प्रयोगबिहीन झोलुङ्गे पुल सारिने कोशी प्रदेश

  • कार्तिक ९, २०८१ / नेपाल रेखा
alt

विराटनगर । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगबिहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । ‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भने, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगबिहीन भए । झोलुङ्गे पुलमा वन काँक्री फलिरहेको छ । त्यसलाई प्रयोगमा ल्याउन आवश्यक ठाउँमा सार्ने काम सुरु हुन्छ ।’
यस्त्रै मन्त्री राईले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका क्रोनिक योजनाहरू योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय पनि गरेका छन् । ‘क्रोनिक योजनाहरु निर्माण हुन किन सकेन भनेर योजनास्थलमै सर्वसाधरण, उपभोक्ता, निर्माण व्यवसायी, मन्त्रालय तथा पूर्वाधार कार्यालय त्यहाँ गएर छलफल गर्ने निर्णय भएको छ,’ उनले भने, ‘उक्त योजना नबनाउने हो भने त्यहीँ ठेक्का तोड्ने र बनाउने हो भने काम नहुनुको कारण के हो ? स्थानीयको अवरोध हो कि ? निर्माण व्यवसायीले ठगेको हो कि ? भुक्तानीमा समस्या हो कि के हो भन्ने विषयमा जानकारी लिने काम हुन्छ ।’
यसैबीच बिहीबारदेखि स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी पाएका मन्त्री राईले उक्त मन्त्रालयको पदभार ग्रहण गर्दै शैलजा आचार्य हृदय रोग उपचार केन्द्र र गंगालाल हृदय रोग अस्पतालबीच अस्पताल संचालनका लागि सम्झौता गर्ने निर्णय गरेको छ । ‘संघीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलज्यूसँग पनि कुरा गरेर शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई संचालनका लागि गंगालाल अस्पतालसँग सम्झौता गर्ने निर्णय भएको हो,’ उनले भने ।

गर्भवतीका लागि निःशु ...

सर्लाही । जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निव ...

‘जलवायु परिवर्तनका क ...

सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले मानवीय क्रियाकला ...

सिराहा प्रादेशिक अस् ...

सिरहा । सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग् ...

कोशी प्रदेश स्तरीय ए ...

धरान । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एस.ई.ई.) दिएर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]