पोखरा । पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायिक शिक्षातर्फ उक्त विषयको अध्ययन गराउन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिएअनुसार आफूहरूले पनि प्राथमिकतामा राखेर अध्ययन गराउनका लागि ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ’लाई ऐच्छिक विषयका रुपमा समावेश गरेको जानकारी दिए ।
इटहरी । इटहरी मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गरेका छन् । प्रदेश सरकारको वित्तीय सहयोग र इटहरी उपमहानगरपालिकाको समन्वयमा १ नम्बर प्रदेशमै पहिलो पटक इटहरीको मुख्य चोकमा जडान गरिएको ट्राफिक लाइटको उद्घाटन गरिएको हो ।ट्राफिक लाइट उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश १ का यातायात व्यवस्था तथा संचारमन्त्री उपेन्द्र घिमिरेले प्रदेश १ का अन्य ठुला सहरहरुमा पनि ट्राफिक लाइट स्थापना गर्ने गरी योजना बनाइएको बताएका छन् । उनले निजी क्षेत्रसँग समन्वय गरी शशुल्क सवारी साधन पार्किङलाई प्राथमिकतामा राखी अगाडी बढ्ने जानकारी दिए ।अर्को शीर्षकको बजे
कुमोद अधिकारी विराटनगर । सवारी चालक अनुमतीपत्र अर्थात सवारी लायसेन्स अब विराटनगरबाटै पाइने भएको छ । सुनसरीको इटहरीमा रहेको यातयात व्यवस्था सेवा कार्यालयमा सेवाग्रहीको चाप बढेपछि प्रदेस १ सकारले आगामी साउनदेखि सवारी चालक अनुमतिपत्र विराटनगरबाटै पाउने गरि व्यवस्था मिलाउन लागेको हो । यातयात व्यवस्था कार्यालयले आगामी साउन महिनादेखि सवारी चालक अनुमतिका लागि लिखित र ट्रयायल दुवै परीक्षा लिएर विराटनगरबाट सबै सवारी साधनका लायसेन्स दिने गरि काम अघि बढाएको कार्यालयका प्रमुख अनमोलमणी भट्टराईले बताए । प्रदेश नं. १ यातयात तथा संचार मन्त्रालयको मन्त्रि स्तरको निर्णयअनुसार यातयात व्यवस्था सेवा कार्यालय विराट
जनक पाण्डे नेपालरेखा / इटहरी । सुनसरी र मोरङ्गमा राष्ट्रिय बाणिज्य बैंकका शाखाहरुमा पैसा निकाल्न प्रयोग हुने स्वचालित कारोवारको मेशीन एटिएम बारम्बार बिग्रने समस्याले बैंकमा सेवाग्राहिहरु मर्कामा परेका छन् । दशंै, तिहार र छटपर्वहरुको मुखैमा सेवाग्राहिले पैसा निकाल्न बैंकमा घण्टौं कुरेर भिडमा लाईन बस्नु पर्ने बाध्यताले सेवाग्राहिहरुलाई झनै मर्का परेको हो । नेपाल सरकारको स्वामित्व भएका ठुला र विश्वासिलो मध्येको एक राष्ट्र बाणिज्य बैंक इटहरी शाखाको एटिएम मेशीनले लामो समयदेखि काम नगर्दा बिषेश चाडबाडको बेला बैंकको छिटो छरितो सेवा यसरी प्रभावित बनेको हो । बाणिज्य बैंक इटहरी शाखाको एटिएम बिगत तीन
नपालरेखा/इटहरी । पर्यटन क्षेत्रमा प्रवद्र्धनका लागि सहजता थप्न प्राईड हस्पीटालिटी प्रा.लि.ले होटल ब्यावशाय र यसका सेवाग्राहीको सुबिधाको लागि अनलाईन मार्फत होटल बुकिङ्ग र भूक्तानिको सेवाको लागि प्राईड क्लिक्स नामक एप्लीकेशन लन्च गरेको जनाएको छ । होटल ब्यावशायीहरुका लागि होटल ब्यवस्थापन कम्पनी प्राईड हस्पीटालिटी प्रा.लि.ले ल्याएको यस्तो सेवाले प्रत्यक्ष होटलको सम्पर्कमा रहेर गरिने बुकिङ्ग भन्दा प्राईड क्लिक्सबाट आफुले रोजेको होटल बुकिङ्ग गर्दा सस्तो मूल्य पर्न जाने बताइएको छ ।सेवा सुबिधा लिए बापत सेवाग्राही तथा गेष्टले यसमा अतिरिक्त पोईन्टस र लोयाल्टी समेत प्रात्त गर्न सक्ने हुँदा सेवाग्राहीहरु
जनक पाण्डे सुनसरी / नेपालरेखा। अर्थतन्त्रको बलियो आधार यूवा जनशक्ति रोजगारीका लागि तेस्रोे मुलुक पलायन हुने प्रचलन बढ्दै गएपछि उत्पादन मूलक उद्योगहरुमा समेत समय– समयमा जनशक्ति अभाव हुने गरेको छ । उद्योगमा काम गरिरहेका यूवा श्रमिकहरु वैदेशिक रोजगारीका लागि भिजा नलागेसम्म काम गर्ने भिजा लागेपछि दुई चार महिनामै रोजगारी छोडेर बिदेश जाने परिपाटीले उद्योगहरुमा जनशक्ति अभाव हुने गरेको हो । सुनसरी–मोरङ्गका अधिकांश उद्योगहरुले उत्पादनका लागि स्वदेशी श्रमिक परिचालन गर्ने गरेका भए पनि दक्ष जनशक्ति, प्राबिधिकहरु भारतबाट बोलाउने गरेका छन् । सोनापुरमा रहेको ओम उड प्रोड
https://youtu.be/HXlQ-v4kdGw जनक पाण्डे इटहरी÷सुनसरीमा आइसोलेसन सेन्टर निर्माण सहित कोरोना संक्रमितहरुलाई माया र हौसला दिदै उच्च मनोवल बढाउन बिभिन्न संघ संस्थाहरु मार्फत स्वस्फुर्त सामाजिक पहल कदमी बढाउन थालिएको छ । नेपालमा कोरोना संक्रमण दर तिब्र गतिमा बढिरहेकोले यो महामारी नियन्त्रण तथा रोकथामका लागि नागरिक स्तरबाटै यस्ता पहल कदमी बढाउन थालिएको हो । सुनसरीको इटहरीमा यहि साता दुईवटा आईसोलेसन सेन्टरहरु सञ्चालनमा ल्याउने तयारी भए । स्वास्थ्य मापदण्ड अनुरुपको जनाइएका आईसोलेसन सेन्टर एउटा इटहरी उपमहानगरपालिका र इटहरी अस्पतालको समन्वयमा इटहरी रंगशाला क्षेत्र वडा नं. ९ मा बिरामी राखेर सञ्च
जनक पाण्डेसुनसरी÷मुलुकमा कोरोना संक्रमणको ग्राफ बढेसंगै अहिले स्थानीय स्तरमा समेत खोपबारे नागरिकहरुको चासो र चिन्ता बढ्न थालेको छ । मोरङ्गमा पहिलो डोजको खोप लगाएका नागरिकहरु दोस्रो डोजको खोप लगाउन पाइने हो या नपाइने हो कि त कहिले पाइने हो ? भनेर आ–आफ्नो पायक पर्ने नगरपालिकामा फोन गर्ने गरेको बिभिन्न पालिकाको कार्यालयहरुले जनाएका छन् । उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिकाहरुमा नागरिकले कोरोना भाईरस बिरुद्धको खोपबारे टेलिफोनबाट चासो ब्यक्त गर्ने गरेको नगरपालिकाको कार्यालयहरुले जनाएका छन् । त्यसैगरी, मोरङ्गकै सुन्दरहरैंचा नगरपालिकामा पनि खोपबारे नागरिकले सोध्ने गरेको नगर प्रमु
जनक पाण्डेइटहरी / इटहरी खानेपानी उपभोक्ता संस्थाले पानी सहज आपूर्तिका लागि पहिलो प्रयोग गरिएको श्रृजनात्मक प्रबिधि बहु आपूर्ति र वितरण प्रणालीको अध्ययन अवलोकन गरीने प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले बताएका छन् । सबै खानेपानी संस्थाका लागि उपयोगी र भरपर्दो भनिएको यो प्रणाली अनुकरणीय रहेको इटहरी खानेपानी संस्थाले बताएपछि मुख्यमन्त्री राईले खानेपानीको मुख्य प्रशासनिक भवन उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । शनिबार इटहरी खानेपानीको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मूख्यमन्त्री राईले संस्थाको शीलालेख अनावरण गरेपछि संस्थाका अध्यक्ष रामप्रसाद चौँलागाईले मुख्यमन्त्री राईलाई