इटहरी । सुनसरीको इटहरीका दुई युवाहरु रितेश श्रेष्ठ र शैलेश विष्ट प्रदेश नम्बर एकको खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् । प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ बमोजिम प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा श्रेष्ठ र विष्टलाई नियुक्त गरिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।श्रेष्ठ अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सचिब एवम् प्रदेश १ संयोजक हुन् भने विष्ट राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष हुन् । प्रदेश सरकारको बैठकले अघिल्लो खेलकुद विकास बोर्डका पदाधिकारीलाई बिस्थापित गरी नयाँ पदाधिकारी नियुक्त गरेको हो ।
इटहरी । बिभागीय टिम त्रिभुवन आर्मी क्लबले बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । सुनसरीको इटहरी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृती क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले बिजयी सुरुवात गरेको हो । आर्मीका लागि टेकबहादुर बुढाथोकी र भरत खवासले गोल गरे बुढाथोकीले २९ औं मिनेटमा र खवासले ४० औ मिनेटमा गोल गरे । आयोजकका तर्फबाट बिजय भुजेलले ६९ औं मिनेटमा १ गोल फर्काए ।खेलको म्यानअफ द म्याच आर्मीका भरत खवास घोषित हुदै नगद १० हजार हात पारे । आज आइतबारको खेल ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी र कञ्चनजंगा फुटबल क्लब भारत
नेपालरेखा / ईटहरी । तेक्वान्दो खेललाई प्रवर्धन गर्ने लक्ष्य सहित खेल प्रेमीहरुको भेलाले सुनसरीको ईटहरीमा आइटीएफ (अन्तराष्ट्रिय तेक्वान्दो फेडेरेशन) तेक्वान्दो संघको एघार सदस्यीय ईटहरी उपमहानगर समिति गठन गरेको छ । ईटहरी स्थित होटल मामाश्री को सभाहलमा भएको खेल प्रेमी, समाज सेवी र खेलाडीहरु लगायत केन्द्रिय समिति पदाधिकारी हरुको भेलाले आईटीएफ तेक्वान्दो संघ, इटहरी गठन गरेको हो । नव गठित कार्य समिति अध्यक्ष्य युस्टल दाहाल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्ष्मा प्रतिक धिमिरे, सचिव संजोग तामाङ्ग, सहसचिव अभिनास सापकोटा र कोषाध्यक्ष्मा डिना श्रेष्ठ सर्वसम्मत चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा स
विराटनगर । १ नम्बर प्रदेश सरकारले दक्षिण एशियाली खेलकुदमा प्रदेशका विजेता खेलाडीहरूलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ । तेह्रौँ दक्षिण एशियाली खेलकुदमा यस प्रदेशबाट पदक विजेता ९८ जना खेलाडीलाई प्रदेश सरकारले सो सम्मान तथा पुरस्कार प्रदान गरेको हो । सम्मान तथा पुरस्कार प्राप्त गर्नेमा एकलतर्फ स्वर्ण पदक पाउने छ जनालाई जनही रु तीन लाख, रजत पदक पाउने चार जनालाई जनही रु दुई लाख र कास्य पदक पाउने १० जनालाई जनही रु एक लाख रहेका छन् । यसैगरी टीमतर्फ स्वर्ण पदक पाउने १५ जना, रजत पदक पाउने २२ जना र कास्य पदक पाउने ४१ जना रहेका छन् । स्वर्ण पदक प्राप्त गर्ने झापाका जुडो खेलाडी देविका खड्का,
काठमाडौँ । आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ । यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला विभाग प्रमुख एवं महिला फुटबल टोलीका पूर्वप्रशिक्षक हरि खड्काले शनिबार रु ५० हजार उपलब्ध गराउने घोषणा गर्नुभएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टोली, महिला विभाग र पदाधिकारीको तर्फबाट उक्त सहयोग गरिने उहाँले बताउनुभयो । यस्तै मनाङ मस्र्याङ्दी क्लबले मगरको उपचारका लागि रु ३० हजार तथा एन्फा र विराट साङ्ग्रिला स्पोर्टस् क्लबले समान रु २५ हजार सहयोग गरेका छन् । लकडाउनअघि घर गएकी मगर
पोखरा । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचाँै संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको मञ्चले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ । “वैशाख २१ (विश्व प्रेस स्वतन्त्रता दिवस) दिन पारेर मञ्चले पोखरा सभागृहमा गर्ने गरी पूर्वघोषणा गरिएको पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अर्को मिति घोषणा नहुँदासम्मका लागि स्थगन गरिएको छ”, मञ्चका अध्यक्
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई पाँच लाख डलर दिने घोषणा गरेको छ । फिफाले आफ्ना सदस्य राष्ट्रलाई दिँदै आएको सहयोग अनुसार यो पटक पाँच लाख डलरका दरले दिने भएको हो । कोरोनाका कारण फुटबल गतिविधि नभएको अवस्थामा आर्थिक रुपमा ठूलो नोक्सानी भएको भन्दै फिफाले सहयोग गर्ने घोषणा गरेको थियो । घोषणा अनुसार उसले अहिले पाँच लाख डलर दिने भएको हो । यो रकम छुट्टै शीर्षकमा भन्दा पनि नियमित बजेटमा आउने एन्फाले जनाएको छ। सदस्य राष्ट्रलाई सहयोग गर्ने क्रममा फिफाले स्थापना गरेको कोषबाट झण्डै १५ करोड डलर खर्च गर्ने छ । यो रकमबाट गरिने खर्चको सबै हिसाब किताब राख्नुपर्ने हु