उद्यमशिलता

    Showing 11-20 of 40 items.
  • तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम

    तनहुँ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो । व्यास नगरपालिका–१२, १३ र १४ का महिलालाई छाब्दी बाराही मन्दिरमा आउने भक्तजनलाई फूल, प्रसाद र अक्षता लिएर जान सहज हुने किसिमको ढकिया बुन्न तालिम प्रदान गरिएको हो । उक्त तालिममा व्यासका तीन वटा वडाका ५० जना महिलाको सहभागिता रहेको सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले जानकारी दिनुभयो ।  उहाँले स्थानीय स्रोत र

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 255 पटक पढिएको
    • नेपाल रेखा
  • महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

    म्याग्दी । कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश युवती लाखाँै खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ ।उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रुपमा देखिन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो । क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । कार्यालयका प्रमुख रमेश थापाले महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 380 पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशमा उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु

    कुमोद अधिकारी विराटनगर । कोशी प्रदेशमा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु भएको छ । प्रदेशका ५ वटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो ।मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको हो । झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ । प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत यो कार्यक्रम सुरु गरिएको हो । क

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 529 पटक पढिएको
    • नेपाल रेखा
  • प्यारीमाया लिम्बूलाई ढाका उद्यम प्यारो

    भद्रपुर । पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ । प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति–४ मन्दिरचोकमा ढाकाको उद्यम गर्नुहुन्छ । एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उहाँले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आउनुभएको छ । हालसम्ममा उहाँले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न सङ्घसंस्थामार्फत तीन सयभन्दा बढी मानिसल

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 417 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा श्रम संसार वेब पोर्टल सञ्चालन विषयमा छलफल

    इटहरी । रोजगारी खोज्ने र रोजगारी दिने दुवैलाई सहज बनाउने उद्देश्यले सुनसरीको इटहरीमा श्रम संसार वेब पोर्टल सञ्चालन विषय केन्द्रित अन्तरक्रिया गरिएको छ ।जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा आसमान नेपालको सहकार्यमा श्रम संसार वेब पोर्टल सञ्चालन विषयक अन्तरक्रिया आयोजना गरिएको हो ।श्रम सम्वन्धी सूचनाहरुलाई प्राथमिकतामा राखेर रोजगारीका अवसर खोज्नेहरु साथै रोजगारदाताहरुलाई समेत सहज बनाउने उद्देश्य राखिएको श्रम संसार वेब पोर्टल सञ्चालनले रोजगारदाता तथा रोजगार खोज्ने दुवैलाई फाइदा पुग्ने सरोकारवालाहरुले अपेक्षा गरेका छन् । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 239 पटक पढिएको
    • नेपाल रेखा
  • महिला उद्यमीद्वारा उत्पादित सामग्रीको १५ लाख बढीको कारोबार

    खजुरा । लुम्बिनी प्रदेशअन्तर्गतका महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि नेपालगञ्जमा आयोजना गरिएको प्रदर्शनीमा रु १५ लाखको कारोबार भएको छ । प्रदर्शनीमा महिला उद्यमीले स्थानीयस्तरमा उत्पादन गरेका कृषिजन्य वस्तु, कपडा, खाद्यान्न, हस्तकला, काठबाट बनेका वस्तु, पत्थरबाट बनेका गरगहना, कम्पोष्ट मल र घरवास प्रवद्र्धनलगायतका प्रदर्शनी कक्ष राखिएको थियो । प्रर्दशनीमा ६५ कक्ष भए पनि ६१ राखिएको थियो । पाँच दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा रु १५ लाख बढीको कारोबार भएको महिला उद्यमी सङ्घ बाँकेका अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिकरुपमा करिब रु तीन लाख आर्थ

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 224 पटक पढिएको
    • नेपाल रेखा
  • महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुस : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राजनीतिक परिवर्तन अनुरूप राज्यका संरचनामा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र कर्मचारीसँग मन्त्रालयगत छलफलका क्रममा उहाँले महिलासम्बन्धी विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अत्यन्तै संवेदनशील मन्त्रालय हो । तर हामीले यसलाई जति प्राथमिकता दिनुपर्ने हो, त्यसो ग

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 178 पटक पढिएको
    • नेपाल रेखा
  • झापामा पाँच सय पाँच उद्योग दर्ता

    झापा । झापामा छ महिनामा एक अर्ब बढीको उद्योग दर्ता भएका छन् ।आर्थिक वर्ष २०७९–०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी एक अर्ब ३१ करोड ३८ लाख ८९ लाख कूल पँुजी भएको पाँच सय पाँच वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए । जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएकामध्ये झण्डै ४४ प्रतिशतअर्थात् दुई सय २२ वटा कृषि तथा वनजन्य उद्योग छन् । दर्ता भएकामा उत्पादनमूलक ७९ र सेवामूलक दुई सय चार रहेको कार्यालयका कर्मचारी चन्द्र पौडेलले जानकारी दिनुभयो । साउनमा एक सय सात, भदौमा एक सय ४४, असोजमा ५३, क

    • प्रकाशित मितिः माघ २१, २०७९
    • 154 पटक पढिएको
    • नेपाल रेखा
  • लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर छ : मन्त्री कार्की

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको बताएका छन् ।नेपाल उद्योग परिसङ्घद्वारा आयोजित पूर्वाधार सम्मेलनको समापन समारोहमा उनले हाल अपनाइ आएको आर्थिक नीतिले सरकारलाई आधारभूत पूर्वाधार तयार गर्न र निजी क्षेत्रलाई त्यसको जगमा रहेर पूर्वाधार विस्तार, उत्पादन र सेवा प्रवाहमा जोड दिन मार्गदर्शन गरेको उल्लेख गरे । मन्त्री कार्कीले भने, “आवधिक योजनाले आँकलन गरेअनुसार पनि नेपालको कूल लगानीको करिब ६० प्रतिशत निजी क्षेत्रबाट नै हुनेछ । तसर्थ

    • प्रकाशित मितिः भदौ २५, २०७९
    • 154 पटक पढिएको
    • नेपाल रेखा
  • म्याग्नेसाइट उद्योगको पाटपुर्जा चोरी

    चौतारा । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन् ।नेपाल ओरियण्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ । उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक तीनदेखि चार हजारसम्म कमाउने गरेको सुनकोसी गाउँपालिका–५ का युवराज बस्नेतले बताए । पटक–पटक सञ्चालनमा ल्याउने हल्ला चले पनि हालसम्म सञ्चालनमा नआउदा करोडाँै मूल्य बराबरको उद्योगको सामान कवाडीका रूपमा थन्किएको र पाटपुर्जा चोरी भइसकेको जनाइएको छ । बागमती प्रदेश सरकार

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 137 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]