झापा । कोशी प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर दुईका दरले अनुदान दिने भएको छ ।ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा १२ करोड ५० लाख रकम अनुदानका लागि विनियोजन गरेको छ । प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका सूचना अधिकारी डा. विनोद साहले बताए । “यो कार्यक्रम प्रदेशमा पहिलो पटक लागू भए पनि निकै उपयोगी हुनेमा आशावादी छौँ&rdquo
ताप्लेजुङ । पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् । सिरीजङ्घा गाउँपालिका–७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो–“पाइप र कुलोबाट गरिएको सिँचाइले अलैँचीलाई पर्याप्त पानी पुगेन । आकाशको पानीले बोट फस्टाउने र उत्पादन वृद्धि हुन्छ ।” फक्ताङलुङ गाउँपालिकाको तापेथोक बगरका किसानले पन
इलाम । इलाम नगरपालिका–१० ले किसानलाई १४ लाख बराबरका कृषि सामग्री वितरण गरेको छ । वडाका एक सय १० किसानलाई व्यावसायिक बन्न पे्ररित गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो ।कृषि तथा पशुपालन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए । किसानलाई २२ थान घाँस काट्ने मेसिन, ३५ थान जाली नेट, ४० थान टनेल प्लाष्टिक र दुई हजार एक सय मिटर प्लाष्टिकको पाइप वितरण गरिएको छ । यस्तै गोठ सुधारअन्तर्गत २८ किसानलाई गिट्टी, सिमेन्ट, बालुवा र रड वितरण गरिएको छ । वडा कार्यालयको १० लाख र किसानको तीन लाख ९८ हजारको लागत साझेदारीमा कृषि सामग्री
कुमोद अधिकारी विराटनगर । पशुपालन व्यवसायलाई लंक्षीत गर्दै मोरङको रंगेली नगरपालिका–८ पशु आहार उद्योग संचालनमा आएको छ । तिन करोड रुपैयाको लागतमा स्थापना भई संचालनमा आएको उद्योगले पशु आहारका लागी टयावलेट र पाउडर दाना उत्पादन गर्दै आएको छ । दाना उत्पादनका लागि उद्योगले मकै, धान, चामल कुटाउदा निस्कने भुसा चोकर तथा, तोरी र भटमासको पिना साथै विभिन्न प्रकारका कृषिजन्य वस्तुको प्रयोग गर्दै आएको छ । १८ प्रकारका कृषिजन्य व्राण्ड मिश्रण गरेर गरेर उत्पादन गरिएको दाना प्रोटिनयुक्त हुने भएकाले यसकोे प्रयोगले दुग्ध तथा मासु उत्पादनमा वृद्धि भइ पशु समेत स्वथ्यकर हुने उद्योगका संचाल
वीरगञ्ज । आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल मल खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी असार, साउन र भदौमा मलखादको अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीलाई मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक वर्ष २०७९–८० को सात महिनामा एक लाख ३० मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ ।चालु आवको साउनदेखि माघसम्ममा ९० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डिएपी मल प्राप्त भएको कार्यालयका प्रमुख चन्द्रप्रसाद चम्लागार्इँले जानकारी दिए । तीस हजार मेट्रिक टन युरि
पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सोमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ । गत कात्तिकको अन्तिम सातादेखि माघ महिनाको अन्तिम सातासम्म जिल्लाका सुन्तला निर्यात भएका छन् । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थिति बाँसखर्कवाट माघको अन्तिम सातामात्र
कुमोद अधिकारी विराटनगर । मोरङ रंगेली नगरपालिका–२ ववियार्विताकी महिलाले कृषि कर्ममा लाग्दा मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदारण दिएकी छन् । ईश्वर एकिकृत कृषि फर्म संचालन गरेर माछा पालन व्यवसाय शुरु गरेकी दुर्गा कार्की पूर्वकै सफल किसान रुपमा चिनिन्छिन् ।एकल महिला भएर पनि उनले गरेको मेहनत र परिश्रमका कारण सो व्यवसायबाट बार्षिक १५ देखी १८ लाख सम्म आम्दानी गर्न सफल भएकी छन् ।२०४५ सालदेखि उनको परिवारले माछा पालन व्यवसाय शुरु गरेको हो । ११ विघा जग्गामा २७ वटा पोखरी खनेर माछा पालन व्यवसाय गर्दै आएकी उनले सवै पोखरीबाट वार्षिक ६० लाखभन्दा वढिको माछा विक्रि गर्दै आएकी छन्&nbs
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिए । “परीक्षण चरणमै रहेको जामले राम्रो बजार मूल्य पाएको छ”, उनले भने, “पहिलो चरणमा पाँच सय ग्रामको तीन सय र सात सय ग्रामको चार सयमा बिक्री गर्ने गरिएको छ ।”जाम, जुस, स्क्वास, क्याण्डीलगायत १३ प्रकारका खाद्यान्न उत्पादन गर्ने गरी प्रशोधन उद्योग सञ्
युवराज विष्टभोजपुर । सुन्तला बिक्रीबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरै जसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । राम्रो बगान भएका किसानले वार्षिक रु छदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, तथा षडानन्द नगरपालिका, हतुवागढी
टिकाराम सुनारजनकपुरधाम।नेपाल कृषि प्रधान देश भए पनि भान्छामा पाक्नेदेखि पकाउने चिजवस्तु आयात गर्नु हरेक नेपालीको बाध्यता हो । मुख्यतः भात खानेसंस्कारमा हुर्किरहेका नेपालीका लागि वार्षिक अर्बौंको चामल आयात गर्नुपर्ने अवस्थाले हाम्रो विवशता दर्साउँछ । गत आर्थिक वर्ष २०७८–७९ मा मात्रै ४७ अर्ब ५७ करोडको चामल आयात भएको सरकारको तथ्याङ्कले त्यसलाई पुष्टि गर्छ । नेपालमा १५ लाख चार हजार ४८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको भए पनि यही उत्पादन हुने धानले करिब छ महिनासम्म मात्रै पुग्ने गरेको छ । यस्तो समस्याको निदानको भरपर्दो उपाय पर्याप्त धान उत्पादन बढाउनु नै हो तर, आधुनिक प्रविधिको प्रयोग