गाउँमा कृषि प्रविधिको प्रयोग बढ्दै

  • वैशाख २३, २०८० / नेपाल रेखा
alt

बाबुराम कार्की
प्रकाशपुर । गाउँमा कृषि कामदार नपाउदा किसानहरुले कृषि प्रविधिको प्रयोग गर्न थालेका छन् । गाउँका उमेर पुगेका युवाहरु वैदेशिक रोजगारीमा गई हाले, भएकाहरु कृषि भन्दा बाहिरी काममा छन् । कृषि कामदार नै पाउन छाडियो, बराहक्षेत्र–९ का कृषक सन्तोष चन्द्रवंशीले सुनाए । चन्द्रवंशी ५ वर्षदेखि तरकारी खेति गर्दै आएका छन् । २७ वर्षका सन्तोषले मौसमी र वेमौसमी जातका तरकारी खेति गर्दै आएका छन् । उनले बोडी, रामतोरीया, करेला, टमाटर सात कठ्ठा क्षेत्रफलमा खेति गर्दै आएका छन् । पहिला कृषि कामदार पार्इंथियो र विरुवालाई गोडमेल गर्न जन नै लगाउथे अहिले जन पनि पाइदैन ।
जन पाउन छाडेपनि दिलिप कविरथले तरकारी खेति छाडेका छैनन् । उनी दुई वर्ष देखी मलचिङ्ग प्रविधिको प्रयोगबाट तरकारी खेति गर्दै आएका छन् । यो प्रविधिबाट प्रयोग गरेर तरकारी खेति गर्दा गोड्न नपर्ने लगाएको मल विरुवाले मात्रै पाउने हुदा प्रविधिले गर्दा आम्दानीमा वृद्धि भएको छ । मौसमी र वेमौसमी तरकारी खेतिका लागि गाउँमा मलचिङ्ग प्रविधिको प्रयोग बढदै गएको छ । प्लाष्टिक मलचिङ्ग ड्याङ्गमा लगाएर उन्नत तरिकाबाट खेति गर्दे आएका उनलाई तरकारी खेतिबाट फाईदा हुन्छ र ? भन्दा उनले भने मेरो जागीर र आम्दानी भनेकै तरकारी खेति हो, भनेर लागें फाईदा हुन्छ । मालिक बनेर तरकारी खेति गरे फाईदा नहुने दिलिपले बताए । बार्षिक खर्च कटाएर एक लाख ५० हजार देखी २ लाखसम्म आम्दानी तरकारी खेति बाटै गर्दै आएको उनले सुनाए । उनकै भाइ पाच्चु कविरथले मलचिङ्ग ड्याङ्ग लगाएर तीन कठ्ठामा खोर्सानी रोपेका छन् । उनले मलचिङ्ग लगाएर तरकारी खेति गरेको एक वर्ष भएको छ । एक पटक मलचिङ्ग लगाएपछि एक सिजनको तरकारी उत्पादन हुदासम्म गोडमेल गर्ने झन्जट हुदैन ।
कृषि क्षेत्रमा जति प्रविधिहरु भित्रिदै छन् ती प्रविधिहरु महङ्गा र साना कृषकको पहँुच भन्दा वाहिर रहेको बताए । हामी हाम्रो देशलाई कृषिप्रधान देश भन्छौ, खै त हामी जस्ता किसानलाई कस्ले हेर्ने सरकाले कृषि औजार, उपकरणमा दिने अनुदानको नाममा दिलिपले अहिलेसम्म केहि नपाएको वताए । टनेल, ग्रिनेट, मलचीङ्ग प्रविधि तरकारी खेतिमा बढि प्रयोग हुन्छ ।
बराक्षेत्र–९ ढोलबजीयामा तीन वर्षदेखि प्रविधि प्रयोग गरी एक विगाहमा तरकारी खेति सुरु गरेका रघुविर चन्द्रवंशी भन्छन् । सुरुमा टनेल बनाउदा घर वनाएर पनि तरकारी खेति हुन्छ ?, धेरैले सोध्नु हुन्थ्यो । अहिले प्रविधिको प्रयोग गरेर खेति गरेको देखेर सबै जना खेति गर्नु पर्ने रहेछ भन्नुहुन्छ’ । के हो मलचिङ्ग बाहिर सेतो भित्र कालो भएको प्लाष्टिक मलचिङ्ग ड्याङ्गमा लगाएर गरिने प्रविधि नै मलचिङ्ग हो । यो एक रोलमा ४ सय मिटर हुन्छ । यसले अढाइ कठ्ठा क्ष्ोत्रफलमा लगाउन सकिने कृषक दिलिप कविरथ बताउछन् ।
तरकारी बालिमा ड्याङ्गमाथि बिछाएर नाप अनुसारको प्वाल बनाएर विरुवा रोपिन्छ । मलचिङ्ग लगाएपछि झार नआउने र गोडमेल गर्न नपर्ने भएकाले लगाएको मल तरकारीको वोटले मात्रै लिने भएकाले यो प्रविधि तरकारी किसानका लागि भरपर्दो बन्दै गएको छ ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]