इटहरी । लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारहरु विजयकुमार गच्छदार र सरस्वती पोखरेल (डाँगी) ले सुनसरी ३ को संक्षिप्त चुनावी प्रतिबद्धतापत्रमा युवाहरुको खेलकुद क्षमता बृद्धि गर्न तालिम र आवश्यक सुविधामा जोड दिने सवाल समेटेका छन् । यही सवालमा छलफल गर्न उमेदवार गच्छदार र पोखरेल चुनाव प्रचार प्रसार गर्दै न्यू डाइमण्ड युवा क्लबद्वारा आयोजित आमझोकी गोल्ड कप प्रतियोगित स्थल पुगेर खेलाडीहरुसंग छलफल गरेका छन् । साथै, गोल्ड कपमा विजेता बनेका खेलाडीहरुलाई बधाई पनि दिएका छन् । पोखरेल र गच्छदारले युवाहरुसंग आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठबन्धनलाई मत पनि मागेका छन् । गच्छदा
इलाम । इलामको रोङ गाउँपालिकामा कभर्र्डहल निर्माण गरिएको छ । गाउँपालिकाको धार्मिक एवं पर्यटकीयस्थल हाँसपोखरीमा उक्त कभर्र्डहल निर्माण गरिएको हो । कभर्डहल निर्माणका लागि गाउँपालिकाले २५ लाख, स्थानीय पूर्वाधार विकास कार्यक्रम कोष इलाम क्षेत्र नं १ ले ३० लाख र प्रदेश नम्बर १ पर्यटन मन्त्रालयले आठ लाख विनियोजन गरेको थियो । कभर्र्डहलमा ब्याडमिन्टन, टेबलटेनिस, कराते, तेक्वान्दो, बक्सिङलगायत खेल सञ्चालन तथा प्रशिक्षण गराउन सहज हुने छ । गाउँपालिकाका अध्यक्ष मणिकुमार स्यांबो कभर्डहलमा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न सकिने बताउछन् । विसं २०४५ देखि निरन्तर कराँते खेलको विकासमा लागि परेका योगेश चा
चितवन । भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो ।प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा, मकवानपुर, बागमती र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिए । उनका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको मोतिहारीसमेत प्रतियोगितामा सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।प्रतियोगितामा विजेताले गो
खोटाङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट एक सय ५८ खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा १४ खेलका लागि ती खेलाडी र व्यवस्थापन तथा अफिसियल ३० गरी एक सय ८८ जनाको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । प्रमुख केसीका अनुसार भलिबलमा १८, एथ्लेटिक्समा २२, बुद्धिचालमा चार, तेक्वान्दोमा २२, सितोरियो कराँतेमा २९, टेबलटेनिसमा चार, फुटबलमा ३२, ब्याडमिन्टनमा सात, भारोत्तलनमा दुई, उसुमा १० खेलाडी छनोट भएका छन् । यस्तै बक्सिङमा तीन, पौडीमा दुई, शारीरिक सुगठनमा एक र सफ्ट टेनिसमा दुई खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने
काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय केन्द्रीय खेलकुद विज्ञान विभागले खेलाडीलाई मानसिक र मनोवैज्ञानिकरूपमा बलियो बनाउन सहकार्य गर्ने भएका छन् ।कोरोना महामारीपछि खेलाडीमा आएका विभिन्न समस्याका कारण तनाव, शारीरिक एवं मानसिक शिथिलताबाट मुक्तिका लागि विभागसँग सम्झौताको तयारी भएको फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले जानकारी दिए । यो कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषद्सँग पनि सहकार्यको तयारी भएको छ । पहिलो चरणमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिने भएको छ । यसका लागि क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वको प्रतिनिधि
कास्की । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले तीन करोड ४६ लाख बजेट निकासा गरेको छ ।प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुदको तयारीका लागि पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि भनेर चालू आर्थिक वर्षको बजेट कार्यक्रममा नै प्रदेश सरकारले एक करोड ४० लाख विन
कास्की । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ ।प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम अहिले भइरहेको छ । राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपबाट गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले प्रदेशका जिल्लामा खेलकुद पूर्वाधारको निरीक्षण तथा अवलोकन गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरा र पोखरा रङ्गशालामा हुने भए पनि प्रदेशका ११ वटै जिल्
कुमोद अधिकारी विराटनगर । प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३४ खेलमा सहभागिता जनाउने भएको छ ।बोर्डद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गते हुने उक्त खेलकुद प्रतियोगितामा ६९४ खेलाडी सहित ७८२ जनाको सहभागिता हुने जानकारी दिइयो ।बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्रतियोगितामा प्रदेशले विभिन्न खेलमा २० वटा स्वर्ण पदक जित्ने विश्वास व्यक्त गरे । उनले भदौ महिनाको २ गतेदेखि ७ गतेसम्म जिल्ला छनौट तथा भदौ १० गतेदेखि १९ गतेसम्म प्रदेशस्तरीय वृहत खेलकूद प्रतियोगितामा ४०५ वटा इभेन्टसहरुबाट ६९४ जना खेलाडी छनौट
विराटचोक । असार १८ र १९ गते धरानमा हुने प्रदेशस्तरीय अन्तर नगरपालिका तेक्वान्दो प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाबाट सहभागी हुने खेलाडीलाई विजयको शुभकामनासहित बिदाइ गरिएको छ । सुन्दरहरैंचा नगरपालिकामा आयोजित कार्यक्रमलाई नगर प्रमुख केदारप्रसाद गुरागाईँले सम्बोधन गर्दै विजयी भएर आउन टिमलाई शुभकामना दिएका थिए । नगरले खेल र खेलाडीको सधैँ कदर गर्ने बताउँदै उनले खेलाडीको हौसला बढाउन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पनि प्रतियोगितास्थलमा उपस्थित हुने जानकारी दिए ।खेल प्रशिक्षक सूर्य दङ्गालका अनुसार प्रतियोगितामा बालसदन एकेडेमीबाट २, टेन्डरफिट बोर्डिङबाट ४ ओरिजिनबाट १ र गछियाबाट १ जना खेलाडीले प
पोखरा । एकताबद्ध देश, खेलकुदको सन्देश भन्ने नारासहित गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्यसचिब टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरेका हुन् । लोगोमा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ्रे हिमाललाई संकेत गरिएकोछ । साथै, मस्कटमा यस प्रदेशमा पाइने लोपोन्मुख अनि संरक्षित जनावर कस्तुरी मृगलाई देखाएइएको छ ।लोगो र मस्कट सार्वजनिक गरिएसँगै नारा पनि सार्वजनिक गरिएको छ । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका थि