राजनीति

    Showing २१-३० of १६० items.
  • नेकपा (एकीकृत समाजवादी) का नेता खनाल चीन प्रस्थान

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गर्नुभएको छ ।चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उहाँ गए राति चीन प्रस्थान गर्नुभएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो ।खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरूसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम

    • प्रकाशित मितिः आश्विन २९, २०८०
    • ३० पटक पढिएको
    • नेपाल रेखा
  • शुक्रबार इनरुवामा समाजवादी मोर्चाको सन्देश सभा

    इटहरी । चार दल सम्मलित समाजवादी मोर्चाले सुनसरी जिल्ला स्तरीय सन्देश सभा गर्ने भएको छ ।विहीबार नेकपा (माओवादी केन्द्र) सुनसरीको जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै मोर्चा सम्मलित दलका नेताहरूले असोज २६ गते शुक्रबार सन्देश सभा गर्न लागिएको जानकारी गराएका छन् । सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा बताइयो । सभा इनरुवा स्थित निर्माण व्यवसायी संघको सभा हलमा ११ बजेदेखि हुनेछ । नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी सम्मलित मोर्चामा चार पार्टीका जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाजवादी सिद्वान्त,

    • प्रकाशित मितिः आश्विन २५, २०८०
    • ११३ पटक पढिएको
    • नेपाल रेखा
  • द्विपक्षीय वार्ता सुरु

    बेइजिङ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो ।यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो । उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ ।सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौता

    • प्रकाशित मितिः आश्विन ८, २०८०
    • ३३ पटक पढिएको
    • नेपाल रेखा
  • यो गठबन्धन निरन्तर पाँच वर्ष चल्नुपर्छ – ज्ञानेन्द्र कार्की

    काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धन निरन्तररुपमा पाँच वर्ष चल्नुपर्ने बताएका छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता कार्कीले यो गठबन्धन अहिले मुलुकको आवश्यकता भएको बताए ।‘केन्द्र र प्रदेशको सरकारबारे पनि कुरा छ । बजार र छापाहरुमा गठबन्धनको सरकारबारे धेरै समाचार आइरहेका छन् । यो गठबन्धन अहिले मुलुकको आवश्यकता हो । यो गठबन्धन निरन्तररुपमा पाँच वर्ष चल्नुपर्दछ,’ उनले भने ।यो गठबन्धन पाँच वर्ष निरन्तर चलेन भने देशमा एक किसिमको अन्यौलता आउने उनको भनाइ छ । ‘हाम्रो समाजमा जुन निराशा रहेको

    • प्रकाशित मितिः आश्विन ७, २०८०
    • ४४ पटक पढिएको
    • नेपाल रेखा
  • ग्रामथान र कटहरीमा सहिद परिवारसंगको सम्बन्धलाई मजबुद बनाउदै माओवादी

    इटहरी । नेकपा (माओवादी केन्द्र) मोरङ अन्तर्गत ग्रामथान र कटहरी गाउँपालिकाको संयुक्त पदाधिकारी बैठक मंगलबार बसेको छ । पार्टी केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सपना परियार र प्रदेश पार्टी अध्यक्ष हर्कबहादुर नेम्बाङ्ग (मिक्सो)को उपस्थितिमा झोराहाटमा बैठक बसेको हो । बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । अभियानको उद्घाटन गत शनिबार वडा वडामा विविध कार्यक्रमसहित गरिएको थियो । अभियानपछिको यो पहिलो बैठक हो । अभियानकै शिलशिलामा सहिद परिवार, वेपत्ता परिवारसंग पार्टीका केन्द्रीय नेताहरुले भेटघाट गर्ने, सेल कमिटि निर्माण गर्ने, जनवर्गीय संगठन तथा मोर्चाहरुको वड

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • २०२ पटक पढिएको
    • नेपाल रेखा
  • कटहरीमा अभियान उद्घाटन गर्दै रक्तदान र वृक्षरोपण

    इटहरी । नेकपा (माओवादी केन्द्र) ले शनिबार मोरङको कटहरी वडा नं. ६ मा वृक्षरोपण गरेको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गर्दै वृक्षरोपण गरिएको पार्टीका मोरङ जिल्ला संयोजक विजय विश्वासले बताए । अभियानको नारा घर घरमा माओवादी जन जनमा माओवादी रहेको छ । यसैगरि, अभियान उद्घाटनकै सिलसिलामा कटहरी १ मा सार्वजनिक स्थानमा सरसफाई गरिएको विश्वासले जानकारी दिए । सरसफाई कार्यमा उक्त वडाका माओवादी नेता, कार्यकर्ता सहभागि भएका थिए । अभियान उद्घाटनकै क्रममा विरामीहरुलाई रगत अभाव नहोस् भनी रक्तदान कार्यक्रमको आयोजनासमेत गरिएको छ ।कटहरी ५ मा भने कार्यकर्तालाई अभिमुखीकरण गरि अभियानको थालनी गरिएको

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • १२४ पटक पढिएको
    • नेपाल रेखा
  • नेताचोक सरसफाई गर्दै ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु

    इटहरी । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ मा रहेको देवी आधारभूत विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । शनिबार नेकपा (माओवादी केन्द्र) ले थालेको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन कार्यक्रमको अवसरमा उक्त विद्यालयमा वृक्षरोपण गरिएको हो । अभियान उद्घाटनकै क्रममा ग्रामथानकै नेता चोकमा सरसफाई गरिएको छ । चोक सरसफाईमा ग्रामथान वडा नं. ६ र ७ का माओवादी नेता, कार्यकर्ता खटेका थिए । माओवादीले नेता चोक सरसफाई गर्न थालेपछि स्थानीयवासीहरु पनि हातमा झाडु बोकेर सरसफाईमा जुटेका थिए । चोक सरसफाईपछि नेता चोकमै माओवादीले कोणसभा गरेको थियो । कोणसभालाई सो पार्टीकी केन्द्रीय सदस्य सपना परिय

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २६२ पटक पढिएको
    • नेपाल रेखा
  • भ्रष्टचारी र काला बजारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कडा कार्बाही गर्ने

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी सुनसरी जिल्ला समितिको बैठक आइतबार सम्पन्न भएको छ । सुनसरीको इटहरीमा सम्पन्न भएको बैठकले गरेको निर्णय सार्वजनिक गर्न सोमबार सो पार्टीले पत्रकार सम्मेलन गरेको छ । यो पार्टीको नेतृत्व नेत्रविक्रम चन्द (विप्लव)ले गरेका छन् । सुनसरीको नेतृत्व डिबी सीले गरेका छन् । सो पार्टीले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा पार्टीका सुनसरी इन्चार्ज डिबी सीले समाजमा भएको जातीय विभेद र धार्मिक भड्कावको अन्त्य गर्न जनचेतनामुलक कार्यक्रम गर्ने बताए । उनले समाजमा बढ्दो महिला तथा श्रमिक समुदाय माथिको हिंसात्मक घटनाह

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • ४८९ पटक पढिएको
    • नेपाल रेखा
  • सांसदहरुको आह्वान–सामाजिक सद्भाव कायम राखौँ

    काठमाडौँ । राष्ट्रिसभाका सांसदहरुले सामाजिक सद्भाव कायम राख्न धरानवासीलाई आह्वान गर्नुभएको छ । राष्ट्रिसभाको आज बसेको बैठकको विशेष समयमा सांसदहरुले धरानको ‘गोबध’ प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल पुर्याएको भन्दै आपसी भाइचारा र सहिष्णुता कायम गर्न आग्रह गर्नुभएको हो । नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले धरानलगायतका अन्य ठाँउमा आपसी भाइचारा र सामाजिक सदभावलाई खलल पुर्याउने क्रियाकलाप दोहोरिन नदिन आग्रह गर्दै सरकारले यसका लागि थप पहलकदमी लिनुपर्ने बताउनुभयो । “परापूर्वकालदेखि विभिन्न जनजाति, धर्म सम्प्रदाय, संस्कृतिका नागरिकबीच आपसी सम्मान, सद्भाव क

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • ३० पटक पढिएको
    • नेपाल रेखा
  • सपना परियारको नेतृत्वमा कटहरी र ग्रामथानमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

    इटहरी । नेकपा (माओवादी) केन्द्र मोरङ अन्तर्गत कटहरी गाउँपालिका कमिटीको बैठक शुक्रबार सम्पन्न भएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई प्रभावकारी बनाउन पार्टी केन्द्रीय सदस्य सपना परियारको उपस्थितिमा गाउँ कमिटिका मुख्य नेतृत्वको बैठक राखिएको हो ।प्रदेशसभा सदस्यसमेत रहेकी परियारलाई ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को नेतृत्व गर्न कटहरी गाउँपालिका खटाइएको छ । अभियानको नारा ‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ रहेको छ । परियारलाई मोरङकै ग्रामथान गाउँपालिकामासमेत अभियानको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । बैठकमा सो पार्टीका मोरङ जिल्ला संय

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • ७७ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]