समाज

    Showing 31-40 of 181 items.
  • दलित महिला शुसीला बिकमाथिको बेइज्जतीप्रति मौन प्रशासन

    विराटनगर । जातीय छुवाछूत, अपमान र सार्वजनिक बेइज्जतीजस्ता गम्भीर घटनामा पीडित दलित महिलाहरूमाथि अझै पनि उचित न्याय दिन राज्यको संयन्त्र असफल देखिएको छ । पीडितमाथि अन्याय हुँदा पनि दोषी खुलेआम हिँडिरहेका छन् भने दलित समुदायका महिलाहरू अझ पीडित, अझ त्रसित र अझ उपेक्षित भइरहेका छन् ।सहारा नेपाल सहकारीकी फिल्ड सुपरभाइजर शुसीला विश्वकर्मा एकजना सामान्य कर्मचारी हुन्, जसले विगत ११ वर्षदेखि इमानदार तरिकाले आफ्नो पेशा निर्वाह गर्दै आएकी छन् । तर, उनी दलित भएकै कारण मोरङको मिक्लाजुङ–२ रचनाटारमा केही ऋणी महिलाहरूबाट जातीय आधारमा सार्वजनिक बेइज्जती र साइबर अपराधको शिकार बन्न पुग

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 397 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

    काभ्रेपलाञ्चोक । डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मङ्गलबार हेलिकप्टरबाट उद्धार गरिएको छ । साथै जोखिममा परेको आमा र शिशुको जीवन जोगिएको छ । सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई उद्धार गरिएको हो ।गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाउनुभएकी उहाँलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले बताउनुभयो । यसअघि

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 425 पटक पढिएको
    • नेपाल रेखा
  • पहिलो पाइला नेपाल सुन्दरहरैंचाको नयाँ कार्यसमिति चयन

    सुन्दरहरहरैंचा । स्थानीय युवाहरुले सञ्चालन गर्दै आएको सामाजिक संस्था ‘पहिलो पाइला नेपाल’ ले नयाँ कार्यसमितिको चयनसँगै समाज परिवर्तनको अभियानलाई अझ सशक्त बनाउने अठोट गरेको छ । शनिबार सुन्दरहरैंचाको गोठगाउँमा सम्पन्न छैटौँ साधारणसभाले विजय ओझालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।यसअघि सचिवको भूमिकामा सक्रिय रहनुभएका ओझाले युवा परिचालन मार्फत सामाजिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सक्रिय युवाको सशक्त सहभागिता बिना समाज रूपान्तरण सम्भव छैन । हामीले गरिरहेको कामले अरू युवालाई पनि प्रेरित गरोस् भन्ने चाहना राखेका

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 1,137 पटक पढिएको
    • नेपाल रेखा
  • तिम्ल्याहा शिशु जन्माएकी हीरा तामाङ्गलाई मोलुङ गाउँपालिकाले ५० हजार सहयोग गर्ने

    ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको हो । उनलाई तत्काल राहतस्वरूप उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताउनुभयो । “नवजात शिशु र आमाका लागि पोषिलो खानेकुरा पुगोस् भनेर गाउँपालिकाले सहयोग गरेको हो”, उहाँले भन्नुभयो । गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषणको अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा र श्रीचौर स्वा

    • प्रकाशित मितिः असार ६, २०८२
    • 486 पटक पढिएको
    • नेपाल रेखा
  • स्काउट दिवसमा राष्ट्रिय माविमा रक्तदान

    इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले विहीबार रक्तदान कार्यक्रम गरेको छ ।नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरे । स्काउटर कार्यक्रम संयोजक शिक्षक वन्दना दाहालका अनुसार रक्तदानमा अभिभावक, शिक्षक, विद्यार्थी, स्काउटका सदस्यसँगै स्थानीय गाउँलेले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट ट्रुपको आयोजनामा भएको थियो । सो क्रममा स्काउटका कोशी प्रदेश आयुक्त हेमन्त भण्डारी, इटहरी उपमहानगरपालिका आयुक्त डाक्टर वेणुप्रसाद सिटौला, इटहरी उपमहानगरपालिका वड

    • प्रकाशित मितिः असार ५, २०८२
    • 444 पटक पढिएको
    • नेपाल रेखा
  • बाँकेमा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

    बाँके । भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्न थालेको छ । भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अन्य अव्यवस्थित बसोवासीलाई छिटोभन्दा छिटो लालपुर्जा वितरण गर्न थालिएको हो । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार समितिले हालसम्म कोहलपुर नगरपालिका–१ मा एक सय १७ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको छ भने सोही वडाका ६८ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको छ । “विवादरहित तरिकाले प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गर्छौँ”, अध

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 358 पटक पढिएको
    • नेपाल रेखा
  • रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

    रामेछाप । अन्तरजातीय विवाह गर्ने १४ जोडीलाई रामेछापमा सम्मान गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस २०८२ को अवसर पारेर बुधबार यहाँ राष्ट्रिय दलित पत्रकार सङ्घले ती जोडीहरूलाई सम्मान गरेको हो । अन्तरजातीय विवाह गर्ने रामचन्द्र विक र प्रतिभा बोहोरा, पवन रसाइली र अनिता मगरलगायत जोडीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खादा, नगद र प्रशंसापत्रसहित सम्मान गर्नुभयो । त्यस अवसरमा बोल्ने अधिकांश वक्ताहरूले सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको १८ वर्ष पूरा भइसके पनि समाजमा विभेद कायमै रहेको बताएका थिए । यसको कार्यान्

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 315 पटक पढिएको
    • नेपाल रेखा
  • चितुवा आतङ्कबाट मेचीनगरवासी त्रसित

    झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिनुभयो । विगत लामो समयदेखि हात्ती र बाँदरको आतङ्क खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतङ्क खेप्नुपरेको उहाँले बताउनुभयो । “हात्तीको नियमित आतङ्क, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामाना गर्नुपरिरहेको छ”, वडाध्यक्ष बराल भन्नुहुन्छ, “प्र

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 364 पटक पढिएको
    • नेपाल रेखा
  • अब्बल बन्दै कान्दाका चेपाङ बालबालिका

    भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ । कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो । यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताउनुभयो । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उहाँले बताउनुभयो । उहाँका अनुसा

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 484 पटक पढिएको
    • नेपाल रेखा
  • महिला हिंसा न्यूनीकरणका लागि ‘पुरुष सञ्जाल’ गठन

    झापा । लैङ्गिक हिंसा न्यूनीकरणका लागि मेचीनगर नगरपालिकामा पुरुष सञ्जाल गठन भएको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीको अध्यक्षतामा बुधबार बसेको भेलाले १५ सदस्यीय सञ्जाल गठनको निर्णय गरेको हो ।महिलाले भोग्नु परिरहेका हिंसा न्यूनीकरण गर्न महिला मात्रै सक्रिय भएर नहुने भन्दै पुरुषलाई समेत हिंसामुक्त समाज निर्माणको हिस्सेदार बनाउन सञ्जाल गठन गरिएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो ।नवगठित पुरुष सञ्जालको संयोजकमा पत्रकार मोहन काजी र सचिवमा शिक्षासेवी हिम्मत क्षेत्री रहनुभएको छ । सदस्यमा रुपसागर अधिकारी, केसाङ लामा, हेमेन्द्र निरौला, अपूर्व डाँगी, मञ्जिल देवान, मनकुमार लिम्बू, तिलक श्रेष्ठ, ईश्वर रि

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 496 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]