१ नम्बर प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने

  • वैशाख २२, २०७७ / "नेपाल रेखा"
alt

विराटनगर । प्रदेश नम्बर एक का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आउदो आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलन तथा अन्तक्र्रियामा उहाँले यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको स्मरण गर्दै अब आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने जानकारी दिनुभयो थियो ।

उहाँले बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको बताउनु भयो । विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा बजेट खर्च गरिने बताउनुभयो । मन्त्री घिमिरेका अनुसार यसअघिका ५१ प्रतिशत बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरे पनि अब त्यसो हुँदैन । आगामी वैशाख २५ गतेसम्मको बन्दाबन्दीपछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने जानकारी पनि दिनुभयो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसइई परीक्षा सञ्चालनबारे पनि छलफल भइरहेको उल्लेख गर्दै मन्त्री घिमिरेले परीक्षा केन्द्रको दायरा बढाएर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने बताउनुभयो । उहाँले प्रदेशका विद्यालयलाई प्रविधिमैत्री बनाउन ग्रामीण भेगमा इन्टरनेट पहुँचबारे अध्ययन भइरहेको बताउनभयो ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]