संविधानसम्मत ढंगले समाधान खोज्न राष्ट्रपति तथा सुरक्षा निकायको भूमिका प्रशंसनीय – प्रचण्ड

  • भदौ २६, २०८२ / नेपाल रेखा
alt

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जेन–जेड पुस्ताले उठाएका मागहरूप्रति गम्भिरता देखाउँदै ती मागहरूको समाधान संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिएका छन् ।
प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले जारी राखेको संवाद प्रयास तथा सहमति निर्माणको पहलको स्वागत गर्दै त्यसलाई सफल बनाउन सबै पक्ष संवेदनशिल र जिम्मेवार हुनुपर्ने बताएका छन् ।
उनले हालको परिस्थितिमा नेपाली सेना र अन्य सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको समेत प्रशंसा गर्दै यस्तो संवेदनशील घडीमा संयमता, सहिष्णुता र संवादको विधि अँगाल्न सबै पक्षसँग अपिल गरेका छन् ।
‘राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायत सुरक्षा निकायले खेलिरहेको भूमिकाको म प्रशंसा गर्दछु । सबै पक्षले लोकतान्त्रिक प्रक्रिया र संविधानको मर्यादालाई सम्मान गर्नुपर्छ,’ प्रचण्डको अपिलमा उल्लेख छ ।
यसअघि जेन–जी पुस्ताले भ्रष्टचारको विरुद्ध र सुशासनको पक्षमा विभिन्न मागहरू उठाउँदै आएका छन् । यस्तो अवस्थामा पूर्वप्रधानमन्त्री प्रचण्डको अपिललाई जिम्मेवार नेतृत्वको पहलकदमीको रूपमा बुद्धिजीवीहरुले विश्लेषण गरेका छन् ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]