पत्रकार हितकालागि कोशी प्रदेशमा संचार विधेयक ल्याइने

  • माघ ३, २०८१ / नेपाल रेखा
alt

इटहरी । नेपाल पत्रकार महासंघ सुनसरीको निर्वाचनबाट निर्वाचितहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।
नेपाल प्रेस युनियन सुनसरी र प्रेस चौतारी नेपालले संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कार्यसमिति, प्रदेश प्रतिनिधि तथा केन्द्रीय प्रतिनिधिहरुलाई सम्मान गरेका हुन् ।

नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरियो । गत मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनमा अध्यक्षमा निर्वाचित सन्तोष काफ्ले सहित कार्यसमिति सदस्य, प्रदेश प्रतिनिधि तथा केन्द्रीय प्रतिनिधिलाई कार्यक्रमका प्रमुख अतिथी मन्त्री भण्डारी विशिष्ठ अतिथी नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्री उमेश थापा कार्यक्रमका अध्यक्ष लगायतले सम्मान पत्रले सम्मान गरे ।

सो अवसरमा बोल्दै मन्त्री भण्डारी कोशी प्रदेश सभामा सचारसम्वन्धी आमसञ्चार विधेयक आफनै पालामा दर्ता गर्ने बताए । उनले सञ्चार क्षेत्रको विकास र पत्रकारहरुका हकहित समेटिने विधेयक ल्याउने तयारी गरिएको समेत जानकारी गराए । मन्त्री भण्डारीले नेपालमा लोकतान्त्रिक व्यवस्था ल्याउन पत्रकारहरुको ठुलो भूमिका रहेको समेत सो अवसरमा बताए ।

कार्यक्रमका विशिष्ठ अतिथी थापा, नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य अमर खड्का, नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार श्रेष्ठ, प्रेस चौतारी कोशी प्रदेश उपाध्यक्ष सुमन पुरी, अग्रज पत्रकार हर्ष सुब्बा लगायतले सञ्चार क्षेत्र तथा पत्रकारहरुका विषयमा बोलेका थिए ।

पुरानो सत्ताको कथित ...

– सरोजकुमार मिश्राजनताको चेतना र जीवनस्तर माथि उठ ...

अर्नाको जिन संकटमा ...

सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षको सप्तकोसी नदी बग ...

सुन्तला ...

तनहुँको बन्दीपुर गाउँपालिका -४ , रिपका किसान ...

प्रविधिले किसानलाई स ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा ठूलो कम् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]