, भाष्कर आयुर्वेद, अष्टाङ्ग आयुर्वेद कम्पनी, गोरखा आयुर्वेद कम्पनी, देख हर्बल कम्पनी, ओजस कम्पनी, बाबा कौषिका हर्वल कम्पनी, गेस फर्मास्युटिकल्सले औषधीहरु निःशुल्क उपलब्ध गराएका थिए ।
यसै गरी हिमालयन ड्रग हाउस, प्mल्यूर हिमालय कम्पनी, सोलोमेक्स कम्पनी, चरक कम्पनी, बान कम्पनी, रुद्रदेव, प्राकृतिक हर्वासिकल्सले आयुर्वेदिक औषधी निःशुल्क उपलब्ध गराएको थिए ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]