प्रदेश

    Showing 41-50 of 136 items.
  • मुख्यमन्त्री कार्कीले दिए सिरुवा पर्वको शुभकामना

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहनुभएका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस प्रदेशमा आदिकालदेखि बस्दै आउनुभएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व हो भन्नुभएको छ ।सिरुवा पर्वलाई परिवर्तनको सङ्केतका रूपमा लिन पाइन्छ । यो समयमा गर्मी सुरु हुने र बढीभन्दा बढी पानी पर्ने मान्यताले गर्दा पानीका कारण शीतलता प्रदान हुन्छ भन्ने विश्वास रहेकाले यस पर्वलाई जुडशीतल पनि भनिन्छ । यो पर्वमा वैशाखभरि विभिन्न थानमा मेला ला

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 350 पटक पढिएको
    • नेपाल रेखा
  • पत्रकार हितकालागि कोशी प्रदेशमा संचार विधेयक ल्याइने

    इटहरी । नेपाल पत्रकार महासंघ सुनसरीको निर्वाचनबाट निर्वाचितहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।नेपाल प्रेस युनियन सुनसरी र प्रेस चौतारी नेपालले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यसमिति, प्रदेश प्रतिनिधि तथा केन्द्रीय प्रतिनिधिहरुलाई सम्मान गरेका हुन् । नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरियो । गत मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनमा अध्यक्षमा निर्वाचित सन्तोष काफ्ले सहित कार्यसमिति सदस्य, प्रदेश प्रतिनिधि तथा केन्द्र

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 474 पटक पढिएको
    • नेपाल रेखा
  • विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ – मुख्यमन्त्री कार्की

    मोरङ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले विपद् नियन्त्रण गर्न नसके पनि क्षति र जोखिम कम गर्न प्रभावकारी रूपमा पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरी बल बराह बाहिनी पकली सुनसरीका प्रमुख शुम्भ सुवेदीलाई अग्नि नियन्त्रणका लागि रु १७ लाख १७ हजार आठ सय २० मूल्य बराबरको सात किसिमका सामग्री हस्तान्तरण गर्नुभयो । उहाँले पूर्व तयारीबाट दुर्गम स्थानमा विपद

    • प्रकाशित मितिः मंसिर १२, २०८१
    • 532 पटक पढिएको
    • नेपाल रेखा
  • गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

    म्याग्दी । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले बताउनुभयो । उहाँ नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिनुभएको थियो । उहाँको शव अस्पतालमै राखिएको तथा उहाँका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 543 पटक पढिएको
    • नेपाल रेखा
  • प्रयोगबिहीन झोलुङ्गे पुल सारिने

    विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगबिहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । ‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भने, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगबिहीन भए । झोलुङ्गे पुलमा वन काँक्री फलिरहेको छ । त्यसलाई प्रयोगमा ल्याउन आवश्यक ठाउँमा सार्ने काम सुरु हुन्छ ।’यस्त्रै मन्त्री राईले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका क्रोनिक योजनाहरू योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय पनि

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 560 पटक पढिएको
    • नेपाल रेखा
  • माओवादी केन्द्रले प्रदेश सरकारलाई भन्यो– राहत एवम् पुनः निर्माण कोष बनाउनु

    विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । ‘बाढी पहिरोबाट प्रदेशमा ठूलो क्षति भएकोले राहत, पुनःस्थापना र पुनःनिर्माण सरकारको नियमित बजेटबाट संभव हुने नदेखिएकोले संघीय सरकार, विकास साझेदार दातृ निकायहरु तथा निजी क्षेत्रसमेतको सहयोग जुटाउनेगरि ‘राहत एवं पु

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 794 पटक पढिएको
    • नेपाल रेखा
  • जनतासंग कोशी प्रदेश सरकार कार्यक्रम संचालन हुने

    कुमोद अधिकारी विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यस वर्षदेखि जनतासँग कोशी प्रदेश सरकार कार्यक्रमको नाममा सञ्चालन हुने भएको छ । कोशी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि पास गरेर नयाँ ढंगले कार्यक्रम सञ्चालन गर्न लागेको हो । २०७८ सालदेखि स्थानीय टेलिभिजन र एफएम रेडियोहरुबाट यो कार्यक्रम प्रशारण गर्न बन्द गरेर नेपाल टेलिभिजनमार्फत मात्रै प्रशारण गर्दै आएकोमा यस वर्षदेखि कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट प्रशारण गर्ने गरी कार्य

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 613 पटक पढिएको
    • नेपाल रेखा
  • संविधान दिवस भव्य रुपमा मनाइने

    कुमोद अधिकारी विराटनगर । कोशी प्रदेश सरकारले यस पटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा वुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गर्दै यो दिवस भव्यताका साथ मनाउने तयारी थालेको हो ।मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताए । उनले संविधान दिवसलाई जनतासँग जोड्ने सबै जातजाति धर्मसंस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने जानकारी दिए । उनले हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताहरुको उजागर हुने र

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 497 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकद्वारा तीन समिति गठन

    विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीनवटा समिति गठन गरेको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिनुभयो ।यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन

    • प्रकाशित मितिः असार २०, २०८१
    • 562 पटक पढिएको
    • नेपाल रेखा
  • न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्न–मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले सम्पादन गरेको फैसलामा राजनीतिक स्वार्थ देखिन नहुने बताउनुभएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापा एवं स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्त रुपमा आयोजित न्यायिक समितिको प्रदेशस्तरीय तीन दिने कार्यशाला सम्मेलनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।मुख्यमन्त्री कार्कीले जनतालाई न्याय दिने सवालमा राजनीतिक प्रतिनिधि भए पनि फैसलामा राजनीतिक गन्ध आउन नदिन सचेत हुनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “तपाईंको फैसलाले न्यायिक समितिको विश्वास बढ्छ, त्यसैले कुनै पनि मुद्द

    • प्रकाशित मितिः असार १८, २०८१
    • 544 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]