राष्ट्रिय

    Showing 51-60 of 86 items.
  • स्वप्नभूमी लिएर आए तुलसी

    नेपाली साहित्याकाशका एक अथक साधक हुन् उपन्यासकार, लेखक डा. तुलसी आचार्य ।   नेपाली साहित्यमा फरक स्वादको कथा लिएर देखा पर्ने उनको कथानकताले यस पटक स्वप्नभूमी उपन्यास लिएर आएको छ । सो उपन्यासमाथी इटहरीमा एक कार्यक्रम विच परिचर्चा गरियो । परिचर्चा कार्यक्रमका प्रमुख वक्ता डा. राम्जी तिम्सीना र डा. अस्मीता विष्टले स्वप्नभूमी पाठकहरुको रुची हुने दावी गरे । स्वप्नभूमीको परिचर्चा गर्दै डा. तिम्सीनाले आचार्यको लेखनमा श्रृजनशिलता र नेपाली माटोको भरपुर माया पाएको सुनाए । यसै गरी डा. विष्टले एउटै प्लटमा असाध्य मिठो शैलिमा पस्कीएको उपन्यास नेपाली साहित्यमा फरक स्वादको हुने दावी गरिन् । कार्यक्रम

    • प्रकाशित मितिः माघ १६, २०७९
    • 1,313 पटक पढिएको
    • नेपाल रेखा
  • छ लेन सडक निर्माणमा नीतिगत भ्रष्टाचार भएको नागरिकको आशंका

    इटहरी । नेपालरेखा । सडक निर्माणकै क्रममा राजनितिक, प्राबिधिक, लगायत स्थानिय जनप्रतिनिधी बाट नितिगत एवं आर्थिक भ्रष्टाचार एवं परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्मित अवस्था कमजोर र गुणस्तर हिन रहेको स्वतन्त्र नागरिक समाज सुनसरीले निस्कर्ष निकालेको छ । राजमार्गको पुननिर्माणमा ढिलासुस्ती लगायत निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई सुक्रवार ज्ञापन पत्र बुभाएको छ । कोशी राजमार्ग अन्तर्गतको र

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 506 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न

    बुटबल । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही पुस १ देखि सञ्चालन भएको ‘नेपाल–इण्डिया ब्याटेलेशन लेभल ज्वाइन्ट ट्रेनिङ एक्सरसाइज’ सम्पन्न भएको छ ।उक्त अभ्यास बिहीवार बलाधिकृत रथी सरोजप्रताप राणाले समापन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अभ्यासमा विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवादजस्ता विषय समावेश गरी सञ्चालन भएको थियो । उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट प्रमुख सेनानी हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४÷३३४ सकलदर्

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 135 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीवार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरे । प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । सो अवसरमा राष

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 133 पटक पढिएको
    • नेपाल रेखा
  • दाङ–२ प्रतिनिधिसभामा माओवादी केन्द्रका रेखा विजयी

    दाङ । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेखा शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा(एमाले)का शङ्कर पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । उनहरूबीचको मतान्तर एक सय ९६ रहेको छ ।उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । निर्वाचित शर्मा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन् भने पोखरेल नेकपा(एमाले)का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 127 पटक पढिएको
    • नेपाल रेखा
  • नेपालको निर्वाचन व्यवस्थापमा सुधार–अध्यक्ष थोउफिक

    काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि आएका माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद थोउफिकले नेपालमा विगतको तुलनामा निर्वाचन व्यवस्थापन र प्रक्रियामा सुधार देखिएको बताएका छन् ।निर्वाचन अवलोकन र नेपालको भ्रमण सकेर आज स्वदेश फर्कनुअघि अध्यक्ष थोउफिकले आफू विसं २०७० को निर्वाचनमा पनि नेपालमा आएको अनुभन सुनाउँदै अहिलेको निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले मतदाताहरूलाई देखाएको सहभागिता र समन्वय उदाहरणीय रहेको बताए । काठमाडौँ, ललितपुर र काभ्रेपलाञ्चोकका गरी आठ मतदानस्थलको अवलोकन गरेका उनले नेपालको निर्वाचन प्रणाली र व्यवस्थापनबारे पाइएका अ

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 132 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट सातौँ पटक विजयी

    डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका छन् । योसँगै उनी यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी भएका हुन् ।कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी भएका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।देउवा विसं २००३ जेठ ३१ गते

    • प्रकाशित मितिः मंसिर ७, २०७९
    • 124 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचन आयोग भन्छ–देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदान

    इटहरी । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगद्वारा गरिएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन् । साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताए ।

    • प्रकाशित मितिः मंसिर ४, २०७९
    • 123 पटक पढिएको
    • नेपाल रेखा
  • निर्वाचनको सुरक्षामा सेनाको चासो–प्रमुख आयुक्त र प्रधानसेनापतिबीच भेटवार्ता

    काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 336 पटक पढिएको
    • नेपाल रेखा
  • शान्तिपूर्ण वातावरणमा मतदान गर्न तयारी पूरा

    मोरङ । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले मतदान अधिकृतलगायतका कर्मचारीले निर्वाचनको मतपत्रसहितका सामग्री बुझी आफ्नो मतदान केन्द्रतर्फ बिहीबार पुगिसकेको जानकारी दिए । उनले मतदान अधिकृतले आफ्नो मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी सूचना टाँस, सर्वदलीय बैठक आह्वानलगायतका कार्य सुरु गरेको बताए। प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लवनकश्यप अधिकारीले निर्वाचनको वातावरण शान्तिपूर्ण र सौर्हादपूर्ण रहेको छ भन्दै सम्पू

    • प्रकाशित मितिः मंसिर २, २०७९
    • 114 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]