प्रकोप प्रभावितलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसदद्वारा ध्यानाकर्षण

  • भदौ १७, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले अविरल वर्षाका कारण जाजरकोटमा भएको पहिरोबाट प्रभावितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले गत भदौ १५ गते अविरल वर्षाका कारण जाजरकोटको छेडागाड नगरपालिका–१ स्थित पहिरो गई प्रभावित भएका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सभाअध्यक्षमार्फत सरकारसँग माग गरे । सांसद शर्माले कर्णाली राजमार्गको जुम्ला–सुर्खेत खण्डको गगनेखोलामा गएको पहिरोका कारण जुम्लाको स्याउ बोकेका २० ट्रक बाटोमै थन्किएका भन्दै तत्काल सडक खुलाउनसमेत ध्यानार्कषण गराए । उनले जुम्लाको स्याउको बजार व्यवस्थापनका लागि सुझावसमेत दिए ।
साथै, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाले पास गरेअनुसार नै राष्ट्रसेवक कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था टुङ्ग्याएको छ ।
मंगलबार सिंहदरबारमा बसेको सो समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथिको छलफलका क्रममा यसअघि नमिलेको अनिवार्य अवकाशसम्बन्धी प्रावधानलाई तीन चरणमा व्यवस्थापन गर्ने गर्नेगरी सहमति भएको हो ।
विधायन व्यवस्थापन समितिमा भएको सहमतिअनुसार सो विधेयक पास भई कानुन कार्यान्वयन भएको वर्ष ५८, त्यसपछि ५९ र तेस्रो वर्षदेखि ६० वर्षमा कर्मचारीले उमेरहदका कारण अनिवार्य अवकाश पाउनेछन् ।
दुवै सदनबाट सो विधेयक पारित भएमा ५८ वर्ष पुगेका कर्मचारी यसै वर्ष र त्यसपछि क्रमशः ५९ र ६० वर्षीय प्रावधानअन्तर्गत उमेरहदका कारण सेवानिवृत्त हुनेछन् ।
विधायन व्यवस्थापन समितिबाट सहमति भएको सो विधेयकलाई राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र ऐनका रूपमा आई कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]