कोशी प्रदेशमा उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु

  • साउन ३०, २०८१ / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । कोशी प्रदेशमा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु भएको छ । प्रदेशका ५ वटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो ।मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको हो ।

झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ । प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत यो कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा प्रदेश सरकारले ४० लाख, पालिकाले २० लाख र दायित्वले १५ लाख रुपैयाँ यो कार्यक्रममा खर्च गर्नेछ ।

सम्झौता कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरिबी हटाउने र उद्यमशिलता बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले रोजगार बृद्धि गर्न र बजारीकरणको लागि प्रदेश सरकार लागिपरेको बताउँदै यसले प्रदेशको समृद्धिमा योगदान पुग्ने दावी गरे । कार्यक्रमबाट २०० व्यक्तिलाई उद्यामशिलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब १ लाख २५ हजार नागरिक लाभान्वित हुने दायित्वका कार्यकारी निर्देशक डा.पुकार मल्लले जानकारी दिए ।

कृषि मन्त्रालयका सचिव डा.लेखनाथ दाहालले यो कार्यक्रमलाई सफल बनाउन मन्त्रालय लागिपर्ने बताए । सम्झौता गर्नको लागि पालिकाका प्रमुख र उपप्रमुखहरु विराटनगर आएका थिए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]