पशु आहार उद्योग संचालनमा

  • फागुन १७, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी 

विराटनगर । पशुपालन व्यवसायलाई लंक्षीत गर्दै मोरङको रंगेली नगरपालिका–८ पशु आहार उद्योग संचालनमा आएको छ । तिन करोड रुपैयाको लागतमा स्थापना भई संचालनमा आएको उद्योगले पशु आहारका लागी टयावलेट र पाउडर दाना उत्पादन गर्दै आएको छ ।

दाना उत्पादनका लागि उद्योगले मकै, धान, चामल कुटाउदा निस्कने भुसा चोकर तथा, तोरी र भटमासको पिना साथै विभिन्न प्रकारका कृषिजन्य वस्तुको प्रयोग गर्दै आएको छ ।
१८ प्रकारका कृषिजन्य व्राण्ड मिश्रण गरेर गरेर उत्पादन गरिएको दाना प्रोटिनयुक्त हुने भएकाले यसकोे प्रयोगले दुग्ध तथा मासु उत्पादनमा वृद्धि भइ पशु समेत स्वथ्यकर हुने उद्योगका संचालक ओमकार थापाले वताए।
उद्योगले दैनिक पाँच टन पशु आहार उत्पादन गर्दै आएको छ । उद्योगको मासिक ३ सय टन दाना उत्पादन गर्ने क्षमता भएपनि पहिलो चरणमा अहिले मासिक १ सय ३० टन दाना उत्पादन गरिरहेको संचालक थापाले बताए। किसानले पाउने बजार मुल्यभन्दा उद्योगले ५० रुपैया वढि मुल्य दिएर कृषिजन्य वस्तु खरिद गर्दै आएको छ ।
रोजगारी लागि युवाहरु विदेश पलयान भइरहेको अवस्थामा स्वदेशमा केहि गर्न सकिन्छ भन्ने उदारण दिन आफुहरुले उद्योग संचालनमा ल्याएको अर्का संचालक सन्जोग वस्नेतले वताए । युवाहरुले संचालनमा ल्याएको यस्ता उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाइछ ।
यसरी गाउँ घरमै उद्योग संचालनमा आएपछि पशुपालक किसान समेत खुशि भएका छन् । उत्तपादित दाना गाई,वस्तु, सुगुर वंगुर, खसि, बोका तथा घोडालाई समेत आहारका लागि प्रयोग गर्न सकिने जनाइएको छ ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]