छानबिन समिति गठन गर्ने सहमति गरेपछि संसद खोलिएको हो – प्रचण्ड

  • जेठ ३१, २०८२ / नेपाल रेखा
alt

मोरङ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देश र जनताको बृहत्तर हितका लागि संसदको अवरोध हटाएको बताएका छन् । प्रचण्डले संसद खुलाउने निर्णय गरिएको स्पष्ट पारे । उनले भने–‘यो निर्णय कुनै सेटिङ अन्तरगत नभइ, ऐन कानुन अगाडि बढाउन र महत्वपूर्ण विषयहरू निष्कर्षमा पुर्याउन आवश्यक भएकाले गरिएको हो ।’
पार्टीका विविध कार्यक्रममा सहभागि हुन पूर्व आएका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देश र जनताको बृहत्तर हितको निम्ति कहिले अघि बढ्ने, कहिले पछि हट्ने निर्णय गरेको बताए । उनले भने–‘अहिले हामीले छानबिन समिति एक महिनाभित्र गठन गर्ने सहमति गरेपछि संसद खोलिएको हो ।’
गृह मन्त्रालयसँग जोडिएको भिजिट भिसा प्रकरणका विषयमा प्रचण्डले धेरै समयदेखि रहँदै आएको गम्भीर विषय हो भने । यो विषयमा हामीले संसदमा संघर्ष गरेकै कारण गहिरो अध्ययन, संरचना र नीतिगत सुधार आवश्यक छ भन्ने गृह मन्त्रीको प्रतिबद्धता आएको हो–उनले भने ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]