राष्ट्रिय

    Showing 11-20 of 85 items.
  • संविधान दिवसमा टेलिकमको ‘अफर’

    काठमाडौँ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ ।यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत १११ मा पाँच दिनसम्म चलाउन सकिन

    • प्रकाशित मितिः असोज २, २०८२
    • 325 पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्नुभएको छ । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी उहाँले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गर्नुभएको हो । सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिनुभएको थियो । यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 230 पटक पढिएको
    • नेपाल रेखा
  • प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

    अमेरिका । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गर्नुभएको छ ।सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ र हामीहरू पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।”नागरिकहरूको विरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन अपिल गर्दै विज्ञप्तिमा भनिएको छ, “नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उ

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 353 पटक पढिएको
    • नेपाल रेखा
  • उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 327 पटक पढिएको
    • नेपाल रेखा
  • सीमा कार्यदलको सातौँ बैठक सम्पन्न

    काठमाडौँ । नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक मङ्गलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निरीक्षण र मर्मतसम्भारका कामलाई अझै प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार सो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गर्नुभएको थियो भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गर्नुभएको थियो ।बैठकले अगष्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्ष

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 295 पटक पढिएको
    • नेपाल रेखा
  • संसद्लाई जनमुखी बनाउन आवश्यक – अध्यक्ष दाहाल

    काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । संसद् दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हाम्रो साझा उद्देश्य संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्दछ, यसका लागि सांसदहरूको क्षमतामा वृद्धिसँगै संसदीय अभ्यासमा आधुनिक प्रविधिको प्रयोग, विषयगत अनुसन्धान, जनतासँगको सम्बन्ध र कार्यपालिकामाथिको निगरानीको भूमिकामा सुधार आवश्यक छ ।”संसद् दिवस मनाइरहँदा संसदले अझ प्रभावकारी रुपमा समाज र राष्ट्रको हितमा काम गर्नु

    • प्रकाशित मितिः असार १६, २०८२
    • 275 पटक पढिएको
    • नेपाल रेखा
  • शहीदको घर, जनताको खेत – वास्तवमै मनाइयो राष्ट्र धान दिवस

    आज असार १५ राष्ट्रिय धान दिवस । देशभर औपचारिक कार्यक्रम, भाषण, र नेताहरूको फोटो सेसन सहित २२ औं राष्ट्रिय धान दिवस मनाइँदै थियो । कतै गमलामा माटो हालेर धान रोप्ने नाटक, कतै सरकारी ढाँटको प्रदर्शनी तथा नक्कली रोपाई र सामाजिक संजाल रंगाउने रंग मंच थियो । तर मोरङको कानेपोखरी–४ मा जे देखियो, त्यो केवल दिवस थिएन–त्यो एक इतिहासिक, त्यागप्रति श्रद्धाञ्जली, सहिद प्रति उच्च समान, सामाजिक उत्तरदायित्वको गहन जिम्मेवारी, माटो पसिना सँगै राष्ट्र प्रेमको मूर्त अभिव्यक्तिको पाठशाला थियो र त्यो जनताको पक्षमा उभिएको एक विद्यालय र विश्वविद्यालयको कोर्समा राखेर अध्ययन गराउनै पर्ने बिषयवस्तु थियो ।आज

    • प्रकाशित मितिः असार १५, २०८२
    • 358 पटक पढिएको
    • नेपाल रेखा
  • छानबिन समिति गठन गर्ने सहमति गरेपछि संसद खोलिएको हो – प्रचण्ड

    मोरङ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देश र जनताको बृहत्तर हितका लागि संसदको अवरोध हटाएको बताएका छन् । प्रचण्डले संसद खुलाउने निर्णय गरिएको स्पष्ट पारे । उनले भने–‘यो निर्णय कुनै सेटिङ अन्तरगत नभइ, ऐन कानुन अगाडि बढाउन र महत्वपूर्ण विषयहरू निष्कर्षमा पुर्याउन आवश्यक भएकाले गरिएको हो ।’ पार्टीका विविध कार्यक्रममा सहभागि हुन पूर्व आएका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देश र जनताको बृहत्तर हितको निम्ति कहिले अघि बढ्ने, कहिले पछि हट्ने निर्णय गरेको बताए । उनले भने–‘अहिले हामीले छानबिन समिति ए

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 363 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण) लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताउनुभयो । “दुनियाँमा नेपाल नेभर पोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पुर्खाले चक्कु लिएर तोपलाई हराएर देशको स्वाधिनता बचाएका हुन्”, काठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो । उ

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 420 पटक पढिएको
    • नेपाल रेखा
  • पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा म निर्दोष छु – अध्यक्ष नेपाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ ।पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यकर्ता भेलामा उहाँले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै कानुनी उपचारका लागि छिट्टै प्रक्रिया सुरु गर्ने बताउनुभयो ।अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले न्यायका लागि कानुनी उपचारमा जान कानुनविद्सँग परा

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 321 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]