प्रदेश

    Showing 31-40 of 135 items.
  • कोशी प्रदेश सरकारको बजेट प्रदेशसभाबाट बहुमतले पारित

    विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२–८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक, २०८२’ बहुमतले पारित भएको छ ।सदनमा कोशी प्रदेश सरकारको ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२’ भने सर्वसम्मतले पारित भएको थियो । उक्त दुवै प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।यसैगरी, विनियोजन विधेयक, २०८२ उपर अलगअलग शीर्षकमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र खिनुलङवा लिम्बूले प्रस्

    • प्रकाशित मितिः असार १३, २०८२
    • 696 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्र बैंकको अध्ययन – यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ ।स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, चिकित्सक तथा विभिन्न स्वास्थ्य उपकरणको राम्रो व्यवस्था नभएकाले अधिकांश सीमावर्ती क्षेत्रका नागरिक भारतीय अस्पतालमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको र त्यसका लागि भारतीय रुपैयाँको पनि माग अत्यधिक रहेको जनाएको छ । सो प्रदेशका अस्पतालमा आवश्यक उप

    • प्रकाशित मितिः असार ८, २०८२
    • 561 पटक पढिएको
    • नेपाल रेखा
  • सातै प्रदेशले ल्याएको बजेट संक्षिप्तमा यस्तो छ

    काठमाडौँ । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर बचत रहेको रकमलाई पनि बजेट स्रोत देखाएका छन् । गण्डकी र मधेस प्रदेशले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी बजेटको जोहो गरेका छन् । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशले एक अर्ब ७५ करोड र मधेस प्रदेशले दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् । कोशी प्रद

    • प्रकाशित मितिः असार २, २०८२
    • 506 पटक पढिएको
    • नेपाल रेखा
  • नीति कार्यक्रम र बजेट दलितमैत्री बनाउन कोशी सरकारलाई दबाब

    विराटनगर । आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट दलितमैत्री बनाउन कोशी प्रदेश सरकारलाई दलित अगुवा र सांसदहरुले दबाब दिएका छन् । शुक्रवार दलित महिला संघ (फेडो)ले आयोजना गरेको अन्तरक्रियामा सहभागी दलित अगुवाहरुले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेट दलितमैत्री बनाउन दलित अगुवा र सांसदहरुले कोशी प्रदेश सरकारलाई दबाब दिएका हुन् । संघियता कार्यान्व्यन भएको सात बर्ष वितिसक्दा पनि प्रदेशका दलितहरुले शासन र सुशासनमा पूर्ण समानुपातिक समावेशीकरण अनुभूति गर्न नपाएको भन्दै आगामी बर्षको बजेट र नीति कार्यक्रम दलितमैत्री बनाउनुपर्ने दलित अगुवाहरुको चर्को दवाव छ । दलित अधिकारकर्मी र सांसदहरुका अनुसार

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 584 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेश सभाको बर्खे अधिवेशन जेठ ४ देखि

    विराटनगर । कोशी प्रदेशसको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताउनुभयो । बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ । साथै बैठकले कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 621 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश लगानी सम्मेलन - ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई आग्रह गर्नुभयो ।“वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ । सरकारका तर्

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 615 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी पूरा

    विराटनगर । कोशी प्रदेश सरकारले गर्न लागेको ‘लगानी सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश लगानी प्राधिकरणद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।विराटनगरको वीरेन्द्र सभागृहका सम्मेलनको उद्घाटन बिहीबार हुने छ भने यही वैशाख १९ गते सम्पन्न हुनेछ । लगानीको हिसाबले प्रचुर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ ।प्राधिकारका कार्यकारी निर्देशक डा सरोज कोइरालाले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने र ७१ परियोजना सोकेसिङ गरिएको र यसको कूल अनुमानिता लागत एक खर्ब ७३

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 588 पटक पढिएको
    • नेपाल रेखा
  • कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो

    मोरङ । प्रदेशको पर्यटन विकास र प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो । पर्यटकको चहलपहल बढ्दा पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित भएका छन् । भारतको विहार राज्यबाट इलामको कन्याम घुम्न आउनुभएका कम्लेश शर्मा भन्नुहुन्छ, “नेपाल वास्तवमै स्वर्गको टुक्रा रहेछ सुनेकोभन्दा पनि धेरै राम्रो लाग्यो, साथीहरूसँग नेपाल घुम्न आएको दुई दिन भयो एक साता बसेर मात्र फर्कने योजना बनाएका छौँ ।

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 517 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेश लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा

    मोरङ । कोशी प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । लगानी सम्मेलन यही वैशाख १८ र १९ गते विराटनगरमा हुनेछ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरमा हुने लगानी सम्मेलनमा पर्यटन, उद्योग, सूचना प्रविधि, कृषि, जलविद्युत्, पूर्वाधार निर्माणलगायत आठ क्षेत्रका ५४ योजनामा स्वदेशी, निजी क्षेत्र, गैरआवासीय नेपाली एवं प्रत्यक्ष वैदेशिक लगानीका एक खर्ब ३९ अर्ब ३० करोड ५२ लाख विभिन्न परियोजनामा प्रतिबद्धता आउने विश्वास गरिएको छ ।सम्मेलनले प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सृजना गर्न र व्यावसायिक क्षेत्रमा उत्साह प्रदा

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 567 पटक पढिएको
    • नेपाल रेखा
  • मुख्यमन्त्री कार्कीले दिए सिरुवा पर्वको शुभकामना

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहनुभएका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस प्रदेशमा आदिकालदेखि बस्दै आउनुभएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व हो भन्नुभएको छ ।सिरुवा पर्वलाई परिवर्तनको सङ्केतका रूपमा लिन पाइन्छ । यो समयमा गर्मी सुरु हुने र बढीभन्दा बढी पानी पर्ने मान्यताले गर्दा पानीका कारण शीतलता प्रदान हुन्छ भन्ने विश्वास रहेकाले यस पर्वलाई जुडशीतल पनि भनिन्छ । यो पर्वमा वैशाखभरि विभिन्न थानमा मेला ला

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 339 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]