राष्ट्रिय

    Showing 21-30 of 86 items.
  • पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा म निर्दोष छु – अध्यक्ष नेपाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ ।पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यकर्ता भेलामा उहाँले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै कानुनी उपचारका लागि छिट्टै प्रक्रिया सुरु गर्ने बताउनुभयो ।अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले न्यायका लागि कानुनी उपचारमा जान कानुनविद्सँग परा

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 331 पटक पढिएको
    • नेपाल रेखा
  • दलित प्राधिकरण गठन गर्न सुझाव

    काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार र विकासका लागि दलित विकास प्राधिकरण गठन गरी प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई सुझाव दिएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा समितिका सभापति कमला देवी पन्तले ‘दलित समुदायको अधिकार तथा विकाससम्बन्धी कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै दलित विकास प्राधिकरण गठनका लागि समितिले सुझाव दिएको जानकारी दिइन् । सभापति पन्तले दलित विकास विधेयक चालु अधिवेशनबाट अघि बढाउने र प्राधिकरण गठन गर्न सुझावसहित प्रतिवेदन सरकारलाई बुझाइएको जानकारी दिइन् 

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 497 पटक पढिएको
    • नेपाल रेखा
  • विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँ - प्रचण्ड

    ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकले अर्कालाई सहयोग गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आज ललितपुर महानगरपालिका–१३ नख्खु क्षेत्रका बाढीपीडितलाई भेटेर उहाँले अप्रत्यासित रूपमा घटेको घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “ यस्तो दुःखको घडीमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले पनि सक्नेजति नेता कार्यकर्तामार्फत र बाँकी कामका लागि सरकारलाई आग्रह गरेर पीडित

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 356 पटक पढिएको
    • नेपाल रेखा
  • नयाँ युगको सुरुवात माओवादीले नै गरेको हो - प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताउनुभएको छ । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताउनुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो&nda

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 391 पटक पढिएको
    • नेपाल रेखा
  • ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’

    काठमाडौँ । ‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र कल्याणकारी कार्यलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत गर्नुभएको छ । प्रधानसेनापतिमा नियुक्त भई सकलदर्जालाई गर्नुभएको पहिलो सम्बोधनमा महारथी सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य भएको स्पष्ट पार्नुभयो । भूकम्प र कोभिड–१९ महामारीलगायत प्राकृतिक विपत्तिमा परेका नागर

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 366 पटक पढिएको
    • नेपाल रेखा
  • संविधानको कार्यान्वनयमार्फत जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ – अध्यक्ष प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको बताउनुभयो ।सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको भन्नुहुँदै अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारल

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 294 पटक पढिएको
    • नेपाल रेखा
  • राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिनुभयो ।मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्नु हुनेछ । नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । यसका अलवा विप

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 217 पटक पढिएको
    • नेपाल रेखा
  • नेवाः राष्ट्रिय मुक्ति मोर्चा प्रदेश १ अध्यक्षमा अशोक प्रधान

    इटहरी । नेकपा (माओवादी केन्द्र) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले शनिबार सुनसरीको इटहरीमा १ नम्बर प्रदेश भेला आयोजना गरेको छ । भेलाले इलामका अशोक प्रधानलाई प्रदेश अध्यक्षमा चयन गरेकोछ । उपाध्यक्षहरुमा मोरङका गिताप्रसाद श्रेष्ठ र पूर्णमाया श्रेष्ठ सुनसरीलाई चयन भएका छन् ।सचिवमा मिलन श्रेष्ठ भोजपुर, सहसचिवहरु लीला प्रधान सुनसरी र अर्थ सचिव यज्ञकुमारी श्रेष्ठ संखुवासभा रहेका छन् । ३५ सदस्यीय १ नम्बर प्रदेश कमिटि गठन गरिएको नवनिर्वाचित अध्यक्ष अशोक प्रधानले जानकारी दिए । भेलालाई शुभकामना दिदै माओवादी केन्द्रका प्रदेश १ उपाध्यक्ष शिवकुमार डाँगीले नेवाः राष्ट्रिय मुक्ति मोर्चालाई जिल्ला, पालिकास्

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 467 पटक पढिएको
    • नेपाल रेखा
  • पूर्व राष्ट्रपति यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने

    काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिने निर्णय भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र जारी गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएको तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा करिब पाँच दशक निरन्तर सक्रिय योगदान गर्नुभएकोमा प्रथम राष्ट्रपति डा यादवलाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार, २०८० प्रदान गरिने निर्णय भएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । साथै करिब आठ दशकदेखि निरन्तर लोकतान्त्रिक

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 169 पटक पढिएको
    • नेपाल रेखा
  • सरकारको सार्थक प्रयासले ऊर्जामा ‘डिस्टिङ्सन’

    रमेश लम्सालकाठमाडौँ । सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको छ । सोसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने आवश्यक तयारी भइरहेको छ । प्रारम्भिकरूपमा सो सम्झौतामा हस्ताक्षर भइसकेको भए पनि केही प्राविधिक समस्याका कारण पूर्णरूपमा हस्ताक्षर हुनसकेको थिएन । दुई देशका ऊर्जा सचिवस्तरमा हस्ताक्षर गर्ने तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । यस्तै थप दुई सय मेगावाट

    • प्रकाशित मितिः असार १४, २०८०
    • 168 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]