मोरङमा फस्टाउदै छ माछा पालन व्यवसाय

  • माघ २४, २०७९ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । मोरङ रंगेली नगरपालिका–२ ववियार्विताकी महिलाले कृषि कर्ममा लाग्दा मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदारण दिएकी छन् । ईश्वर एकिकृत कृषि फर्म संचालन गरेर माछा पालन व्यवसाय शुरु गरेकी दुर्गा कार्की पूर्वकै सफल किसान रुपमा चिनिन्छिन् ।
एकल महिला भएर पनि उनले गरेको मेहनत र परिश्रमका कारण सो व्यवसायबाट बार्षिक १५ देखी १८ लाख सम्म आम्दानी गर्न सफल भएकी छन् ।
२०४५ सालदेखि उनको परिवारले माछा पालन व्यवसाय शुरु गरेको हो । ११ विघा जग्गामा २७ वटा पोखरी खनेर माछा पालन व्यवसाय गर्दै आएकी उनले सवै पोखरीबाट वार्षिक ६० लाखभन्दा वढिको माछा विक्रि गर्दै आएकी छन् ।
अरु वालीको तुलनामा माछा पालन व्यवसायबाट वढि फाइदा हुने भएपनि विक्रिका लागि बजारको भने अभाव रहेको छ । माछा उत्पादन वढे पनि वजारीकरणको अभाव हुदा उचित मूल्य नपाएपछि माछा किसान मार्कामा परेको उनी बताउछिन् । वजारीकरण सहज नहुदा किसानको भन्दा माछा खरिद गर्ने व्यापारीलाई वढि फाइदा हुने गरेको गुनासो उनको छ ।
मोरङ जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत माछा जोन कार्यक्रम संचालन हुदै आएको छ । परियोजनाले नयाँ माछा किसानलाई फाइदा पुगेको भन्दै नयाँ पोखरी खन्न अनुदान दिदै आएको छ । नयाँ पोखरीमा अनुदान दिएजस्तै पोखरी मर्मत संभारमा पनि परियोजनाले अनुदान दिनुपर्ने कार्कीको भनाई छ । नयाँ पोखरी निर्माण गरेको तीनवर्ष भित्र त्यसलाई ममत संम्भार गर्नुपर्ने भएकाले कतिपय किसानले पोखरी मर्मत संभार गर्न नसकेको कार्कीको भनाइ छ ।
पोखरीमा माछाको भुरा हालेपछि सो माछा एकवर्षमा खान लायक हुन्छ । उनको पोखरीको एउटा माछा ८ देखी १० केजी सम्म उत्पादन हुने गरेको छ । मोरङमा रहेका माछा हयाचरीले समयमा माछाको भुरा दिन नसक्दा सिराहाबाट यहाँका किसानहरले माछाका भुरा ल्याउने गरेका छन् ।
माछा पालन व्यवसाय सहज भएपनि माछाको दानाको मूल्य महंगो भएकाले सोचेजस्तो आम्दानी हुन नसकेको भन्दै उनले सरकारले दानामा पनि अनुदान दिन सके किसानलाई फाइदा पुग्ने बताइन् । किसान अभियान्ताको रुपमा परिचित कार्कीलाई सफल किसानको रुपमा नेपाल सरकार तथा विभिन्न संघसंस्थाहरुले सम्मान तथा पुरस्कार समेत प्रदान गरेका छन् । उनले गरेको माछापालन व्यवसाय देखेर अन्य किसानले समेत माछापालन गर्दै राम्रै आम्दानी लिन थालेका छन् ।

pokhari 3

 

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]