पहिलो पाइला नेपाल सुन्दरहरैंचाको नयाँ कार्यसमिति चयन

  • साउन ११, २०८२ / नेपाल रेखा
alt

सुन्दरहरहरैंचा । स्थानीय युवाहरुले सञ्चालन गर्दै आएको सामाजिक संस्था ‘पहिलो पाइला नेपाल’ ले नयाँ कार्यसमितिको चयनसँगै समाज परिवर्तनको अभियानलाई अझ सशक्त बनाउने अठोट गरेको छ । शनिबार सुन्दरहरैंचाको गोठगाउँमा सम्पन्न छैटौँ साधारणसभाले विजय ओझालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
यसअघि सचिवको भूमिकामा सक्रिय रहनुभएका ओझाले युवा परिचालन मार्फत सामाजिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सक्रिय युवाको सशक्त सहभागिता बिना समाज रूपान्तरण सम्भव छैन । हामीले गरिरहेको कामले अरू युवालाई पनि प्रेरित गरोस् भन्ने चाहना राखेका छौं ।’
नवगठित कार्यसमितिमा समीक्षा कार्की उपाध्यक्ष, केवल लुइँटेल सचिव, मनोज अधिकारी सहसचिव, विनोद अधिकारी कोषाध्यक्ष र सुप्रिया सिराल सहकोषाध्यक्ष चयन हुनुभएको छ । सदस्यहरूमा सुनिल ढुङ्गाना, किरण सापकोटा, रमेश बस्नेत, निर्मला खड्का र होमबहादुर गौतम हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि, सुन्दरहरैंंचाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले नवनिर्वाचित टोलीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै युवा नेतृत्वप्रति विश्वास व्यक्त गर्नुभयो । निर्वाचन समिति संयोजक सन्ध्या लामिछानेले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
साधारणसभामा स्थानीय विद्यालय ‘पञ्चायत मावि’का तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण गरिनुका साथै अघिल्लो आर्थिक वर्षमा सामाजिक सेवामा योगदान पुर्याउने व्यक्तित्वलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

सामाजिक सद्भाव र दिग ...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापत ...

कात्स्यव गोत्रीय अधि ...

सामाजिक, सांस्कृतिक तथा निजामती सेवामा लामो अनुभव हासिल ...

बर्डफ्लु नियन्त्रणमा ...

चितवन । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै ...

दक्षिणकाली माताको मन ...

हेटौँडाको सानोपोखरास्थित प्रसिद्ध श्री दक्षिण ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]