ओखलढुंगामा मुख्यमन्त्री फुटबल प्रतियोगिता हुदै

  • जेठ ३२, २०८० / नेपाल रेखा
alt

इटहरी । तेस्रो संस्करणको मुख्यमन्त्री नक आउट फुटबल प्रतियोगिता ओखलढुंगामा हुने भएको छ । आयोजक कोशी प्रदेश खेलकुद बिकास बोर्डले बुधबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी असार ४ देखी ९ गतेसम्म ओखलढुंगा खेलकुद बिकास समितिको संयोजनमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । पहिलो र दोस्रो संस्करण सुनसरीमा आयोजना भएको मुख्यमन्त्री नकआउट फुटबल पहिचानबादीहरुको आन्दोलनका बिच ओखलढुंगामा आयोजना हुन लागेको हो ।
ओखलढुंगामा अहिलेसम्म यत्तिको ठुलो प्रतियोगिता आयोजना नभएकाले पनि प्रदेशको फुटबललाई बिकेन्द्रित गर्ने उद्देश्यले भौगोलिक बिकटताको बाबजुद प्रतियोगिता आयोजना गर्न लागिएको कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।
कोशी प्रदेशका एन्फामा आबद्ध नभएका ओखलढुंगा, तेह्रथुम र सोलुखुम्बुलाई समेत सहभागी गराएर १४ वटै जिल्लाको सहभागीतामा प्रतियोगिताको आयोजना गर्न लागिएको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए । प्रतियोगिता बिजेताले नगद २ लाख र उपबिजेताले १ लाख रुपैया हात पार्नेछ ।
फेयर प्ले टिमले नगद १० हजार र बिधागतरुपमा उत्कृष्ट हुनेले जनही ५–५ हजार नगद पुरस्कार पाउने बताइएको छ । ३० लाख रुपैया खर्च लाग्ने प्रतियोगितामा ३ सय जना खेलाडी तथा पदाधिकारीका लागि दैनिक १२ सय भत्ता समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]