इटहरी रंगशालामा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुदै

  • जेठ २५, २०८० / नेपाल रेखा
alt

राजन केडी
इटहरी । सुनसरीको इटहरी प्रादेशिक रंगशालामा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता (रात्रिकालिन बेलुका ५ बजेदेखि) हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नेपालको राष्ट्रिय खेल भलिबल भन्ने नाराका साथ यही जेठ २९ गतेदेखि ३२ गतेसम्म मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८० हुने भएको हो । प्रतियोगिता रात्रिकालिन हुने कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बिहीवार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
रंगशालामा फ्लर्ड लाईट जडान गरिएपछि रात्रिकालिन प्रतियोगिता गराउन सहज हुनेछ । रंगशालामा फ्लड लाईट जडानका लागि चालु आर्थिक बर्षदेखि काम सुरु भएको थियो । रंगशालाको दुई वटा कुनामा लाइट जडान गरिएको छ । जडान गरिएको उक्त लाईटको राति परिक्षण समेत गरिएको छ ।
रंगशालामा लाईट जडानका लागि कोशी प्रदेश सरकार खेलकुद बिकास बोर्डले चालु आर्थिक बर्षमा ८० लाख रुपैया बजेट उपलब्ध गराएको छ ।
कोशी प्रदेश खेलकुद बोर्डको आयोजना र जिल्ला भलिवल संघ सुनसरीको संयोजनमा हुने प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश खेलकुद विकास परिषद वागमती हेटौडा, प्रदेश खेलकुद परिषद लुम्बिनी, बुटबल, नेपाल पुलिस क्लब महाराजगंज, काठमाडौं, नेपाल आर्मी क्लब लगनखेल, काठमाडौं, नेपाल ए.पि.एफ, क्लब हलचोक, काठमाडौंले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख, द्धितीय हुने टिमले १ लाख ५० हजार पुरस्कार पाउनेछन् । त्यसैगरि सर्वोकृष्ट खेलाडीले ५५ हजार, वेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर, डिफेण्डरले पनि १५ हजार पुरस्कार पाउने पत्रकार सम्मेलनमा बताइयो ।
त्यसैगरि, १२ खेलाडी, १ प्रशिक्षक, १ व्यवस्थापकलाई यातायात खर्च र नियमअनुसार दैनिक भ्रमण भत्ता उपलब्ध गराइनेछ । खेल FIVB नियम अनुसार खेलाइनेछ । जिल्लाले पाएको यो अवसलाई सदुपयोग गर्दै प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्ने जिल्ला भलिवल संघ सुनसरी अध्यक्ष विक्रम थापाले बताए । पत्रकार सम्मेलनमा कोशी प्रदेश खेलकुद वोर्ड विकास समिति सदस्य रितेश श्रेष्ठ, राष्ट्रिय जागृति क्लबका कोषाध्यक्ष अनुरोध थापालगायत खेलाडी र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
p1


 

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]